११ किलो चरेश र ३ थान गोलि बरामद...
१४ कात्तिक, वीरगञ्ज ।।
पर्सा प्रहरीले सोमबार राति ११ किलो लागु औषध चरेस बरामद गरेको छ । सीमावर्ती प्रहरी चौकी बुडगाईको प्रहरी टोलीले राति सिमा क्षेत्रबाट ११ किलो चरेस बरामद गरेको हो ।
नेपालबाट भारततर्फ चरेश लैजादै गरेको सूचनाको अधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।
चौकीका प्रहरी सहायक निरीक्षक पवनकुमार झा नेतृत्वको टोलीलाई देख्ने वित्तिकै चरेस लिएर जाँदै गरेका व्यक्तिहरु भागेकोले उनीहरुलाई पक्राउ गर्न नसकिएको प्रहरीले दावी गरेको छ । बरामद गरिएको चरेस आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले सोमबार राति ३ थान काठको गोलियासहित साइकल बरामद गरेको छ । पर्साको वनंजगलबाट चोरी गरी ल्याइरहेको अवस्थामा प्रहरीले भतौडाबाट काठ बरामद गरेको हो । बरामद गरिएको काठ तथा साइकल इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

Comments
Post a Comment