Posts

Showing posts from June, 2018

बेपत्ता भनिएका पुनर्वासका युवक मृत फेला, प्रेमीसँग मिलेर श्रीमानको हत्या

Image
हेमन्त न्याैपाने कञ्चनपुर, असार १२        कैलालीको गोदावरी नगरपालिका स्थित ससुराली गएका बेला बेपत्ता बनेका पुनर्वासका तेजबहादुर विष्टको मंगलबार शव फेला परेको छ ।  प्रेमी दीपक खत्रीसँग मिलेर मृतककी श्रीमती लक्ष्मी बडैला बिष्टले माइती घर नजिकैको भासु भीरबाट धकेलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।    माइत गएकाबेला श्रीमानलाई घुम्न जाने भन्दै खानीडाँडा लगेर भीरबाट मोटरसाइकलसहित धकेलेर हत्या गरेको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए । कल डिटेलको आधारमा अनुसन्धान गर्दैजाँदा हत्याको रहस्य खुलेको प्रहरीले बताएको छ । लक्ष्मी बडैला, उनका प्रेमी खत्रीसहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । तेजबहादुर र लक्ष्मीले गत वैशाख महिनामा मागी विवाह गरेका थिए । यही असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली गएका थिए । सोही रातिदेखि तेजबहादुर वेपत्ता भए । सुरुमा आफन्तले खोजी गरेपनि फेला नपरेपछि दुई दिनपछि अर्थात असार १० गते प्रहरीलाई खबर गरे । पुनर्वास नगरपालिका वडा नम्बर २ दसरथ बस्तीक...

पुनर्वास नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न

Image
महत्वाकांक्षी निति तथा कार्यक्रम प्रस्तुत, गत बर्षको निति तथा कार्यक्रम कागज मै सिमित हेमन्त न्यौपाने पुनर्वास, असार १०        देशैभरका स्थानीय निकायले शनिबार आफ्नो नगरसभा सम्पन्न गरिरहँदा पुनर्वास नगरपालिकाले पनि नगरसभा सम्पन्न गरेको छ ।  नगरपालिकालाई विकास, समृद्ध र सुशासनको लक्ष्यमा डोर्याउन नगरसभामा निति तथा कार्यक्रमको योजना प्रस्तुत गरिन्छ । शनिबार पुनर्वास नगरपालिकाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा पुनर्वासको समृद्धिमा सबै पक्षलाई समेटेर महत्वाकांक्षी निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।     नगरप्रमुख जीवनराज थापाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम चालु आर्थिक बर्षको भन्दा धेरै थपिएको छ । चालु आर्थिक बर्षमा नगरपालिकाले लिएको साना ठुला सबै खाले नीतिमा पुर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रमहरु, फोहोरमैला बाताबरण तथा प्रकोप व्यवस्थापन, सेवा प्रबाह संस्थागत विकास सुशासनसंग सम्बन्धि नीति लगायत ५२ बुँदामा समेटेर प्रस्तुत गरिएको निति तथा कार्यक्रमको कार्यान्वयन भने चालु आर्थिक बर्षमा देखिएन । नगरपालिकाले पर्यटकीय क...

गृहमन्त्रीलाई खुल्ला पत्र !! यो देशले कतिजना रबि लामिछानेहरु देश निकाला गर्छ?

Image
माननीय मन्त्री रामबहादुर थापा गृह मन्त्रालय, काठमाडौ ।              गृहमन्त्री ज्यु ! म पनि देश निकालामा परेको रवि हुँ । बलै मलाई पृथीछक नामले बोलाइन्छ । रवि र मेरो नियतिमा केही फरक छैन । यो देशमा कति जना रवि लामिछानेहरुलाई अझै देश निकाला गरिने छ ? कति जना देश निकालामा परेका युवाहरु रातो बाकसमा फर्किए । देशबाट निकालिदै गरिएका कतिजना युवाहरु अहिले त्रिभुवन बिमानस्थलमा लाम लागेर उभिएका होलान् ? भबिस्यमा देश निकालामा आफ्नो नाम दर्ज गराउनेहरु मध्ये कतिपय अहिले आमाको गर्भमै सल्बलाउदै होलान् ? यो प्रकृया कहिलेसम्म ? यो सिलसिला कहिलेसम्म गृहमन्त्री ज्यु ? यो देशले रबि लामिछानेहरुलाई कहिलै चिनेन ।  देश निकाला गरिएका लाखौं लाख रविहरुलाई यो देशले कहिले स्वदेश फिर्ताको बाताबरण तयार गर्छ ? स्वदेशमा केही गर्छु भनि संकल्प लिएकाहरुलाई पनि यस्तो निरुत्साहित कहिलेसम्म ? के यो देशमा बस्ने अधिकार रबि लामिछानेहरुलाई छैन ? के यो देश रविहरुको देश होइन ? के रविहरुलाई नेपाली रहिरहने नैसर्गिक अधिकार छैन ?मैले शुरूवातमै भने, म पनि रवि हुँ । बलै रवि...

संगीतकार सन्तोष राज ओएस नेपाल म्युजिक अवार्ड उत्कृष्ट पप संगीत नोमिनेसनमा

Image
काठमाडौ, असार ०७        नेपालको प्रख्यात अनलाइन पत्रिका ओएस नेपाल डटकमले आयोजना गर्न लागेको ‘ओएस नेपाल म्युजिक अवार्ड २०७५’ का लागि संगीतकार सन्तोषराज नोमिनेसनमा परे...

गृहमन्त्री थापा – ‘ठेकेदारलाई कारबाही गर्छु’, मन्त्री महासेठ – ‘पक्राउ पर्न दिन्नँ, परे छुटाउँछु’

Image
काठमाडौं ।        गृहमन्त्री रामबहादुर थापा बादल र भौति पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठबीचविवाद देखिएको छ । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेके...

बेलौरी नगरपालिकामा अख्तियारको छापा, आर्थिक अनियमितता भएको आरोप

Image
बुधवार, ३० जेठ       कञ्चनपुरको बेलौरी नगरपालिकामा व्यापक आर्थिक घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । मंगलबार अख्तियार दुरुपयोग अनु...

प्रानको कालो कर्तुत : लिच्चीको जुस होइन, लास नकुहाउन प्रयोग हुने केमिकलको झोल पिउँदै हुनुहुन्छ

Image
काठमाडौँ।       नेपाली बजारमा पछिल्लो समय निकै नै बजार तताईरहेको एउटा प्रोडक्ट हो, ‘प्रान जुस’ । पछिल्लो समय धेरैले प्रयोग गर्ने गरेको यो जुस तपाईंपनि पिउनुहुन्छ वा तप...

भारतीय एसएसबीकाे कुटाइबाट ५२ वर्षीय नन्दनराम लोहार घाइते, राेकिएन दादागिरी

Image
दार्चुला । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ४ दिनअघि भारतीय एसएसबीको कुटाईबाट  महाकाली नगरपालिका–१ छापरी मलेराका ५२ वर्षीय नन्दनराम लो...

भारतीय एसएसबीकाे कुटाइबाट ५२ वर्षीय नन्दनराम लोहार घाइते, राेकिएन दादागिरी

Image
दार्चुला । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ४ दिनअघि भारतीय एसएसबीको कुटाईबाट  महाकाली नगरपालिका–१ छापरी मलेराका ५२ वर्षीय नन्दनराम ल...

उपेन्द्र देवकोटा ज्युदै छन , सबैले शेयर गरि सत्य खबर जनता माझ पुर्याउ

Image
कञ्चनपुर । बरिष्ट न्यरो सर्जन उपेन्द्र देवकोटाको निधन भएको हल्ला एक्कासी समाजिक संजाल फेसबुकमा भाइरलपछि मध्यरात्ती समवेदना प्रकट गर्नेहरुको भीड लागेको छ । तर सो खबर ...