फोहोर ब्यबस्थापन नहुदा सुखड बजार दुर्गन्धित बन्दै

                    तस्बिर:- विशाल पाण्डेय
जमुना न्युरे 
कार्तिक १३,सुखड ।।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका  मुख्य बजार वडा नं १ को सुखड बजार  समयमा फोहोर नउठाउदा बजार  दिनप्रतिदिन  दुर्गन्धित बन्दै गएको छ ।

घोडाघोडी उधोग बाणिज्य संघ सुखड्ले बजार क्षेत्रको फोहोर  समयमा नउठाउदा बजारको मुख्य भाग नै दुर्गन्धित  भएर सामान्य आवाज जावतमा सर्बसधारणलाई ग्राहो भएको बताउनुहुन्छ भुप्रेन्द्र कुवर ,फोहोर उठाउने जिम्मेवारि लिएको  असोज  मसान्तसम्म   मात्र  उठाउने  भनेर सम्झौता गरेको हो घोडाघोडी उधोग बाणिज्य सघंका अध्यक्ष  चन्द्र प्रकाश चौलागाईं  ले बताएका छन्   ।  उनले भने हामीले बजारमा फोहोर उठाउन त मान्छे राखिएको छ तर त्यो जम्मा गरिएको फोहोर  कुनै निस्चित ठाउँमा डम्पिङ साइड नभएकोले  बजार बाट उत्पन्न भएको फोहोर ब्यबस्थापन  हुन नसकेकोले बजार फोहोर देखिएको हो ।


यता व्यापारीले भने हामिले महिना पिच्छे फोहोरो को शुल्क तिरेका छौ  तै पनि समय समय मा  बजार बाट फोहोर नउठाउदा हामिलाइ सम्स्या हुने गरेको बताउछ्न बिक्रम ओलि  , यसरी जतातेतै फोहोर नै फ़ोहोर  हुदा बजार त आफै दुर्गन्धित  हुन्छ त्यस फोहोर बाट  विभिन्न किसिमका  रोगको प्रकोप समेत फैलिने बत्ताउनु हुन्छ दरख स्वास्थ्य चौकीका प्रमुख धुर्ब भट्टराई  आजभोलि को समयमा झन् बढी टाइफाइड , भाइरल ज्वरो ,लुतो ,रुघाखोकी जस्ता सरुवा रोग फ़ैलिने डर हुन्छ  ।

  सुखड बजार  ब्यबस्थित नहुदा साना - साना  सडक  , गल्लीहरुमा ढल निकासका लागि नाली नहुदा बजार झन्  अस्तब्यस्त  र फ़ोहोर  देखिन्छ । स्थानिय तहको चुनाव भएको  ५ महिना बितिसक्यो ।जनप्रतिनिधि आइसके  पनि सुखड बजार ब्यबस्थित गर्न कुनै पनि पहल गरिएको छैन ।नगरपालिकाको मुख्य बजार  यस्तो भने अन्य सहायक बजार कस्तो होलान ?

घोडाघोडी नगर प्रमुख  ममता प्रसाद चौधरीले हामी काम गर्दै छौ । यो बर्ष नै योजना निर्माण गरेका छौ सामुदायिक बन संग सम्वय गरेर डम्पिङ साइड निमाण गरिने बताए प्रत्येक गल्ली बाट ढल निकास गरि डोडा नदिमा लैजाने,   बजारका भित्रि   सडकहरुलाई बिस्तारै  ब्यबस्थित  गर्ने बताए । शिवसक्ती सामुदायिक बनले फोहोर  फाल्न नदिय पछि डम्पिङ साइड निर्माण  कार्य ढिलो भएको  स्थानीय  गंगा बोहोरा बताउनु हुन्छ  ।  यसरी बिगार्ने  तिर होइन बनाउन तिर सबैको ध्यान जाओस ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने