आगामी जेठ १ बाट हप्तामा दुईदिन विदा


 काठमाण्डाै/ आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 
हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

हप्तामा दुई दिन बिदा दिएपछि अरू दिन भने बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय कायम गरेको मन्त्री कार्कीले बताउनुभयो । यो बिदा परीक्षणका रूपमा रहने उहाँले बताउनुभयो । 

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा