पुनर्वासमा अटोरिक्सा र मोटरसाइकल आपसमा ठोक्किँदा महिलाको मृत्यु


 कञ्चनपुर/२७ बैशाख ।
पुनर्वासमा गत मंगलबार अटो रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुनर्वास नगरपालिका-२ माईलीबजारकी नयाँ कुमारी तामाङ रहेको प्रहरीले जनाएको छ  ।
    पुनर्वास नगरपालिका-२ मोती बस्ती स्थित ललित चन्दको घर नजिकै सुदूरपश्चिम प्रदेश ०१-००१ ह ४९१३ नम्बरको अटो रिक्सा र से ४ प २९६७ नम्बरको मोटरसाइकल  ठोकिँदा गम्भिर घाइते भएकी मोटरसाइकलमा सवार तामाङको धनगढीस्थित माया मेट्रो अस्पतालमा हिजो बुधबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
   मोटरसाइकका चालक आइतेबहादुर तामाङ घाइते छन् । उनको उपचार जारी रहेको प्रहरीले बताएको छ । अटो रिक्साका चालक जयराम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।


Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा