अमेरिकाको न्यूयोर्कमा 'आतङ्कवादी आक्रमण', ट्रकले किचेर ८ जनाको हत्या

कात्तिक १५, २०७४ ।।
अमेरिकाको न्यूयोर्कमा गएराति भएको आतङ्कवादी आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ, अन्य ११ जना घाइते भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।

एक आतङ्ककारीले न्यूयोर्कको म्यानह्याम्पटनस्थित व्यस्त सडकको फुटपाथ र साइकल ट्र्याकमा जथाभावी ट्रक चलाएका हुन्। सेफुल्ला साइपोब नामका ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ। 

उनको साथबाट २ वटा बन्दुक र आइएससम्बद्ध केही कागजात फेला परेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्। उनी आप्रवासीका रुपमा सन २०१० मा अमेरिका प्रवेश गरेको बताइएको छ।  न्यूयोर्क सिटीका मेयर बिल बल्लासियोले यसलाई आतङ्कवादी आक्रमण भन्दै कडा शब्दमा निन्दा गरेका छन्।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा