पुनर्वासमा विस्फोट, बाल्टिन बम भएको आशंका

कञ्चनपुर, ०३ जेठ । 
पुनर्वास १ ढक्कामा आज दिउँसो विस्फोट भएको वस्तु बाल्टिन बम भएको आशंका गरिएको छ । धनगढी-बेलौरी  हुलाकी सडकको ढक्का चौराह नजिकै  विस्फोटक पदार्थ पडकिएको थियोे । सो विस्फोटका कारण  कालोपत्रे सडकमा  झण्डै दुई मिटर जति गोलाईको खाल्डो बन्न पुगेको छ ।  अज्ञात वस्तु पड्किएर पक्की सडकमा ठूलो खाल्डो परेको र धुवाँको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर खोज अनुसन्धान गरेको थियो । बिहीबार साँझसम्म गरिएको खोज अनुसन्धानका क्रममा पुरानो बाल्टिनको तल्लो भाग र बेरिएको पोलिथिनको टुक्रा फेला परेको नेपाली सेनाले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ बाल्टिन बम जस्तो देखिएको बताउँदै फेला परेका वस्तुलाई थप अनुसन्धानका लागि प्रयोगशालामा पठाइने नेपाली सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ । 

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै