Posts

आजको राशिफल / आज वि.सं. २०७९ साल कार्तिक २० गते आइतवार

Image
आज वि.सं. २०७९ कार्तिक २० गते आइतवार तदनुसार ई. सं. २०२२ नोभेम्बर ०६ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४,कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:४१ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०९ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे. चन्द्रोदय : दिउँसो ०३:२८ बजे र चन्द्रास्त : भोलि बिहान ०४:०५ बजे. काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१९ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०५:२० बजे. कार्तिक शुक्लपक्ष (कछलाथ्व) त्रयोदशी तिथि, साँझ ०४:३६ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, रेवती नक्षत्र, मध्यरात्रीपछि ०१:०३ बजेसम्म, त्यसपछि अश्विनी नक्षत्र, चन्द्रमा मीन राशिमा, मध्यरात्रीपछि ०१:०३ बजेसम्म, त्यसपछि मेष राशिमा, वज्र योग, मध्यरात्रीपछि ०१:३७ बजेसम्म, त्यसपछि सिद्धि योग. सुरुमा तैतिल करण साँझ ०४:३६ बजेसम्म, त्यसपछि गर करण भोलि बिहान ०४:१५ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि य...

आजको राशिफल/आज वि.सं. २०७९ साल कार्तिक ११ गते शुक्रवार

Image
आज वि.सं. २०७९ कार्तिक ११ गते शुक्रवार तदनुसार ई. सं. २०२२ अक्टोबर २८ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०५:४० बजे. इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे, चन्द्रोदय : बिहान ०८:१३ बजे र चन्द्रास्त : बेलुका ०७:१९ बजे. काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०५:२१ बजे. पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१९ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे.  कार्तिक शुक्लपक्ष (कछलाथ्व) तृतीया तिथि, दिउँसो १२:३० बजेसम्म, त्यसपछि चतुर्थी तिथि, अनुराधा नक्षत्र, दिउँसो ०१:२८ बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), सौभाग्य योग, बिहान ०७:५७ बजेसम्म, त्यसपछि शोभन योग भोलि बिहान ०५:११ बजेसम्म, अन्तिममा अतिगण्ड योग (योग टुटेको दिन), सुरुमा गर करण दिउँसो १२:३० बजेसम्म, त्यसपछि वणिज करण मध्यरात्रीपूर्व ११:३१ बजेस...

आजको राशिफल/आज वि.सं. २०७९ साल असाेज ६ गते बिहीवार

Image
आज वि.सं. २०७९ आश्विन ०६ गते बिहीवार तदनुसार ई. सं. २०२२ सेप्टेम्बर २२ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:१२ बजे र सूर्यास्त : साँझ ०६:२० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र सूर्यास्त : साँझ ०५:५१ बजे, चन्द्रास्त : दिउँसो ०२:५९ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:३५ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०५:५९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त : साँझ ०६:०५ बजे,  आश्विन कृष्ण (पितृ) पक्ष (ञलागा) द्वादशी तिथि, मध्यरात्रीपछि १२:३० बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, अश्लेषा नक्षत्र, मध्यरात्रीपछि ०२:३४ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, मध्यरात्रीपछि ०२:३४ बजेसम्म, त्यसपछि सिंह राशिमा, शिव योग, दिउँसो ११:१९ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा कौलव करण दिउँसो ११:३९ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि १२:३० बजेसम्म, अन्ति...

आगामी जेठ १ बाट हप्तामा दुईदिन विदा

Image
  काठमाण्डाै / आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । हप्तामा दुई दिन बिदा दिएपछि अरू दिन भने बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय कायम गरेको मन्त्री कार्कीले बताउनुभयो । यो बिदा परीक्षणका रूपमा रहने उहाँले बताउनुभयो । 

आजको राशिफल/आज वि.सं. २०७८ फाल्गुन १५ गते आइतवार

Image
वि.सं. २०७८ फाल्गुन १५ गते आइतवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी २७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:२५ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, चन्द्रास्त : दिउँसो ०२:५० बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:४४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३९ बजे र सूर्यास्त : साँझ ०६:०६ बजे, फाल्गुन कृष्णपक्षको एकादशी तिथि, बिहान ०६:३३ बजेसम्म, त्यसपछि द्वादशी तिथि, मध्यरात्रीपछि ०४:२१ बजेसम्म, अन्तिममा त्रयोदशी तिथि (तिथि टुटेको दिन), पूर्वाषाढा नक्षत्र, बिहान ०७:२८ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, मध्यरात्रीपछि ०५:५९ बजेसम्म, अन्तिममा श्रवण नक्षत्र (नक्षत्र टुटेको दिन)  चन्द्रमा धनु राशिमा, दिउँसो ०१:०६ बजेसम्म, त्यसपछि मकर राशिमा, व्यतिपात योग, साँझ ०४:४० बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा बालब करण बिहान ०६:३३ बजेसम्म, त्यसपछि कौलव करण साँझ ०५:२८ बजेसम्म, अन्तिममा तैतिल कर...

आजकाे राशिफल/आज वि.सं. २०७८ फाल्गुन १३ गते शुक्रवार

Image
आज वि.सं. २०७८ फाल्गुन १३ गते शुक्रवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी २५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:२७ बजे र सूर्यास्त : साँझ ०५:५३ बजे, चन्द्रास्त : दिउँसो ०१:०८ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:५६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०६:०० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४१ बजे र सूर्यास्त : साँझ ०६:०५ बजे, फाल्गुन कृष्णपक्षको नवमी तिथि, दिउँसो ११:२० बजेसम्म, त्यसपछि दशमी तिथि, ज्येष्ठा नक्षत्र, दिउँसो १०:४८ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, दिउँसो १०:४८ बजेसम्म, त्यसपछि धनु राशिमा, वज्र योग, बेलुका १०:५१ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा गर करण दिउँसो ११:२० बजेसम्म, त्यसपछि वणिज करण बेलुका १०:०७ बजेसम्म, अन्तिममा विष्टि/भद्रा करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : चर, चन्द्रवर्ण : रातो (दिउँसो १०:४८ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : उत्तर (दिउँसो १०:४८ बजेसम्म)...

पुनर्वासका डोके बजार बाहेक सबै नाका बन्द

Image
कञ्चनपुर , माघ १ । कोभिड १९ को संक्रमण बढेसंगै पुनर्वासमा डोके बजार नाका बाहेक भारत आउजाउ गर्ने सम्पूर्ण सिमानाकाहरु आजदेखी बन्द गरिएको छ । शुक्रबार पुनर्वास नगरपालिकाको नगरस्तरीय विपत व्यवस्थापन समितिको बैठक पश्चात् जारी गरिएको सूचनामा सो कुरा जनाइएको छ । यसका साथै बैठकले नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन केन्द्रले र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्ने गराउने, डोके बजारमा नियमित हेल्थ डेस्क राख्ने तथा त्यहाँ भेटिएका पुनर्वासका संक्रमितलाई आईसोलेस र होम आईसोलेसन सम्म पुरयाउन एउटा एम्बुलेन्स राख्ने, डोके बजारमा आवतजावत ज्यादा भएकाले त्यहाँ सुरक्षाकर्मिको संख्या बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सुदुरपश्चिम सरकार समक्ष अनुरोध गर्ने, माघ २ गतेको भूकम्प सुरक्षा दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि मनाउन प्रचारप्रसार गर्ने, स्वास्थ्य सुरक्षाका सामाग्रीहरु खरीद गरि तयारी अवस्थामा राख्न नगरपालिकालाई अनुरोध गर्ने तथा सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरि जुलुस,धर्ना, भेला, महोत्सव तथा सामाजिक तथा धार्मिक कार्य ...

कञ्चनपुरमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ

Image
  कञ्चनपुर /२७ पुस   बेलडाँडीमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा बेलडाँडी २ का राजन दमाई रहेका छ्न । दमाईले बेलडाँडी ५ का रत्नलाल सार्किलाई धारीलो हतियार दाउ प्रहार गरी गम्भीर घाईते तुल्याएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । घटना लगत्तै दाउ प्रहार गर्ने दमाईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताएका छ्न  । घाईते रत्नलाल सार्कीलाई  प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्‍याईएको भएपनी त्यहाँ उपचार सम्भव नभएपछि धनगढी स्थित माया मेट्रो अस्पतालमा लगिएको  छ। घाइते सार्कीको टाउको, अनुहार, हात सहित शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको बताइएको छ ।

कञ्चनपुरमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ

Image
  कञ्चनपुर /२७ पुस   बेलडाँडी गाउँपालिकामा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा बेलडाँडी २ का राजन दमाई रहेका छ्न । दमाईले बेलडाँडी ५ का रत्नलाल सार्किलाई धारीलो हतियार दाउ प्रहार गरी गम्भीर घाईते तुल्याएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । घटना लगत्तै दाउ प्रहार गर्ने दमाईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताएका छ्न  । घाईते रत्नलाल सार्कीलाई  प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्‍याईएको भएपनी त्यहाँ उपचार सम्भव नभएपछि धनगढी स्थित माया मेट्रो अस्पतालमा लगिएको  छ। घाइते सार्कीको टाउको, अनुहार, हात सहित शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको बताइएको छ ।

पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै

Image
  काठमाडौं /आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सयऔँ जन्मजयन्ती हो । शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेकोलगायत योगदानको स्मरण गर्ने गरिन्छ । आज नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा काठमाण्डौको कमलादीबाट सांस्कृतिक झाँकी एवम् बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकामा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । दिउँसो राष्ट्रिय नाचघर जमलमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गर्ने तयारी छ । नेपाली सेनाले एकीकरण पदयात्रा गरी गोरखाबाट टर्च काठमाण्डौ ल्या...

भाईरल भिडियोमा ठेला खोसिएकी मञ्जु को हुन ?

Image
काठमाडौं : हिजोदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा नगर प्रहरीहरु सडकबाट जवरजस्ती केही रित्ता ठेला र फलफूल बोकेको साइकल उठाएर गाडीमा हालिरहेको देख्न सकिन्छ। त्यही भिडियोमा केही मानिसहरु नगर प्रहरीको व्यवहारलाई लिएर आक्रोश पोखिरहेको हेर्न सकिन्छ। उनीहरु भनिरहेका छन्, 'छाडिदिनुस् एक चोटिलाई, उनीहरुको सामान किन समातेको? गरिबलाई गरिखान नदिने है?'  नगर प्रहरीले पेट पाल्ने साथी आफ्नो ठेला खोसेर लगेपछि त्यही भिडियोमा एकजना महिला गहभरि आँसु पार्दै गरेको देखिन्छिन्। गहका आँसु पुछ्दै उनी नगर प्रहरीसँग बिलौना गरिरहेकी हुन्छिन्। तर उनको आँसु र रुवाइले नगर प्रहरीलाई छुँदैन। जबरजस्ती उनको ठेलासहितका सामान नगर प्रहरीले मिनी ट्रकमा हालेर लैजान्छन्।  हेर्दा हेर्दै गरिखाने भाँडो लुटिएपछि ती महिला भक्कानिँदै केही भन्न खोज्छिन्, तर उनको बोली फुट्दैन अनि दुई हातले आँसु पुछ्न थाल्छिन्। ‘यस्तो पनि हुन्छ, हामी हिँड्या भए, बेच्या भए एउटा कुरा ! घरमा राखेको ठेला पनि किन समातेको?’ उनले बोलेको यति मात्रै बुझिन्छ। ठेला खोसिएपछि रोइरहेकी ती महिलालाई कसैले ढाडस दिएको सुनिन्छ, ...

आजको राशिफल/आज २०७७ माघ २ गते शुक्रबार, यस्तो छ तपाइको आजको राशिफल

Image
 २०७७ माघ २ गते शुक्रबार, यस्तो छ तपाइँको आजको राशिफल मेष : मेष राशि भएकाहरूका आज स्वास्थ्यको हिसावले खराव रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्ने छैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ, यात्रामा ज्यादै सतर्क रहनु आवश्यक छ । वृष : वृष राशि भएकाहरूका लागि आज आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला । मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज आशानै नगरेको ठाउँबाट धन लाभ हुनेछ । जमीन किन्नु छ भने आजै किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसंगको भेटले पेशागत क्षेत्रमा नयाँ लाभ, गरेका हरेक कार्यमा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समग्रमा आजको समय र...

कैलालीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु , मृत्यु हुनेको संख्या ४ पुग्यो

Image
कैलाली । कैलालीमा थप १ जनाको कोरोना भाईरसको संक्रमण बाट मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका -७ का ५० बर्षिय पुरुषको शनिबार चितवनको भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो । यो संगै कैलालीमा कोरोना भाईरसको संक्रमण्म बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ । अस्पतालको आइसियू कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । फाइल तस्वीर :

पुनर्वासमा आगलागी

Image
पुनर्वास,६ जेठ । पुनर्वासमा गोठमा आगलागी भएको छ ।मंगलबार दिउँसो करिब २ बजेतिर पुनर्वास नगरपालिका ४ घ (गाउँ) का गोरे सुनारको घरमा कुडो पकाउने क्रममा गोठमा आगलागी भएको हो । गोठ नजिकै कुडो पकाउने क्रममा हावाहुरीले आगो उडाएर गोठमा आगलागी हुँदा एक बाख्रा सहित काठको गोठ पूर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए । क्षति विवरण आउन भने बाकी रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

कोरोना संक्रमित गुल्मीका शिक्षकको अवस्था चिन्ताजनक

Image
रूपन्देही , ६ जेठ । कोभिड–१९ संक्रमण देखिएका गुल्मीका शिक्षकको रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । अवस्था चिन्ताजनक भएकाले उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । वैशाख २५ देखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनले स्थानीय मेडिकलमा परीक्षण गराएका थिए । सुरुमा जन्डिस भएको भन्दै उपचार गराए पनि सुधार नभएपछि अर्घाखाँचीको छाया पोलिक्लिनिक हुँदै जेठ १ गते क्रिमसन अस्पताल आएका थिए । अस्पताल स्रोतका अनुसार उनलाई सुरुदेखि नै आईसीयूमा राखिएकोमा आइतबारबाट अवस्था थप चिन्ताजनक भएको हो । जेठ २ गते कोरोना संक्रमणको आशंकामा भैरहवास्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा स्वाब परीक्षणका लागि पठाइएकोमा सोमबार संक्रमण पुष्टि भएको थियो । अस्पतालका प्रशासनप्रमुख चन्द्रकान्त पाण्डेले उनको भेन्टिलेटरमै उपचार जारी रहेको बताए । ‘अवस्था गम्भीर नै छ र हिजोदेखि स्थिर छ,’ उनले भने, ‘उपचारका सबै प्रयास जारी राखिएको छ ।’ स्थानीय प्रशासनले सोमबार राति नै अस्पताल सिल गरेको छ । स्वास्थ्यकर्मी, बिरामी र कुरुवालाई बाहिर निस्कन र नयाँ बिरामीसह...

पिपल्स एसोसियसन अफ पुनर्वास (PAP) द्वारा मृगौला पीडितका लागि आर्थिक सहयोग संकलन

हाम्रै साझा पत्रिका पुनर्वास, भदौ ०४     राजधानी काठमाडौँमा रहि पुनर्वास र पुनर्वासीहरुको प्रतिनिधि मुलक संस्था पिपल्स एसोसियसन अफ पुनर्वासले एकपुनर्वासी मृगौला प...

हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

Image
काठमाडौ/२८ भाद्र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै संसद बैठक अवरुद्...