शिक्षक पदम शाहको निधनमा पुनर्वासका सम्पूर्ण विद्यालयमा शोक विदा


कञ्चनपुर, १६ साउन ।
शिक्षक पदम शाहको निधनमा पुनर्वासका सम्पूर्ण विद्यालयमा मंगलबार शोक विदा गरिएको छ ।
पाँचवटा शिक्षक संगठनहरु  नेपाल राष्ट्रिय शिक्षक संगठन, पुनर्वास नगर समिती,नेपाल शिक्षक संघ, पुनर्वास नगर समिति, एकीकृत अखिल नेपाल शिक्षक संगठन, पुनर्वास नगर समिति,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, पुनर्वास नगर समिति र नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ, पुनर्वास नगर समितिले संयुक्त रुपमा प्रेस नोट निकालेर पुनर्वास भित्रका सम्पूर्ण विद्यालयलाई शोक व्यक्त गर्न अनुरोध गरेको थियोे ।
मृतक शाह पुनर्वास ८, पृथ्वी वस्ती स्थित बागिश्वरी मा. वि.मा २०५९/०४/०१ देखि  शिक्षकका रुपमा कार्यरत थिए । शाहको गत साउन १२ गते शुक्रबारका दिन उपचारको क्रममा नेपालगञ्जमा  निधन भएको थियोे ।
लामो समयदेखि दमको समस्याले पीडित शाहको गत बैशाखमा पेटको समेत अपरेसन गरिएको थियोे ।
नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) निकट शिक्षक संगठनमा आवद्ध रहेर शिक्षकहरुको हकहितका लागि आवाज उठाउँदै आएका शाह जनयुद्ध कालमा माओवादी पार्टीमा सक्रिय थिए । पुनर्वास हत्याकाण्डमा मुस्किलले ज्यान बचाएका शाहको राजनीतिक पृष्ठभुमि गरिमामय रहेको छ ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा