Posts

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Image
काठमाडौँ /साउन ३१ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ । निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ रहेकामा रु एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ६९ रहेकामा रु एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ७० रहेकामा रु एक सय ६५ कायम गरिएको छ ।    साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु एक सय ५५ रहेकामा रु एक सय ५२ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि रु एक सय ५७ रहेकामा रु एक सय ५४ र तेस्रो वर्गका लागि रु एक सय ५८ रहेकामा रु एक सय ५५ कायम गरिएको निगमले जनाएको छ ।   पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा

Image
काठमाडौं /१८ साउन । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।  बाेर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक  गरेकाे बाेर्डले जनाएकाे छ । गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए । कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।  बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट  www.neb.gov.np  र नेपाल टेलिकमको वेबसाइट  https://www.neb.ntc.net.np/  मा गएर पनि हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

सौर्य विमान दुर्घटना: १३ जनाको शव निकालियो

Image
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ । आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

प्रधानमन्त्री नियुक्ति र शपथ विरुद्ध सर्वोच्चमा रिट दायर

Image
काठमाडौँ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।  रिट निवेदकले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् ।  राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए ।  राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।   

ओली नेतृत्व सरकारमा दुई जना उपप्रधानमन्त्री, विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का

Image
काठमाडौँ ,असार ३०  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम लगभग टुंगो लागेको छ । संसदमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम लगभग टुङ्ग्याएका हुन् । शिर्षतहमा भएको सहमति अनुसार नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री हुनेछन् । काँग्रेसबाट एक र एमालेबाट एक जना उपप्रधानमन्त्री रहने सहमति भएको छ । जसअनुसार एमालेबाट उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधानमन्त्री बन्ने पक्का जस्तै छ । काँग्रेसबाट कसलाई उपप्रधानमन्त्री बनाउने भन्ने विषयमा टुंगो लागि नसकेको नेताहरूले बताएका छन् । ‘सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा दुवै दलबाट लगभग टुंगो लागेको छ, ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री बन्ने सम्भावना छ,’ एक एमाले नेताले भने, ‘एमालेबाट विष्णु पौडेल अर्थसहित उपप्रधानमन्त्री बन्नुहुन्छ । काँग्रेसबाट टुङ्गिन बाँकी छ ।’ एमालेबाट पौडेलसहित उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, विद्या भट्टराई, दीपा शर्मा,तारा लामा तामाङ, जुली महतो लगायत मन्त्री बन्ने चर्चा छ ।...

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने

Image
काठमाडौं / २८ असार  सरकारले वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नचाहिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने व्यवस्था लागू नगर्न गृह मन्त्रालयलाई सहजीकरण गर्न निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताइन्।

आज राति देशभर भीषण वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

Image
अहिले (शनिबार साँझ) कोसी, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार राति पनि कोसी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।  यस क्रममा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान, कोसी,  बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार साँझ ६ बजे जनाएको छ।  हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ। महाशाखाका अनुसार विगत २४ घण्टामा विशेष गरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। त्यस्तै  गण्डकी प्रदेशका स्याङ्...

एमालेले आजै समर्थन फिर्ता लिने तयारी

Image
काठमाडौ ,१९ असार ।  नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ । ‘संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो । किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन’ एमाले प्रमुख सचेतक महेश बर्तौला भन्छन्, ‘तर प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौं । हाम्रा मन्त्रीहरु फर्कनु हुन्छ ।’ दिउँसो ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय हुने उनले बताए । गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । सहमति अनुसार, पहिलोपटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन् ।  

बेलौरी नगरपालिकाको तेह्रौं नगर सभा सम्पन्न : ७८ करोड २ लाख ७० हजार बराबरको बजेट पारित

Image
कञ्चनपुर /८ असार  बेलौरी नगरपालिकाको तेह्रौं नगर सभा सम्पन्न भएको छ । नगर सभाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ७८ करोड २ लाख ७० हजार बराबरको बजेट पारित गरेको छ । नगर प्रमुख पोतिलाल चौधरीको सभाध्यक्षतामा सञ्चालन गरिएको बेलौरी नगरपालिकाको तेह्रौँ नगर सभामा नगर प्रमुख चौधरीले नीति तथा कार्यक्रम र नगर उपप्रमुख जोगराम चौधरीले बजेट प्रस्तुत गर्नु भएको थियोे । आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम र बजेटमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिएको छ । स्वरोजगारमूलक कार्यक्रमका लागि नगर उद्यमशीलतालाई समेत नगरपालिकाले जोड दिएको छ । नगरपालिकाले १० वटा वडा मध्ये न्यूनतम १२ लाख १५ हजारदेखि अधिकतम २४ लाख ७६ हजारसम्मको बजेट वडाका लागि विनियोजन गरिएको छ । नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पोतिलाल चौधरीले आर्थिक वर्ष २०८१।०८२ भित्र बेलौरी बाहिरी चक्रपथ निर्माणलाई बेलौरी नगर गौरवको आयोजनाको रूपमा विस्तार गरिने, बेलौरी भित्री चक्रपथ निर्माणलाई निरन्तरता दिइने, सबै वडाका मुख्य सडकहरूलाई कालोपत्रे गर्ने, नगर प्रमुख सुरक्षित आवास कार्यक्रमलाई...

पञ्चकाेशी चंन्दननाथ एकता समाजको अगुवाईमा भकुण्डामा आर्यघाट निर्माण गरिने।

Image
कञ्चनपुर/३० जेठ   बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको पञ्चकाेशी चन्दननाथ एकता समाजको अगुवाई भकुण्डामा आर्यघाट निर्माण गरिने भएको छ । बुधबार स्वर्गीय निमेष लम्सालको १३ औं दिनको पुण्यतिथिको अवसर पारी पञ्चकाेशी चन्दननाथ एकता समाजलाई उक्त सवदहन स्थल निर्माण एवं व्यवस्थापनका लागी समाजले अघि सारेको प्रस्तावका लागि धन्यवाद दिदैं स्वर्गीय निमेषको स्मृतिका स्वरुप आर्यघाट निर्माणका लागि सहयोग रकम श्रद्धाञ्जली सभामा संकलित रु ११ हजार ५ सय र परिवारजनको तर्फबाट रु ५० हजार रुपैयाँ पञ्चकाेशी चन्दननाथ एकता समाजका अध्यक्ष चन्द्र प्रसाद पोखरेललाई निजको अभिवावक लोकेन्द्र लम्साल र उहाँकि धर्मपत्नी रेवतीमाया लम्सालले हस्तान्तरण गरेको अध्यक्ष पोखरेलले बताउनुभयो।श्रद्धाञ्जली सभामा बोल्दै समाजका सल्लाहकार नमराज शाहीले मृतक प्रती श्रद्धाञ्जली अर्पण गर्दै लम्सालले थालनी गरेको सामाजिक एवं पुण्य कार्यका लागि धन्यवाद व्यक्त गर्दै स्वर्गीय लम्सालको निधन आफैंमा रहस्यमय र दुखदायी रहेको बताउनुभयो।सभामा बोल्दै मृतकका बुवा लोकेन्द्र लम्सालले श्रद्धाञ्जली सभामा उपस्थित भएका सम्पूर्णलाई आभार व्यक्त ...

नेकपा एमाले पुनर्वासको जेठ ३२ मा दोस्रो नगर अधिवेशन हुने

Image
-लाल बहादुर एस के  कञ्चनपुर /जेष्ठ ३० नेकपा एमाले पुनर्वासको जेठ ३२ मा दोस्रो नगर अधिवेशन हुने भएको छ ।  अधिवेशनको सम्पुर्ण तयारी पुरा भ‌एको नगर सचिव काशीराम बोहोराले जानकारी गराउनु भएको छ ।  नेकपा  एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले समुद्घाटन गर्ने तय भएको सचिव बोहोराले  जानकारी दिनुभयो । नगर अधिवेशनका लागि नगर कमिटी, भुगोल, जनसंगठन लगायतबाट प्रतिनिधि चयन गरी सकिएको र  अधिवेशनका लागि महिला र पुरुष गरी १८० जना प्रतिनिधि छनोट गरिएको नगर अध्यक्ष पदम पुजाराले बताउनुभयो। नगर कमिटी सर्वसम्मत रुपमा चयन गर्ने तयारी गरिएको उहाँले बताउनु भयो । नगर कमिटीमा २० प्रतिशत युवा, ३३ प्रतिशत महिला र अन्य समावेशी बनाइने नेकपा एमाले कञ्चनपुरका युवा नेता भारमल सुनारले बताउनुभयो । अधिवेशनका लागि २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको र सो को व्यवस्थापन प्रवेश शुल्क र आन्तरिक आयबाट गरिने उहाँले बताउनुभयो । सुनारका अनुसार अधिवेशनका लागि प्रतिवेदन तयारी, प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, मंच व्यवस्थापन, जलपान, स्वयंसेवक परिचालन समिति...

सुदूरपश्चिममा तेस्रोपटक मन्त्री परिषद् विस्तार हुने, वीर बहादुर थापा मन्त्री बन्दै

Image
धनगढी /सुदूरपश्चिम प्रदेशमा तेस्रोपटक  मन्त्री परिषद् विस्तार हुने भएको छ ।  मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।  मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन्। मन्त्री नियुक्त हुनेमा एमालेका वीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी विक तथा एकीकृत समाजवादीकी माया पन्त रहेकी छन्। थापालगायत पाँचै जनालाई भने बिना विभागीय मन्त्री नियुक्त गरेर शपथका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरिएको बुझिएको छ। प्रदेश प्रमुखको कार्यालयले समेत मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरुको नाम सिफारिस गरेको र आजै साँझ ५ बजे शपथ ग्रहण हुने पुष्टि गरेको छ। सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहक...

नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

Image
काठमाडौं /आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।  अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले ८ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो।   उसका लागि म्याक्स ओडाउडले अर्धशतकीय पारी खेले । उनी ५४ रनमा अविजित रहे। विक्रमजित सिंहले २२ र साइब्राण्ड एन्जलब्रेटले १४ रन बनाउँदा कप्तान स्कट इडवार्डस् ५ रनमा आउट भए। नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एक/एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो। नेदरल्याण्ड्सलाई १०७ रनको विजयी लक्ष्य दिएको छ ।  नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । करण केसीले १२ बल खेल्दै २ छक्काको सहयोगमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौकासहित ११ रन जोडे । अरु खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। कुशल मल्ल ९, ...

अर्थमन्त्री पुनद्वारा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत

Image
काठमाडौँ /१५ जेठ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। मंगलवार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्। उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१‍.३१ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात् कूल विनियोजनको १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ। यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो। यो संशोधित बजेटभन्दा २१.५६ प्रतिशत धेरै हो। यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो।   

पुनर्वासमा विस्फोट, बाल्टिन बम भएको आशंका

Image
कञ्चनपुर , ०३ जेठ ।  पुनर्वास १ ढक्कामा आज दिउँसो विस्फोट भएको वस्तु बाल्टिन बम भएको आशंका गरिएको छ । धनगढी-बेलौरी  हुलाकी सडकको ढक्का चौराह नजिकै  विस्फोटक पदार्थ पडकिएको थियोे । सो विस्फोटका कारण  कालोपत्रे सडकमा  झण्डै दुई मिटर जति गोलाईको खाल्डो बन्न पुगेको छ ।  अज्ञात वस्तु पड्किएर पक्की सडकमा ठूलो खाल्डो परेको र धुवाँको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर खोज अनुसन्धान गरेको थियो । बिहीबार साँझसम्म गरिएको खोज अनुसन्धानका क्रममा पुरानो बाल्टिनको तल्लो भाग र बेरिएको पोलिथिनको टुक्रा फेला परेको नेपाली सेनाले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ बाल्टिन बम जस्तो देखिएको बताउँदै फेला परेका वस्तुलाई थप अनुसन्धानका लागि प्रयोगशालामा पठाइने नेपाली सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ । 

बेलौरीका पूर्व शिक्षक चन्दको हत्या गर्ने भण्डारी पक्राउ

Image
कञ्चनपुर /३ जेठ ।  बेलौरीमा एक शिक्षकलाई ढुङ्गाले हानेर हत्या गर्ने युवक पक्राउ परेका छन् । बुधबार साँझ बेलौरी नगरपालिका–६ विद्यानगर बस्ने सेवा निवृत्त शिक्षक लक्षी चन्दलाई ढुङ्गाले हानि हत्या गर्ने सोहि ठाउँका ३५ बर्षिया महेश भण्डारी पक्राउ परेका हुन । बेलौरी ईलाका प्रहरी कार्यालय बेलौरीका ईन्चार्ज प्रहरी निरिक्षक गौरी प्रसाद जैशीका अनुसार प्रहरीको टोली र कैलालीबाट आएको कुकुरले पनि समात्नमा सहयोग गरेको बताए ।  बिहिवार बिहान आफनो टोली करिब ४ बजेको समयमा फरार रहेका युवकलाई खोजिगर्दा बेलौरी–६ दुम्लीमा खोजतलासीको क्रममा ती युवक भण्डारी ट्याक्टरको पछाडीको ट्रलीमा भुसा भित्र सुतेको अवस्थामा पक्राउ गरिएकोे बेलौरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ईन्चार्ज प्रहरी निरिक्षक जैशीले बताए । भण्डारीले मादकपदार्थ पनि सेवन गरेको पाइएको उनले बताए । शिक्षक चन्दलाई घर नजिकै बुधबार (हिजो) राती करिब ८ बजेको समयमा आपसी विवादपछि भण्डारीले मुख,टाउकोमा निर्घात रूपमा ढुगाँले हानेर हत्या गरिएको आरोपमा बेलौरी प्रहरीले पक्राउ गरेको हो । घाईते अवस्थामा रहेका शिक्षक चन्दलाई बेलौरी प्रााथमिक स्वास्...

पेट्रोलियम पदार्थको भाउ घट्यो

Image
काठमाडौ / जेठ २ सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।  बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।  निगमले पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टीतेल पाँच रूपैयाँ घटाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ७५ पैसा र डिजेलमा ५ रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत छ।

पुनर्वासमा अटोरिक्सा र मोटरसाइकल आपसमा ठोक्किँदा महिलाको मृत्यु

Image
  कञ्चनपुर /२७ बैशाख । पुनर्वासमा गत मंगलबार अटो रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुनर्वास नगरपालिका-२ माईलीबजारकी नयाँ कुमारी तामाङ रहेको प्रहरीले जनाएको छ  ।     पुनर्वास नगरपालिका-२ मोती बस्ती स्थित ललित चन्दको घर नजिकै सुदूरपश्चिम प्रदेश ०१-००१ ह ४९१३ नम्बरको अटो रिक्सा र से ४ प २९६७ नम्बरको मोटरसाइकल  ठोकिँदा गम्भिर घाइते भएकी मोटरसाइकलमा सवार तामाङको धनगढीस्थित माया मेट्रो अस्पतालमा हिजो बुधबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।    मोटरसाइकका चालक आइतेबहादुर तामाङ घाइते छन् । उनको उपचार जारी रहेको प्रहरीले बताएको छ । अटो रिक्साका चालक जयराम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।

छोराको मायाले जन्माएको हिरायान

Image
धनगढी , २१ बैशाख । कैलाली टिकापुरका हिरालाल चौधरी एघार वर्ष  वैदेशिक रोजगारीको  सिलसिलामा दक्षिण कोरिया बसे । कोरिया बसाईको क्रममा आफ्नो छोरालाई निकै सम्झिरहन्थे । विदेश बस्दा आफ्नो छोराछोरीको याद आउनु स्वभाविकै थियोे । अझै कोरियाका सानासाना बालबालिका विद्यालय गएको दृश्यले नेपालमा रहेको छोराको याद झन बढाईदिथ्यो । तर बिस्तारै उनको ध्यान कोरियाली बालबालिकाको सिकाई पद्धतितर्फ जान थाल्यो ।  कोरियाको सिकाई पद्धति देखेर उनी निकै प्रभावित भए ।  त्यहाँका ससाना बालबालिका काठ र प्लास्टिकका विभिन्न प्रकारका खेलौना खेलेर अक्षर चिन्ने, गणित सिक्ने लगायत जीवनोपयोगी सीप सिकिरहेको उनले पाए । यो पद्धतिबाट लोभिएर उनले आफ्ना छोराछोरीलाई विभिन्न प्रकारका खेलौना नेपालमा पठाउँथे । उनले पठाएका कतिपय सामान नेपालमा आईपुग्थे भने कतिपय सामान विविध कारणले फिर्ता जान्थे । त्यो खेलौनाबाट उनका छोराछोरीको सिकाईमा निकै सुधार आयो । मोबाइलको कुलतबाट छुटाउन उनी सफल भए । आफ्नो छोराछोरीमा आएको सकारात्मक परिवर्तनले उत्साहित बनेका हिरालालले कमजोर आर्थिक अवस्था हुने  नेपाली बाल...

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै

Image
कञ्चनपुर /२१ बैशाख । पुनर्वासका कुल ब्वाय फिल्म खेल्ने भएका छ्न । टिकटक र सामाजिक सञ्जालबाट नाम र दाम कमाउन सफल  कुल ब्वायले ‘होस्टेल ३’ बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएका हुन् । निर्माताले शुक्रबार सामाजिक सञ्जालका यी सेलिब्रेटीलाई लिएर फिल्म बनाउने जनाएका छन् ।   यसअघि यो फिल्मको अघिल्ला भागबाट अनमोल केसी, नाजिर हुसेन, स्वस्तिमा खड्का, सलोन बस्नेत, सुशील सिटौला, सुशील श्रेष्ठ लगायतले फिल्ममा डेब्यु गरिसकेका छन् । यो सूचीमा कुल ब्वाय पनि जोडिएका हुन् ।  वास्तविक नाम पारस बम भएका उनलाई फिल्मको शीर्ष कलाकारको रुपमा चिनाइएको छ । उनी टिकटक, युट्युब र फेसबुक-इन्स्टाग्राम रिल्स लगायतका सामाजिक सञ्जाल प्लाटफर्ममा चर्चित छन् । विशेषगरी टिकटकले उनलाई नेपाली नेटिजन्समाझ चर्चा दिलाएको छ ।   निर्देशक सशान कँडेलले टिकटकर हुँदै इन्टरनेटमा कन्टेन्ट क्रिएटरको रुपमा चर्चित कुल ब्वायले फिल्ममा प्रमुख पात्रको भूमिका निर्वाह गर्ने बताए । होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर र उनीहरूको भविष्यका घटनामा आधारित फिल्म निर्माण हुन लागेको हो । कुल ब्याय गायक समेत हुन्...