बेलौरी नगरपालिकामा अख्तियारको छापा, आर्थिक अनियमितता भएको आरोप

बुधवार, ३० जेठ
      कञ्चनपुरको बेलौरी नगरपालिकामा व्यापक आर्थिक घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारेको हो । बेलौरी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले विभिन्न योजनामा ठुलो रकम मोलमोलाई र आर्थिक अनियमिता गरेकाले अख्तियारमा उजुरी परेको थियो ।

उनले हरेक योजनामा घुस माग्ने नदिनेलाई काम नदिने भएकाले उनको आर्थिक अनियमिता बिरुद्धमा अख्तियारमा उजुरी परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका शाखा अधिकृत हरिशचन्द्र जोशीले अख्तियारमा उजुरी परेका आधारमा कागजातका फोटोकपी नियन्त्रणमा लिएको बताएका छन । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले हरेक ठेक्कामा १० प्रतिशत घुस लिएर टेण्डर सदर गरेकाले विकास निर्माण चरम अनियमिता भएको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ ।

अख्तियार कञ्चनपुरका अनुसार बेलौरी नगरपालिकाको भवन निर्माणमा अनियमिता, लक्षित वर्गको बजेटमा अनियमिता, कृषि अनुदान, राहत वितरण लगायत हरेक विकास निर्माणका योजनामा प्रमुख शाहीले अनियमिता गरेको उजुरी परेको थियो । ‘अख्तियारमा परेको उजुरीको आधारमा विभिन्न योजनाका कागजपत्र लिएका छौँ, ‘शाखा अधिकृत जोशीले भने, ‘उजुरीको आधारमा हामीले प्रारम्भिक अनुसन्धान थालेको छौँ ।’
अख्तियारको टोलीले मंगलबार विभिन्न कागजात नियन्त्रणमा लिदै बेलौरी नगरपालिकामा भएका योजनाहरुकाे स्थलगत अनुगमन गरेको छ । यसैविच बेलौरी नगरका प्रमुख प्रशासकीय अधिकृत शाही यस अघि कैलालीको सुख्खड नगरपालिका, बैतडी र डडेल्धुराकाे नगरपालिकामा समेत अनियमिता गरेको भन्दै अख्तियारको फन्दामा परेका थिए । उनले हरेक ठेक्का, उपभोक्ता मार्फत हुने काममा १० प्रतिशत घुस लिएर मात्रै सदर गर्ने काम गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै