Posts

शिक्षक पदम शाहको निधनमा पुनर्वासका सम्पूर्ण विद्यालयमा शोक विदा

Image
कञ्चनपुर , १६ साउन । शिक्षक पदम शाहको निधनमा पुनर्वासका सम्पूर्ण विद्यालयमा मंगलबार शोक विदा गरिएको छ । पाँचवटा शिक्षक संगठनहरु  नेपाल राष्ट्रिय शिक्षक संगठन, पुनर्वास नगर समिती,नेपाल शिक्षक संघ, पुनर्वास नगर समिति, एकीकृत अखिल नेपाल शिक्षक संगठन, पुनर्वास नगर समिति,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, पुनर्वास नगर समिति र नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ, पुनर्वास नगर समितिले संयुक्त रुपमा प्रेस नोट निकालेर पुनर्वास भित्रका सम्पूर्ण विद्यालयलाई शोक व्यक्त गर्न अनुरोध गरेको थियोे । मृतक शाह पुनर्वास ८, पृथ्वी वस्ती स्थित बागिश्वरी मा. वि.मा २०५९/०४/०१ देखि  शिक्षकका रुपमा कार्यरत थिए । शाहको गत साउन १२ गते शुक्रबारका दिन उपचारको क्रममा नेपालगञ्जमा  निधन भएको थियोे । लामो समयदेखि दमको समस्याले पीडित शाहको गत बैशाखमा पेटको समेत अपरेसन गरिएको थियोे । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) निकट शिक्षक संगठनमा आवद्ध रहेर शिक्षकहरुको हकहितका लागि आवाज उठाउँदै आएका शाह जनयुद्ध कालमा माओवादी पार्टीमा सक्रिय थिए । पुनर्वास हत्याकाण्डमा मुस्किलले ज्य...

पुनर्वासकि एक महिलाको बाघको आक्रमणमा परि मृत्यु

Image
कञ्चनपुर , १० चैत्र । पुनर्वासकि एक महिलाको  बाघको आक्रमणमा परि  मृत्यु भएको छ । शुक्रबार बिहान करिब ९.३० बजेतिर पुनर्वास १० नजिकको नेपाल–भारत सीमामा पर्ने भारतको दुधवा नेशनल पार्कमा सो घटना घटेको हो । मृत्यु हुनेमा  पुनर्वास नगरपालिका–१० मदनटोलकी बत्तिस  वर्षीया कलसा सार्की रहेको प्रहरीले जनाएको छ ।   दुधवा नेशनल पार्कमा सात जनाको महिलाहरुको समूह घाँस दाउरा गर्न जंगल भित्र गएको र  सोही क्रममा मृतक सार्कीमाथि बाघले आक्रमण गरेको जनाईएको छ । सार्की माथी आक्रमण भएको खबर गाउँमा पुगे लगत्तै स्थानीय युवा यादव सिंहको नेतृत्वमा गएको युवा टोलीले होहल्ला गरि आगो बालेर बाघलाई लखेटेको र घटनास्थलबाट करिब पचास मिटर पर बाघ देखिएको युवा सिंहले बताए । घटनास्थल भारतीय क्षेत्रमा परेकाले मृतकको शव भारतीय सुरक्षाकर्मीको कब्जामा रहेको र  अहिले आवश्यक कानूनी प्रक्रिया पूरा गरि नेपाल प्रहरीलाई जिम्मा लगाउने कार्य भईरहेको र शव बुझे पश्चात पोष्टमार्टमका लागि बेलौरी लगीने  इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।   अहिले भ...

आजको राशिफल/आज वि.सं. २०७९ पौष १२ गते मङ्गलवार

Image
आजको राशिफल | २०७९ पौष १२ गते मङ्गलवार पौष शुक्ल (पोहेलाथ्व) चतुर्थी/चौथी, धनिष्ठा नक्षत्र, मकर राशिको चन्द्रमा, वज्र योग, विष्टि/भद्रा र बब करण, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु सूर्योदय : बिहान ०६:५४ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे चन्द्रोदय : बिहान ०९:४० बजे र चन्द्रास्त : बेलुका ०८:३१ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४४ बजेदेखि १२:२५ बजेसम्म गुलिक काल : दिउँसो १२:०४ देखि ०१:२२ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा बिहान ०९:११ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको तथा बिहान ०७:०५ बजेपछि उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– मङ्गल चतुर्थी व्रत (मङ्गलवारको नयाँ व्रत थाल्न उपयुक्त दिन), साहित्यकार भूपी जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), फणिचक्र, चुल्लीच...

प्रधानमन्त्री प्रचण्ड सहित आठ मन्त्रीकाे शपथग्रहण, रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह

Image
काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आठ मन्त्रीलाई शपथग्रहण गराएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री दाहालसहित माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १–१ जना मन्त्रीले शपथग्रहण गरेका हुन्। माओवादी केन्द्रबाट उप–प्रधानसहित भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ, एमालेबाट उप–प्रधानसहित अर्थ मन्त्री विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित उप–प्रधानमन्त्रीमा रवि लामिछानेले शपथग्रहण गरे। जनमत पार्टीबाट उद्योग वाणीज्य तथा आपूर्ति मन्त्रीमा अब्दुल खानले सपथ लिँदा एमालेका ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र राईले विनाविभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। यो गठबन्धनमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, स्वतन्त्रका ३ सांसद छन्। राप्रपा र नागरिक उन्मुक्ति ...

माओवादी अध्यक्ष प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त,शपथ भोलि हुने

Image
काठमाडौं/ प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका हुन् । तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए । आजै शपथको तयारी भए पनि समय अपुग भएकाले भोलिमात्रै शपथ गर्ने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

आजको राशिफल / आज वि.सं. २०७९ साल कार्तिक २० गते आइतवार

Image
आज वि.सं. २०७९ कार्तिक २० गते आइतवार तदनुसार ई. सं. २०२२ नोभेम्बर ०६ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४,कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:४१ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०९ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे. चन्द्रोदय : दिउँसो ०३:२८ बजे र चन्द्रास्त : भोलि बिहान ०४:०५ बजे. काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१९ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०५:२० बजे. कार्तिक शुक्लपक्ष (कछलाथ्व) त्रयोदशी तिथि, साँझ ०४:३६ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, रेवती नक्षत्र, मध्यरात्रीपछि ०१:०३ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा, मध्यरात्रीपछि ०१:०३ बजेसम्म, त्यसपछि मेष राशिमा, वज्र योग, मध्यरात्रीपछि ०१:३७ बजेसम्म, त्यसपछि सिद्धि योग. सुरुमा तैतिल करण साँझ ०४:३६ बजेसम्म, त्यसपछि गर करण भोलि बिहान ०४:१५ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि य...

आजको राशिफल/आज वि.सं. २०७९ साल कार्तिक ११ गते शुक्रवार

Image
आज वि.सं. २०७९ कार्तिक ११ गते शुक्रवार तदनुसार ई. सं. २०२२ अक्टोबर २८ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०५:४० बजे. इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे, चन्द्रोदय : बिहान ०८:१३ बजे र चन्द्रास्त : बेलुका ०७:१९ बजे. काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:२१ बजे. पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१९ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे.  कार्तिक शुक्लपक्ष (कछलाथ्व) तृतीया तिथि, दिउँसो १२:३० बजेसम्म, त्यसपछि चतुर्थी तिथि, अनुराधा नक्षत्र, दिउँसो ०१:२८ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), सौभाग्य योग, बिहान ०७:५७ बजेसम्म, त्यसपछि शोभन योग भोलि बिहान ०५:११ बजेसम्म, अन्तिममा अतिगण्ड योग (योग टुटेको दिन), सुरुमा गर करण दिउँसो १२:३० बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपूर्व ११:३१ बजेस...

आजको राशिफल/आज वि.सं. २०७९ साल असाेज ६ गते बिहीवार

Image
आज वि.सं. २०७९ आश्विन ०६ गते बिहीवार तदनुसार ई. सं. २०२२ सेप्टेम्बर २२ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०६:२० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०५:५१ बजे, चन्द्रास्त : दिउँसो ०२:५९ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:३५ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०५:५९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०६:०५ बजे,  आश्विन कृष्ण (पितृ) पक्ष (ञलागा) द्वादशी तिथि, मध्यरात्रीपछि १२:३० बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, अश्लेषा नक्षत्र, मध्यरात्रीपछि ०२:३४ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, मध्यरात्रीपछि ०२:३४ बजेसम्म, त्यसपछि सिंह राशिमा, शिव योग, दिउँसो ११:१९ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा कौलव करण दिउँसो ११:३९ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि १२:३० बजेसम्म, अन्ति...

आगामी जेठ १ बाट हप्तामा दुईदिन विदा

Image
  काठमाण्डाै / आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । हप्तामा दुई दिन बिदा दिएपछि अरू दिन भने बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय कायम गरेको मन्त्री कार्कीले बताउनुभयो । यो बिदा परीक्षणका रूपमा रहने उहाँले बताउनुभयो । 

आजको राशिफल/आज वि.सं. २०७८ फाल्गुन १५ गते आइतवार

Image
वि.सं. २०७८ फाल्गुन १५ गते आइतवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी २७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, चन्द्रास्त : दिउँसो ०२:५० बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:४४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३९ बजे र सूर्यास्त : साँझ ०६:०६ बजे, फाल्गुन कृष्णपक्षको एकादशी तिथि, बिहान ०६:३३ बजेसम्म, त्यसपछि द्वादशी तिथि, मध्यरात्रीपछि ०४:२१ बजेसम्म, अन्तिममा त्रयोदशी तिथि (तिथि टुटेको दिन), पूर्वाषाढा नक्षत्र, बिहान ०७:२८ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, मध्यरात्रीपछि ०५:५९ बजेसम्म, अन्तिममा श्रवण नक्षत्र (नक्षत्र टुटेको दिन)  चन्द्रमा धनु राशिमा, दिउँसो ०१:०६ बजेसम्म, त्यसपछि मकर राशिमा, व्यतिपात योग, साँझ ०४:४० बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा बालब करण बिहान ०६:३३ बजेसम्म, त्यसपछि कौलव करण साँझ ०५:२८ बजेसम्म, अन्तिममा तैतिल कर...

आजकाे राशिफल/आज वि.सं. २०७८ फाल्गुन १३ गते शुक्रवार

Image
आज वि.सं. २०७८ फाल्गुन १३ गते शुक्रवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी २५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:२७ बजे र सूर्यास्त : साँझ ०५:५३ बजे, चन्द्रास्त : दिउँसो ०१:०८ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:५६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०६:०० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४१ बजे र सूर्यास्त : साँझ ०६:०५ बजे, फाल्गुन कृष्णपक्षको नवमी तिथि, दिउँसो ११:२० बजेसम्म, त्यसपछि दशमी तिथि, ज्येष्ठा नक्षत्र, दिउँसो १०:४८ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, दिउँसो १०:४८ बजेसम्म, त्यसपछि धनु राशिमा, वज्र योग, बेलुका १०:५१ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा गर करण दिउँसो ११:२० बजेसम्म, त्यसपछि वणिज करण बेलुका १०:०७ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : चर, चन्द्रवर्ण : रातो (दिउँसो १०:४८ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : उत्तर (दिउँसो १०:४८ बजेसम्म)...

पुनर्वासका डोके बजार बाहेक सबै नाका बन्द

Image
कञ्चनपुर , माघ १ । कोभिड १९ को संक्रमण बढेसंगै पुनर्वासमा डोके बजार नाका बाहेक भारत आउजाउ गर्ने सम्पूर्ण सिमानाकाहरु आजदेखी बन्द गरिएको छ । शुक्रबार पुनर्वास नगरपालिकाको नगरस्तरीय विपत व्यवस्थापन समितिको बैठक पश्चात् जारी गरिएको सूचनामा सो कुरा जनाइएको छ । यसका साथै बैठकले नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन केन्द्रले र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्ने गराउने, डोके बजारमा नियमित हेल्थ डेस्क राख्ने तथा त्यहाँ भेटिएका पुनर्वासका संक्रमितलाई आईसोलेस र होम आईसोलेसन सम्म पुरयाउन एउटा एम्बुलेन्स राख्ने, डोके बजारमा आवतजावत ज्यादा भएकाले त्यहाँ सुरक्षाकर्मिको संख्या बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सुदुरपश्चिम सरकार समक्ष अनुरोध गर्ने, माघ २ गतेको भूकम्प सुरक्षा दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि मनाउन प्रचारप्रसार गर्ने, स्वास्थ्य सुरक्षाका सामाग्रीहरु खरीद गरि तयारी अवस्थामा राख्न नगरपालिकालाई अनुरोध गर्ने तथा सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरि जुलुस,धर्ना, भेला, महोत्सव तथा सामाजिक तथा धार्मिक कार्य ...

कञ्चनपुरमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ

Image
  कञ्चनपुर /२७ पुस   बेलडाँडीमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा बेलडाँडी २ का राजन दमाई रहेका छ्न । दमाईले बेलडाँडी ५ का रत्नलाल सार्किलाई धारीलो हतियार दाउ प्रहार गरी गम्भीर घाईते तुल्याएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । घटना लगत्तै दाउ प्रहार गर्ने दमाईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताएका छ्न  । घाईते रत्नलाल सार्कीलाई  प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्‍याईएको भएपनी त्यहाँ उपचार सम्भव नभएपछि धनगढी स्थित माया मेट्रो अस्पतालमा लगिएको  छ। घाइते सार्कीको टाउको, अनुहार, हात सहित शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको बताइएको छ ।

कञ्चनपुरमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ

Image
  कञ्चनपुर /२७ पुस   बेलडाँडी गाउँपालिकामा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा बेलडाँडी २ का राजन दमाई रहेका छ्न । दमाईले बेलडाँडी ५ का रत्नलाल सार्किलाई धारीलो हतियार दाउ प्रहार गरी गम्भीर घाईते तुल्याएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । घटना लगत्तै दाउ प्रहार गर्ने दमाईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताएका छ्न  । घाईते रत्नलाल सार्कीलाई  प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्‍याईएको भएपनी त्यहाँ उपचार सम्भव नभएपछि धनगढी स्थित माया मेट्रो अस्पतालमा लगिएको  छ। घाइते सार्कीको टाउको, अनुहार, हात सहित शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको बताइएको छ ।

पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै

Image
  काठमाडौं /आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सयऔँ जन्मजयन्ती हो । शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेकोलगायत योगदानको स्मरण गर्ने गरिन्छ । आज नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा काठमाण्डौको कमलादीबाट सांस्कृतिक झाँकी एवम् बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकामा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । दिउँसो राष्ट्रिय नाचघर जमलमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गर्ने तयारी छ । नेपाली सेनाले एकीकरण पदयात्रा गरी गोरखाबाट टर्च काठमाण्डौ ल्या...

भाईरल भिडियोमा ठेला खोसिएकी मञ्जु को हुन ?

Image
काठमाडौं : हिजोदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा नगर प्रहरीहरु सडकबाट जवरजस्ती केही रित्ता ठेला र फलफूल बोकेको साइकल उठाएर गाडीमा हालिरहेको देख्न सकिन्छ। त्यही भिडियोमा केही मानिसहरु नगर प्रहरीको व्यवहारलाई लिएर आक्रोश पोखिरहेको हेर्न सकिन्छ। उनीहरु भनिरहेका छन्, 'छाडिदिनुस् एक चोटिलाई, उनीहरुको सामान किन समातेको? गरिबलाई गरिखान नदिने है?'  नगर प्रहरीले पेट पाल्ने साथी आफ्नो ठेला खोसेर लगेपछि त्यही भिडियोमा एकजना महिला गहभरि आँसु पार्दै गरेको देखिन्छिन्। गहका आँसु पुछ्दै उनी नगर प्रहरीसँग बिलौना गरिरहेकी हुन्छिन्। तर उनको आँसु र रुवाइले नगर प्रहरीलाई छुँदैन। जबरजस्ती उनको ठेलासहितका सामान नगर प्रहरीले मिनी ट्रकमा हालेर लैजान्छन्।  हेर्दा हेर्दै गरिखाने भाँडो लुटिएपछि ती महिला भक्कानिँदै केही भन्न खोज्छिन्, तर उनको बोली फुट्दैन अनि दुई हातले आँसु पुछ्न थाल्छिन्। ‘यस्तो पनि हुन्छ, हामी हिँड्या भए, बेच्या भए एउटा कुरा ! घरमा राखेको ठेला पनि किन समातेको?’ उनले बोलेको यति मात्रै बुझिन्छ। ठेला खोसिएपछि रोइरहेकी ती महिलालाई कसैले ढाडस दिएको सुनिन्छ, ...

आजको राशिफल/आज २०७७ माघ २ गते शुक्रबार, यस्तो छ तपाइको आजको राशिफल

Image
 २०७७ माघ २ गते शुक्रबार, यस्तो छ तपाइँको आजको राशिफल मेष : मेष राशि भएकाहरूका आज स्वास्थ्यको हिसावले खराव रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्ने छैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ, यात्रामा ज्यादै सतर्क रहनु आवश्यक छ । वृष : वृष राशि भएकाहरूका लागि आज आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला । मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज आशानै नगरेको ठाउँबाट धन लाभ हुनेछ । जमीन किन्नु छ भने आजै किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसंगको भेटले पेशागत क्षेत्रमा नयाँ लाभ, गरेका हरेक कार्यमा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समग्रमा आजको समय र...