दुर्घटनामा परी भारतमा ९ जनाको मृत्यु, ३० जना घाइते

कार्तिक १३,नयाँदिल्ली । भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 
“आईतबार बेलुका ४० जना यात्रु बोकेको एउटा टेम्पो थोरे सेत्तिहाल्ली गाँउनजिकै एउटा रुखमा ठोक्कीएर दुर्घटना भएको हो” एक जना उच्च प्रहरी अधिकारीले भने ।
दुर्घटना भएपछि नौ जनाको घटनास्थलमै मृत्यु भएको हो भने, घाइतेहरुलाई स्थानीयबासिन्दाले उद्धार गरेर नजिकैको अस्पतालमा पु¥याएका थिए । 
क्षमता भन्दा अतिधेरै यात्रुहरु बोकेको र तिव्र गतिमा रहेकाले नियन्त्रण भन्दा बाहिर गएर दुर्घटना भएको प्रहरीको बुझाई छ । अध्याँरो भएकाले नियन्त्रण गुमाएपछि रुखमा ठोक्किएको प्रहरीले जनाएको छ । 
भारत विश्वमै सवै भन्दा धेरै सडक दुर्घटना हुने देश हो । सडक अवस्था खराब, पर्याप्त मर्मत नभएका सवारी साधन र चालकको लापर्बाहीका कारण दुर्घटना हुनेगरेको पाइएको छ । रासस/सिन्ह्वा

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने