भारतीय एसएसबीकाे कुटाइबाट ५२ वर्षीय नन्दनराम लोहार घाइते, राेकिएन दादागिरी


दार्चुला । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ४ दिनअघि भारतीय एसएसबीको कुटाईबाट  महाकाली नगरपालिका–१ छापरी मलेराका ५२ वर्षीय नन्दनराम लोहार गम्भीर घाइते भए ।दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा बिहीबार भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली नागरिक लाेहारमाथि निर्घातकुटपिट गरेकाे थियाे । उनकाे अाँखामा गम्भीर चाेट लागेकाे छ भने छातीमा घाउ भएकाे छ ।

यसरी लाेहारलार्इ कुटपिट गरेको एक साता नबित्दै आइतबार अपराह्न महाकाली नगरपालिका– ७ कञ्चनभोज निवासी २६ वर्षीय उत्तम सुनारलाई पनि सीमावर्ती बजार मेलाघाटमा भारतीयहरूको एक समूहले निर्घात कुटपिट गरेको छ।खटिमाको बैंकबाट पैसा झिकेर फर्किने क्रममा उनीमाथि कुटपिट भएकाे हाे । कुटपिटका कारण सुनारकाे दायाँ हात, खुट्टा र टाउकोमा समेत गम्भीर चोट लागेको छ।

फोटोमा:- नन्दराम लाेहार ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा