कैलाली ५ मा देउवा पत्नी राणा र रानाबीच प्रतिस्पर्धा हुँदै
कार्तिक १४,कैलाली–आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनमा कैलालीको क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेस र बामगठन्धनबीच कडा प्रतिस्पर्धा हुनेभएको छ ।
काँग्रेसको पकड क्षेत्रको रुपमा चिनिने यो क्षेत्रमा प्रतिनिधि सभामा बाम गठबन्धनबाट नेकपा (एमाले) का नारदमुनि राना र काँग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाबीच प्रतिस्पर्धा हुनेभएको हो ।
काँग्रेसको पकड क्षेत्रको रुपमा चिनिने यो क्षेत्रमा प्रतिनिधि सभामा बाम गठबन्धनबाट नेकपा (एमाले) का नारदमुनि राना र काँग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाबीच प्रतिस्पर्धा हुनेभएको हो ।
यसअघि २०७० को संविधान सभाको निर्वाचनमा काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले पनि यो क्षेत्रबाट चुनाव जितेका थिए । यसपटक काँग्रेसले देउवा पत्नी आरजुलाई चुनावी मैदानमा उतारेको छ भने बामगठबन्धनले पूर्वसांसद रानालाई चुनावी मैदानमा उतारेको छ । प्रदेश नम्बर ७ को प्रमुख ब्यापारी नाका तथा एक मात्र उपमहानगरपालिका रहेको यो क्षेत्रमा काँग्रेस र बामगठबन्धनले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।
केन्द्रले आफूलाई टिकट दिएपछि देउवा पत्नी आरजु मंगलबार नै धनगढी आइ चुनावी प्रचारप्रसारमा लागेकी छन् । त्यस्तै बामगठबन्धनका उम्मेदवार राना यसअघि नै चुनावी प्रचारप्रसारमा जुटेका छन् । रानाथारु समुदायको बाहुल्य रहेको यो क्षेत्रमा यसअघिको मत जोड्दा बामगठन्धन अगाडी देखिन्छ । तर, यसअघि यो क्षेत्रमा एकपटक तत्कालिन नेकपा (माओवादी) की लीला भण्डारी र एमालेका महेश्वर पाठक बाहेक काँग्रेसले नै चुनाव जित्दै आएको छ । यसपटक काँग्रेस कार्यकर्तामा स्थानीयलाई टिकट नदिई देउवा पत्नी आरजुलाई दिएको भन्दै असन्तुष्टि देखिएको छ ।
एमालेले ७ नम्बर प्रदेशसहित अधिकांश नेताको उम्मेदवारको टुङ्गो लगाएको छ । बाम गठबन्धनपछि भएको सिट बाँडफाडपछि ७ नम्बर प्रदेशका ५ जिल्लामध्ये तीन जिल्लामा चार जनालाई प्रतिनिधी सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमाले केन्द्रीय कार्यालयका अनुसार कैलालीको निर्वाचन क्षेत्र १ मा गरिमा शाह, निर्वाचन क्षेत्र नम्बर २ मा झपट रावल र निर्वाचन क्षेत्र नम्बर ५ मा नारदमुनि रानाको नाम टुङ्गो लगाएको छ । यस्तै अछाममा भीमबहादुर रावल र डोटीमा प्रेमआले मगरको नाम टुङ्गो लगाएको छ ।
बामगठबन्धनले कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा माओवादीका गौरिशंकर थारु र क्षेत्र नम्बर ४ मा लेखराज भट्टलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउने भएको छ ।
साभार:- रातोपाटी .कम
Comments
Post a Comment