Posts

७ नम्बर प्रदेशमा यस्ता छन एमालेका उम्मेद्वार (सुची सहित)

Image
कार्तिक १४, धनगढी । दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने प्रदेश नम्बर ७ का ५ जिल्लामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । वाम गठबन्धनको सिट बाँडफाँट अनुसार आफ...

वाम गठबन्धनले कैलालीमा उम्मेदवार टुंगो लगायोः प्रतिनिधि सभाका तीन सिट एमालेलाई, दुई माओवादीलाई

Image
धनगढी, कात्तिक १३ ।  नेकपा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले कैलाली जिल्लामा उम्मेदवारको नाम टुंगो लगाएको छ । एमाले नेता तथा पूर्वसभासद् नारदमुनी रानाका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट गरिमा शाह, २ नम्बर क्षेत्रमा एमालेकै झपट रावल, ३ नम्बर क्षेत्रमा माओवादी केन्द्रका पूर्व कृषि मन्त्री गौरीशंकर थारुलाई चयन गरिएको छ । त्यस्तै, ४ क्षेत्रमा माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य लेखराज भट्ट चयन भएका छन् । भने निर्वाचन क्षेत्र नम्बर ५ बाट एमालेको पूर्वसभासद नारदमुनि रानालाई चयन गरिएको छ । उक्त गठबन्धनले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार टुंग्याएपनि पनि प्रदेश सभाको लागि भने छलफल जारी रहेको जनाइएको छ । तर आजै कैलालीसहित प्रदेश नम्बर ७ को ५ जिल्लामा मंसिर २१ गते हुने निर्वाचनको सिटबाँडफाँड संगै उम्मेदवारहरुको नाम टुंगो लाग्ने जनाइएको छ । प्रदेश सभा सदस्य निर्वाचनको लागि वाम गठबन्धनबीच कैलाली क्षेत्र नम्बर १ को ‘क’ मा माओवादी, ‘ख’ मा एमाले, क्षेत्र नम्बर २ को ‘क’ मा एमाले, ‘ख’ मा माओवादी, क्षेत्र नम्बर ३ को ‘क’ मा ...

अझै रोकिएन अवैध अमेरिका प्रवेश

Image
काठमाडौं, १४ कार्तिक ।  अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा अध्यागमन नीतिका कारण अलपत्र परेका ३ सय नेपालीमध्ये केही अझै मेक्सिकोमै छन् । बल्लतल्ल अमेरिका छिरेर चार महिनाको जेल बसाइपछि राहदानी बनाउन असोज पहिलो साता दूतावास आएकाहरूले मेक्सिकोमा अझै नेपाली अलपत्र रहेको जानकारी दिएका हुन् । तर मेक्सिको सरकारले भने आफ्नो देशको जेलमा कुनै पनि नेपाली नरहेको जानकारी नेपाली दूतावासलाई दिएको छ । ‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कुनै पनि नेपाली आफ्नो देशको जेलमा छैनन् भनिएको छ,’ नेपाली दूतावासका एक अधिकारीले भने । अमेरिकाको न्युयोर्कस्थित महावाणिज्य दूतावासमा चार नेपालीको व्यथा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि सुने । आफ्नो नाम सार्वजनिक नगरिदिन आग्...

अब कक्षा ११ को परीक्षा विद्यालय आफैंले सञ्चालन गर्ने

Image
कात्तिक १४, २०७४,काठमाडौं ।।  आगामी २०७५ सालको शैक्षिक सत्रबाट कक्षा ११ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन नगर्ने भएको छ। सो परीक्षा अब विद्यालय आफैँले सञ्चालन गर्नुपर्नेछ।कानुनमा कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने व्यवस्था छ। हाल कक्षा १० को वार्षिक परीक्षा (एसईई) बोर्डको अनुमतिमा परीक्षा नियन्त्रण कार्यालयले तथा कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ। सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, 'अब कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मेवारी विद्यालयलाई नै दिने भएका छौँ, जतिसक्दो छिटो त्यो जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छौँ।' उनले हालको परीक्षा नियन्त्रण कार्यालयलाई अभिलेखालयका रूपमा विकास गरिने प्रस्ट पारे। 'परीक्षा नियन्त्रण कार्यालयमा १९९० सालदेखि हालसम्ममा प्राप्ताङ्कका अभिलेख भएकाले त्यसलाई अभिलेखालयका रूपमा विकास गर्नु उचित ठानेका छौं, अध्यक्ष डा. पौडेलले भने। बोर्डले यसै वर्षबाट कक्षा ११ को नतिजा अक्षराङ्कन (...

बि.सं.२०७४ साल कार्तिक १४ गते मङ्गलवारको राशिफल

Image
नेपाली मितिः वि.सं. २०७४ आश्विन महिनाको १४ गते मङ्गलवार । अँग्रजी मितिः ई.सं. २०१७ अक्टोबर महिनाको ३१ तारिख मेष राशिः मेष राशि हुनेहरुको लागि आजको दिन अनुकूल रहेको देखिन्छ । आयआम्दानी बढ्ने तथा उद्यमव्यवसायको विकास हुनेछ । कसैकसैलाई कैफियत युक्त आम्दानीतर्फ पनि मन आकर्षित नहोला भन्नसकिन्न । मनलाई संयम गर्न नसकेमा त्यसको परिणाम पछुतोजन्य आउनसक्ने सम्भावना छ । सामान्यतया आफ्नो कामकार्य तथा पेशामा सकारात्मक विचारपूर्वक अघि बढ्नेको लागि दिन उपलब्धिमूलक रहनेछ । आफन्तीहरुसँग भेट्घाट हुन र व्यवहारिकता निर्वाह गर्न पर्नेछ । स्वजनको शुभसमाचार सुन्न पाइने छ । आज यहाँको लागि २ अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने हनुमानदेवको श्रद्धाभक्ति गर्नु कल्याणप्रद हुनेछ । वृष राशिः वृष राशिका व्यक्तिहरुको लागि आजको दिन ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने छ । तथापि ग्रहको केही अबरोध पनि देखिएको छ । विशेष प्रयत्न गरिएको कामकार्यमा केही अड्चन तथा संघर्षको सामना गर्न नपर्ला भन्न सकिन्न । तरपनि सामान्यतया पेशा एवम् व्यवसायिक क्षेत्रबाट लाभ गर्नसकिने छ । राजनीति, समाजसेवा तथा सांगठानिक क्षेत्र...

पायल्स कस्तो रोग हो ? के कारण ले लाग्छ ? यसका सावधानी तथा बच्ने उपायहरु बारे जानकारी लिनुहोस

Image
— डा. हेमराज कोइराला हर्षा, पायल्स, बबासीर, हेमोरोईड्स, अर्ष तथा मूलब्यादी जस्ता नामबाट परिचित यो रोग अन्तर्गत मलद्वारा तथा मलाशयका भित्ताहरुमा स्थित रक्तनलीहरु विभिन्न कारणले सुन्निन गई देखापरेका श्रृङ्खलाबद्ध समस्याहरू पर्ने गर्छन् ।योग, आयुर्वेद, युनानी र परम्परागत चाईनीज चिकित्सा (टी.सी.एम.) जस्ता हजारौ साल पुराना चिकित्सा प्रणालीका वैद्यकीय ग्रन्थहरू देखि बाइबल जस्तो धार्मीक ग्रन्थहरूमा समेत यो रोगलाई अत्यन्त कष्टकारक रोगको रूपमा सूचिकृत गरिएको छ । मानवतालाई प्राचिन समयदेखि नै प्रताडित गर्दै आएको यो रोगबाट आज पनि विश्व जनसङ्ख्याको ७० प्रतिशत हिस्सा जीवनको कुनै न कुनै कालखण्डमा संक्रमित हुने गरेका छन् । संक्रमित भएकाहरू मध्ये १० प्रतिशत रोग ठिक नभएर दीर्घरोगीभएका छन् भने ९० प्रतिशत रोगी सरसफाई, खानपान र औषधिय प्रबन्धले ठिक भएका छन् । ठिक नहुनुको मुख्य कारणहरु मध्ये, बेलामा उपचार नपाउनु, रोगका बारेमा जानकारी नहुनु र हेर बिचारमा कमि आदि पर्दछन् । संक्रमित हुनेहरूमा ४५ देखि ६५ उमेर समूहका व्यक्तिहरू ज्यादा छन् । यो रोग हुँदा मलाशय तथा गुदद्वराका भित्ताहरूमा अवस्थित रक्त शिराहरू ...

दुर्घटनामा परी भारतमा ९ जनाको मृत्यु, ३० जना घाइते

Image
कार्तिक १३,नयाँदिल्ली । भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।  “आईतबार बेलुका ४० जना यात्रु बोकेको एउटा टेम्पो थोरे सेत्तिहाल्ली गाँउनजिकै एउटा रुखमा ठोक्कीएर दुर्घटना भएको हो” एक जना उच्च प्रहरी अधिकारीले भने । दुर्घटना भएपछि नौ जनाको घटनास्थलमै मृत्यु भएको हो भने, घाइतेहरुलाई स्थानीयबासिन्दाले उद्धार गरेर नजिकैको अस्पतालमा पु¥याएका थिए ।  क्षमता भन्दा अतिधेरै यात्रुहरु बोकेको र तिव्र गतिमा रहेकाले नियन्त्रण भन्दा बाहिर गएर दुर्घटना भएको प्रहरीको बुझाई छ । अध्याँरो भएकाले नियन्त्रण गुमाएपछि रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।  भारत विश्वमै सवै भन्दा धेरै सडक दुर्घटना हुने देश हो । सडक अवस्था खराब, पर्याप्त मर्मत नभएका सवारी साधन र चालकको लापर्बाहीका कारण दुर्घटना हुनेगरेको पाइएको छ । रासस/सिन्ह्वा

कीर्ते ठेक्का काण्डमा तानिदै पूर्वआइजी राई, चलखेल गर्ने जर्नेलको सुरु भयो छटपटी !

Image
काठमाडौं, १३ कार्तिक । सशस्त्र प्रहरी बलका पूर्वआइजीपी दुर्जकुमार राई र ठेकेदार मिलेर गत वर्ष नेपाल गुणस्तर तथा नापतौल विभागको पत्र कीर्ते गरेर ४३ मिटर सुती कपडा खरिद गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अन्तिम चरणमा पुर्याएको खबर छ । आयोगले छानबिन अन्तिम चरणमा पुर्याए पनि विशेष अदालतमा मुद्दा दायर गरेको छैन । सशस्त्रले मागेको ४३ हजार मिटर सुती कपडामध्ये ठेकेदारले उपलब्ध गराएको २७ हजार ९६ मिटर कमसल गुणस्तरको कपडाको भुक्तानी दिन गुणस्तर विभागको पत्र कीर्ते गरेको पाइएको हो । ठेकेदार कम्पनी नारायणदास श्रीनिवास र सशस्त्र प्रहरी बल नेतृत्वले गुणस्तर विभागको पत्र नै कीर्ते गरेका थिए । कीर्ते पत्रमा गुणस्तर विभागका प्राविधिक उपसचिव सुशील साह, प्राविधिक अधिकृत किरण सुवेदीले हस्ताक्षर गरेका थिए । कीर्ते पत्र तयार गर्ने काम प्राविधिक नायब सुब्बा कृष्ण महतले तयार गरेको स्रोतको दाबी छ । गुणस्तरको कीर्ते पत्र त यार गर्ने महत र हस्तक्षर गर्ने किरण सुवेदी र सुशील साहसँग अख्तियारले तिहारअघि समेत बयान लिएको स्रोतले बताएको छ । अख्तियारले कीर्ते पत्र तयार गर्नेहरुलाई गतवर्ष ...

आयल निगमका कार्यकारी निर्देशक खड्का मन्त्रालयमा

Image
काठमाडौं,१३ कार्तिक । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपूर्ति मन्त्रालयले मन्त्रालयमा ल्याएको छ । समाचार स्रोतका अनुसार उनलाई आजैबाट मन्त्रालयमा हाजिर हुने गरी ल्याईएको हो । अनियमितताका विभिन्न प्रकरणमा मुछिएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई असोज २ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो । आफूलाई अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका खड्कालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै पुनर्वाहाली गरेको थियो ।

फोहोर ब्यबस्थापन नहुदा सुखड बजार दुर्गन्धित बन्दै

Image
                    तस्बिर:- विशाल पाण्डेय जमुना न्युरे  कार्तिक १३,सुखड ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका  मुख्य बजार वडा नं १ को सुखड बजार  समयमा फोहोर नउठाउदा बजार  दिनप्रतिदिन  दुर्गन्धित बन्दै गएको छ । घोडाघोडी उधोग बाणिज्य संघ सुखड्ले बजार क्षेत्रको फोहोर  समयमा नउठाउदा बजारको मुख्य भाग नै दुर्गन्धित  भएर सामान्य आवाज जावतमा सर्बसधारणलाई ग्राहो भएको बताउनुहुन्छ भुप्रेन्द्र कुवर ,फोहोर उठाउने जिम्मेवारि लिएको  असोज  मसान्तसम्म   मात्र  उठाउने  भनेर सम्झौता गरेको हो घोडाघोडी उधोग बाणिज्य सघंका अध्यक्ष  चन्द्र प्रकाश चौलागाईं  ले बताएका छन्   ।  उनले भने हामीले बजारमा फोहोर उठाउन त मान्छे राखिएको छ तर त्यो जम्मा गरिएको फोहोर  कुनै निस्चित ठाउँमा डम्पिङ साइड नभएकोले  बजार बाट उत्पन्न भएको फोहोर ब्यबस्थापन  हुन नसकेकोले बजार फोहोर देखिएको हो । यता व्यापारीले भने हामिले महिना पिच्छे फोहोरो को शुल्क तिरेका छौ  तै ...