७ नम्बर प्रदेशमा यस्ता छन एमालेका उम्मेद्वार (सुची सहित)

कार्तिक १४, धनगढी ।
दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने प्रदेश नम्बर ७ का ५ जिल्लामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ ।
वाम गठबन्धनको सिट बाँडफाँट अनुसार आफूले पाएका क्षेत्रहरुमा एमालेले उम्मेदवार टुंगो लगाएको हो । माओवादीसँगको बाँडफाँटमा एमालेले ७ सिट पाएको थियो । त्यस्तै प्रदेशसभातर्फ १६ सिट पाएको थियो ।
प्रतिनिधि सभा चुनाव
अछाम १ मा रावल, २ मा माओवादीलाई
जसअनुसार एमाले उपाध्यक्ष भीम रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको छ । अछाम क्षेत्र नम्बर २ मा नेकपा माओवादीका उम्मेदवारलाई एमालेले सहयोग गर्नेछ ।
कैलालीमा शाह, रावल र थारु
कैलाली क्षेत्र नम्बर १ मा गरिमा शाह, क्षेत्र नम्बर २ मा झपट रावल र क्षेत्र नम्बर ५ मा नारदमुनी राना थारु उम्मेदवार बन्नुहुने छ ।
कैलालीको क्षेत्र नम्बर ३ र ४ मा माओवादीका उम्मेदवार हुनेछन् । माओवादीले प्रतिनिधि सभा ४ बाट पूर्वमन्त्री लेखराज भट्टलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने ३ मा पूर्व कृषि मन्त्री गौरिशकर चौधरीलाई उठाएको छ ।
कञ्चनपुर १ प्रचण्ड बुहारीलाई
कञ्चनपुरको क्षेत्र नम्बर २ मा नरबहादुर धामी र ३ मा प्रकाश भट्ट उम्मेदवार बन्नुभएको छ ।
कञ्चनपुर १ माओवादीले पाएको छ भने त्यहाँ नेत्रृ बिना मगरलाई उम्मेदवार बनाईएको छ ।
मगर माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका पुत्र प्रकाशकी पत्नी हुन ।
डोटीमा माओवादीले आलेलाई सहयोग गर्ने
यस्तै एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको डोटीमा एमालेका प्रेम आले उम्मेदवार बन्नुभएको छ ।
माओवादीले डोटीमा प्रेम आलेलाई सहयोग गर्ने छ ।
डडेल्धुरा माओवादीलाई
डडेल्धुरामा प्रतिनिधिसभातर्फ नेकपा माओवादीका उम्मेदवारलाई एमालेले सहयोग गर्नेछ ।
माओवादीकातर्फबाट डडेल्धुरामा पूर्वमन्त्री खगराज भट्ट उम्मेद्वार हुनुहुन्छ । उहा तेस्रो पटक काग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवासग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
यसअघि देउवासग भट्ट दुई पटक पराजित हुनुभएको थियो । यसपटक भट्टलाई एमालेको पनि साथ भएकाले देउवालाई चुनाव जित्न त्यति सहज हुने छैन ।
प्रदेश सभाका उम्मेद्वार
कैलालीका १० सिटमा ६०÷४० को भागवण्डा
प्रदेश सभाका १० सिट रहेको कैलालीमा बाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रले ६०÷४० को भागवण्डा गरेका छन । जसअन्तर्गत एमालले ६ तथा माओवादी केन्द्रले ४ सिट पाएको छ । प्रदेशतर्फ कैलाली १ ‘क’मा लालवीर चौधरी, २ ‘क’मा रतन थापा, ३ ‘ख’मा अमर साउद, ४ ‘क’ र ‘ख’मा क्रमसः दीर्घ सोडारी र कृष्ण सुवेदी तथा ५ ‘क’मा नेपालु चौधरी उम्मेदवार बन्नुभएको एमाले जनाएको छ ।
अन्य प्रदेशमा माअोवादीका उम्मेदवारलाई एमालेले सघाउनेछ ।
कञ्चनपुरमा एमाले ४, माओवादी ३
कञ्चनपुर १ ‘क’ र ‘ख’मा क्रमसः तारा लामा तामाङ र मर्यादा विष्ट उम्मेदवार हुनुहुन्छ भने २ ‘ख’मा लालबहादुर खड्का र ३ ‘क’मा प्रकाश रावल उम्मेदवार बन्नुभएको छ ।
प्रदेश सभाका ६ सिट रहेको कञ्चनपुरमा ४ सिट लिएको एमालले बाकी रहेका २ सिटमा माओवादीलाई सघाउने छ ।
माओवादीले प्रदेशसभाका लागि कञ्चनपुरमा २ को क र ३ को ख निर्वाचन क्षेत्र पाएको छ ।
डडेल्धुरामा पुरै एमाललेलाई
प्रतिनिधि सभाको सिट माओवादीलाई दिएको एमालले डडेल्धुरामा प्रदेश सभाका दुवै सिट आफुले लिएको छ ।
डडेल्धुरा प्रदेश ‘क’मा पठानसिंह बोहोरा र ‘ख’मा डा. तारा जोशीलाई उम्मेदवार बनाईएको छ ।
डोटीमा ५०÷५० को भागवण्डा
प्रतिनिधि सभामा प्रेम आलेलाई उम्मेद्वार बनाएको एमालेले डोटीमा प्रदेश सभाको सिटमा माओवादीसग ५०÷५० को भागवण्डा गरेको छ । जसअनुसार डोटीमा ‘क’मा एमालेले प्रदेशसभातर्फ चक्र मल्ल उम्मेदवार बन्नुभएको छ ।
माओवादीले भने डोटीको ख मा यो समाचार तयार पार्दासम्म उम्मेद्वार टुङग्याएको छैन ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै