Posts

Showing posts from November, 2023

नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटायो

Image
काठमाडौँ ,१५ मङ्सिर । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । गएदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल-मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः एक सय ६७ रुपैयाँ ५० पैसा, एक सय ६९ रुपैयाँ र एक सय ७० रुपैयाँ तोकेको छ । यस्तै पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा डिजेल-मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ कायम गरेको छ । आइओसीले नयाँ बिक्री मूल्य पठाउँदै साविकको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ १२ पैसा र डिजेलको मूल्य प्रतिलिटर चार रुपैयाँ नौ पैसा घटेको जानकारी दिएको निगमले जनाएको छ ।

कञ्चनपुरका मकर योञ्जन "द भ्वाइस अफ नेपाल सिजन ५" मा तहल्का मचाउँदै

Image
काठमाडौ / १३ मङ्सिर  । सुदुरपश्चिम कञ्चनपुरका  मकर योञ्जनले "द भ्वाइस अफ नेपाल सिजन फाईभ" मा तहल्का मचाई रहेका छ्न । गत हप्ता हिमालयन एचडी टेलिभिजनमा प्रसारित "द भ्वाइस अफ नेपाल सिजन फाईभ"कार्यक्रमको ब्याटल राउन्डमा गायक मकर योञ्जनले सुनिता सङ्याक लिम्बुसंग गाएको 'फुल झरेपनी कांडा झर्दैन' बोलको गितले कार्यक्रममा उपस्थित सबैको ध्यान तान्न सफल भएको थियो ।  हिमालयन एचडि टिभिमा प्रशारण भईरहेकोको भ्वाइस अफ नेपाल सिजन फाईभ मा गीत गाएर चारै जना जजहरुको मन जित्दै कुर्सी घुमाउन बाध्य बनाएका गायक योञ्जन आशलाग्दा गायक बन्न सफल भएका छ्न । जजका कुर्सीमा बसेका राजेश पायल राई, उदय सोताङ्ग, मिलन नेवार,प्रमोद खरेलले आफू बसेको कुर्सी घुमाएर गायक योञ्जनको गायन क्षमताको मुक्त कण्ठले प्रशंसा गरेका थिए । पुनर्वास नगरपालिका २, दशरथ बस्तीका स्थायी बासिन्दा गायक योञ्जन  काठमाडौमा संघर्षरत छ्न । पुनर्वास ३ स्थित जनकल्याण मा.वि. बाट अध्ययन गरेका योञ्जनले भारतको सुरत शहरबाट संगीतमा स्नातक गरेका छ्न । भारतमा लामो समय संगीत साधना गरेपछि आफ्नै देशमा केही गर्ने योजन

बर्दियामा आगलागी हुँदा चार जनाको मृत्यु

Image
बर्दिया /९ मङ्सिर । बर्दियाको गुलरियामा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । गुलरिया ४ तुलापुरको एक घरमा राति १० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आगलागीमा परेर मृत्यु हुनेमा ३२ वर्षकी राधा बुढा, १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द र १० वर्षका मानसिंह बुढा रहेका छन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । २८ वर्षकी करिष्मा चन्द गम्भीर घाइते भएकी छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। आगलागीको कारण खुलेको छैन। मृतक चारै जनाको शव अहिले पनि घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

भारतको पंजाब कराँते एसोसिएसनको निमन्त्रणामा पुनर्वासबाट सत्र जनाको टोली प्रस्थान

Image
कञ्चनपुर , ७ मङ्सिर । भारतको पंजाब कराँते एसोसिएसनको निमन्त्रणामा पुनर्वासबाट सत्र जनाको टोली बिहीवार त्यसतर्फ प्रस्थान गरेकोछ । नोभेम्बर २५ र २६ तारीखमा भारतको पञ्जाबमा पर्ने नवनशहरमा आयोजना हुन गईरहेको दोस्रो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा सहभागीता जनाउन पुनर्वासका खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका हुन । सो प्रतियोगितामा नेपाल सहित छ राष्ट्रका खेलाडीहरुले भाग लिने बताईएको छ  । आज पुनर्वास नगरपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले खेलाडीहरुलाई टिका, माला र खादा लगाएर विदाई गर्नुभएको थियोे । टिममा चौध जना खेलाडी, दुई जना कोच र एकजना टिम म्यानेजर गरि सत्र जना रहेका छ्न ।

राष्ट्रिय झण्डा च्यात्न खोज्ने एघार जना पक्राउ

Image
वीरगञ्ज,३ मङ्सिर ।  प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।शुक्रबार  पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको  राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । रासस

पुनर्वास ९ मा परोपकार समाज नेपालको आयोजनामा१२औं रमाइलो साँस्कृतिक कार्यक्रम २०८० सुरु

Image
कञ्चनपुर , १ मङ्सिर  पुनर्वास ९ बिचफाँटामा परोपकार समाज नेपालको आयोजनामा १२ औं रमाइलो साँस्कृतिक कार्यक्रम २०८०   सुरु भएको छ । दिपावलीको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रमलाई पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले बिहिवार एक भव्य कार्यक्रम बिच पानसमा बत्ति बालेर उदघाटन गर्नुभयो । राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना भईरहेको सो रमाइलो साँस्कृतिक कार्यक्रम आगामी  मंसिर २ गतेसम्म चल्ने र कार्यक्रममा सुदुर पश्चिमका देउडा, भुवा, पुतला लगायत जनचेतनामुलक नाटक र राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने परोपकार समाजका सचिव ईश्वर बुढाले बताए ।   

लालझाडीमा एकै पासोमा बुढा बुढी झुण्डिएको अवस्थामा फेला

Image
कञ्चनपुर /२६ कार्तिक  लालझाडी गाउँपालिका वार्ड नं १ विनबारी गाउँमा एकै पासोमा बुढा बुढी झुण्डिएको अवस्थामा फेला पारेका छन्। लालझाडी गाउँपालिका वार्ड नं १ बिनबारी बस्ने वर्ष २६ को सेम कुमार राना र वर्ष २५ की पुस्पा राना दुपट्टाको पासोमा दुवै जना आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको स्थानिय समाजसेवी दिनेश रानाले जानकारी दिनु भएको छ। छोरा अन्दाजी ४ वर्षको अनमोल राना सहित ३ जना घरमा बस्दै आएका थिए । घटना के कारणले भएको हो प्रहरीको अनुसन्धान गरी रहेका छन् ।

दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन; अध्यक्षमा शुक्लाफाँटाका नगर प्रमुख महरा

Image
-हरिश्चन्द्र बाग कञ्चनपुर/ २१ कार्तिक । दोदा जलाधार क्षेत्रका सबै १० ओटा स्थानीय तहहरूले वृहत् छलफल गरी दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरेका छन् । कञ्चनपुरका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका, डडेलधुराका आलिताल गाउँपालिका र परशुराम नगरपालिका, कैलालीका चुरे गाउँपालिका र गोदावरी नगरपालिका तथा डोटीको जोरायल गाउँपालिकाका प्रमुख तथा उपप्रमुख सहित सरोकारवाला पक्षहरूको भेलाले उक्त मञ्च गठन गरेको हो । विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा उत्थानशीलताका अन्तरसम्बन्धित सवाललाई अन्तर स्थानीय तह स्तरीय संयन्त्र मार्फत सम्बोधन गर्न सोमबार र मंगलबार धनगढीमा दुई दिवसीय कार्यशाला गोष्ठी सञ्चालन गरिएको थियो । सोही गोष्ठी मार्फत शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराको अध्यक्षतामा दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरिएको हो । उक्त मञ्चको उपाध्यक्षमा परशुराम नगरपालिकाका उपप्रमुख विमला बोहरा, सचिवमा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, कोषाध्यक्षमा चुरे गाउँपालिकाका उपाध्यक्ष धना दे

जाजरकोटमा भूकम्प अपडेट : दुई जिल्लामा गरी ११९ जनाको मृत्यु

Image
काठमाडौं /जाजरकोटको बारेकोट रामिडाँडा​लाई केन्द्रविन्दु बनाएर गएको गएरातिको भूकम्पबाट ज्यान गुमाउनेको संख्या ११९ पुगेको छ। यो जाजरकोट र रुकुमपश्चिमको तथ्यांक हो। भूकम्पले जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ। यहाँ अहिलेसम्ममा नलगाढ नगरपालिकामा सबैभन्दा ठूलो मानवीय क्षति भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जिल्लामा ज्यान गुमाउनेमध्ये ४७ जना नलगाढको रहेको जानकारी दिए। नलगाड भूकम्पको केन्द्रविन्दु बारेकोटको छिमेकी पालिका हो। भूकम्पपमा परी नलगाडकी उपप्रमुख सरिता सिंहको समेत मृत्यु भएको छ। यस्तै रुकुमपश्चिममा २७ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए। आठबीस नगरपालिकामा १७ र सानीभेरी गाउँपालिकामा ९ जनाको मृत्यु भएको उनले बताए। शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो।   

आममाफी पाएका फेरि रिगल पक्राउ पर्ने

Image
काठमाडौ /१६ कार्तिक । चेतन मानन्धरको हत्या आरोपमा जेल परि आममाफी पाएका रिगल पुन: पक्राउ पर्ने भएका छ्न । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।  बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।  न्यायाधिश खतिवडाले इजलासमा आदेश सुनाउँदै भने, ‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने।’ चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए। बाँकी कैद माफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए।  त्‍यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।