सौर्य विमान दुर्घटना: १३ जनाको शव निकालियो

काठमाडौं/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ ।

नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ ।

आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा