अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई १५ अर्ब बजेट, कुनलाइ कति?
काठमाडौं, साउन ८सरकारले यो वर्षका लागि तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको छ। चालु वर्ष खर्च गर्न मिल्नेगरी विनियोजन भएको उक्त बजेटअनुसार सबैभन्दा बढी भैरहवा विमानस्थलले पाएको छ।बजेटअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यक्रमगतरुपमा विनयोजन गरिएको बजेटअनुसार पोखरामाबनिरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई ६ अर्ब ८३ करोड रुपैयाँ दिइएको छ । अर्थ मन्त्रालयकाअनुसार योवर्ष खर्च गर्नपाउनेगरी निर्माणाधिन भैरहवा विमानस्थल आयोजनाको लागि ६ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि भने सरकारले सबैभन्दा कम १ अर्ब ४३ करोड रुपैयाँमात्र विनियोजन गरेको छ।निर्माणाधिन ठुला आयोजनालाई पर्याप्त बजेट विनियोजन गरेर समयमै सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयको दावी छ । कुन आयोजनाको प्रगति कस्तो छ?भैरहवामा निर्माणाधि विमानस्थलको अहिले भौतिक काम ५० प्रतिशतभन्दा बढी भएको छ। पहिलो चरणको आयोजनाको ७० प्रतिशत हिस्सा रहेको सिभिल वक्र्सको ५० बढी भएको र बाँकी ३० प्रतिशत काम