एमाले र माओवादीबीच भागबण्डा मिल्यो, एमालेले ९७ र माओवादीले ६१ पाउने, ७ सिट साना दललाई
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच आगामी निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फका सिट बाँडफाँट टुंगो लागेको छ ।राति अबेरसम्म बसेको बैठकले एमालेले ९७ र माओवादीले ६१ सिट बाँडफाँट गरेका हुन् ।त्यसबाहेक ७ वटामा राष्ट्रिय जनमोर्चा, नेमकिपा,राप्रपा लगायतका दलका उमेदवार र सूर्य चिन्ह लिएर प्रतिष्पर्धामा आउन लागेका नेताहरुका लागिछुट्टाइएको छ ।झापा, चितवन, दाङ, सल्यान लगायतका जिल्लामा देखिएको विवाद पनि शीर्ष तहका नेताहरु बसेर मिलाएका छन्। दुवै पार्टीले आजै क्षेत्र र नामावली पत्रकार सम्मेलन गरेर बाँडफाँट गर्ने तयारी गरेका छन् ।माओवादीका एक नेताकाअनुसार सकेसम्म आजै पत्रकारसम्मेलन गरेर सिट बाँडफाँटको बारेमा जानकारी गराइनेछ । भोलि मनोनयनको समय भएकाले पार्टीबाट पनि आन्तरिक रुपमा उमेदवार मिलाउन बाँकी रहेको उनले जानकारी दिए ।चितवनमा माओवादी केन्द्रले २ सिट माग गरेको थियो। तर नेकपा एमालेले काठमाडौंमा बढी सिट दिएर चितवनमा आफ्नै उमेदवार उठाउने भएको छ । प्रदेशसभातर्फ पनि सिट बाँडफाँटको टुंगो लागेकोछ ।
Comments
Post a Comment