‘प्रचण्डकी नातिनी’ भर्सेस स्मिता दाहाल

प्रचण्डको नातिनी भन्दा कस्तो लाग्छ ? भन्ने
प्रश्न सुनेर उनी फिस्स हाँसिन् । अघिल्तिरझुकेको कपाललाई पन्छाइन् । कालो जिन्स र कलेजी रंगको क्वाटर स्लिभ टिसर्टमा ठाँटिएकी । पार्शियल हाइलाइट कपाल । ठिक्कको मेकअप ।स्मिता दाहाल ठूली भैसकेछिन् ।कुनैबेला एकल गीत लिएर राष्ट्रिय सभा गृहकोप्रेक्ष्यलयमा उक्लदा उनी जम्माजम्मी ११ बर्षकी फुच्ची थिइन् ।त्यो बेलादेखि आजसम्म अविछिन्न संगीत-साधनामा छिन् । यसबीचमा पाँच दर्जन गीत रेकर्ड गराइसकिन् । तर, आजको दिनसम्म उनलाई चिनाउन त्यही विशेषण झुन्ड्याइन्छ, ‘फलानोको नातिनी’ ।हामीले पनि उनलाई यही जिज्ञासा राखेका थियौंस्मिताले उही शालिन मुस्कानका साथ भनेकी थिइन्, ‘हजुरबासँग जोडिएर आउँदा अबियस्ली प्राउड फिल हुन्छ ।’ दोस्रो पंक्तिमा उनले यो वाक्य पनि जोडिन्, ‘तर, म आफ्नै नाममा चिनिन चाहन्छु ।’स्मिताको पारिवारिक चिनारी यस्तो छ ।

उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहाली छोरी । उमेर २० बर्ष । पढाई विविए, केएमसी कलेज ग्वार्कोबाट । रुची, गाउने र नाच्ने ।उनको व्यवसायिक चिनारी भनेको, गायिका हो । बालगीत हुँदै मायाप्रेमसम्मका गीत गाएकी छिन् । त्यो पनि दर्जनौं । एकल संगीतिक प्रस्तुत दिइसकेकी छिन् ।

तीन वटा एल्बम सार्वजनिक भइसकेको छ, स्मिता, स्मिता-२ र रागिनी । शास्त्रिय संगीत सिकिरहेकी छिन् ।सुनाइहालौं, स्मिताको स्वरवद्ध गीतको भिडियो ‘पानी कुवा’को यतिबेला युट्युवको ट्रेन्डिङमा छ । भिडियोमा कार्टुन्ज क्रु, पि्रयंका कार्कीलाई फिचरिङ गराइएको छ । गीतमा स्मितालाई साथ दिएका छन्, सरोज ओलीले । दिनेश थपलियाले लेखेको, वसन्त सापकोटाले संगीत दिएको यो डान्सिङ नम्बरले स्मितालाई बढी चर्चामा ल्याएको छ । सर्वत्र ‘फलानोको नातिनीले गाएको’ भन्दै प्रचार गरिएको छ ।नातिनीले गाएको गीतमा हजुरबाले (जसलाई स्मिता बाबा सम्बोधन गर्छिन्) कति चाख राख्दो हो ? हामीले सोध्यौं ।‘उहाँलाई गीत मनपर्छ, चासो राख्नुहुन्छ’ स्मिताले सुनाइन्, ‘अघि भर्खर पनि मोबाइलमा हेर्दै हुनुहुन्थ्यो, कति भ्युज पुगेछ भनेर ।’हजुरआमा भन्छिन्, ‘नक्कली नहुनु ।’उमेरले लाउने, खाने बेला । किशोरवयको उत्तरार्द्धमा पुगेकी उनलाई रमझम मनपर्छ । घुम्न, पिज्जा खान, गीत सुन्न पाउँदा उनको मन फुरुंग हुन्छ ।हामीले सोध्यौं, ‘फेसनप्रति कति रुची छ ?’

नर्मल’ स्मिताले भनिन्, ‘ठिकठिकै, त्यती धेरै पनि होइन, कम पनि ।’मेकअप गर्न कति जाँगर चल्छ ?स्मिता, ‘चाहिने जति त गर्नैपर्यो नि ।’गरगहनामा सजिन कति रहर लाग्छ ?‘अँह’ माझी औंलामा लगाएकी सानो औंठी देखाउँदै भनिन्, ‘यी एउटा रिङ मात्र लगाएकी छु ।’ड्रेसअप गर्न, मेकअप गर्न कति समय लाग्छ ?स्मिता, ‘लाग्छ होला, त्यस्तै आधा घण्टा ।’स्मिता फेसन कन्सस छिन् । अफुलाई सुहाउँदो पहिरनमा ठाँटिन्छिन् ।तर हजुरआमा सीता दाहाललाई त्यती तडकभडक मन पर्दैन । परिवारका सबै सदस्यलाई ‘आउट अफ फ्रेम’ जान दिदैनन् । रमझम गर्नु परोस् वा फेसन, परिवारका ‘कन्ट्रोलर’ सीता दाहाल नै हुन् ।‘हजुरआमालाई नक्कली भएको मन पर्दैन’ स्मिता भन्छिन्, ‘तडकभडक रुचाउनु हुन्न ।’

हजुरआमाको यस्तो प्रवृत्तिलाई उनले निको मानेकी छिन् । ‘कोही त घरमा कन्ट्रोल गर्ने, व्यालेन्स गर्ने पनि त चाहियो’ स्मितालाई यस्तै लाग्छ ।हजुरबा रसिकस्मिताको गीत कस्तो छ, युट्युबमा कति हेरियो ? हजुरबा पुष्पकमल दाहाललाई चासो लाग्छ । उनी बेलाबखत आफ्नो मोवाइलमा नातिनीको भिडियो हेर्छन । गीत सुन्छिन् ।‘उहाँ गीतमा इन्जोए गर्नुहुन्छ’ स्मिता भन्छिन्, ‘प्राय सुनिरहनुहुन्छ ।’स्मिताको भनाईमा हजुरबा हरेक दिन केही समय गीत सुन्नुहुन्छ । मोवाइलबाट पुराना गीतहरु । खासगरी नारयाण गोपालको । खाना खाने समयमा ।मुड चल्यो भने नातिनीको गीत सुन्छन् ।

स्मितालाई औंधी माया गर्ने भनेका हजुरबाले नै हो । ‘उहाँ केटाकेटीलाई साह्रै माया गर्नुहुन्छ, पुलपुल्याउनु हुन्छ’ स्मिता भन्छिन् । तर, हजुरबाको मुड सधै एकनास हुँदैन । कहिले केही समस्यामा भएजस्तो गम्भीर र, कहिले फुरुंग ।‘टेन्सन भएको जस्तो लाग्यो भने त्यती बोलिदिन’ स्मिता भन्छिन्, ‘अरु बेला खाना खाने समयमा कुराकानी हुन्छ ।’बेलाखबत पारिवारिक जमघट हुन्छ । त्यस्तो बेला घरमै पकाएर मिठो-मसिनो खाने गर्छन् । सबैलाई मनपर्ने, चिकेन मम । स्मिता भने पिज्जामा बढी रमाउँछिन् । यस्तो जमघटमा स्मितालाई फर्माइस आउँछ, गीत सुनाउन । उनी गाइदिन्छिन् ।रणभूमीमा एउटा धुनजतिवेला स्मिता जन्मिइन्, त्यसबेला माओवादी द्वन्द्व उत्कर्षमा थियो । वसाई दार्जिलिङमा । घरमा आमाबुवा के कुरा गर्नुहुन्छ, को-को भेट्न आउँछन्, के भन्छन्, किन आउँछन् ?

स्मितालाई केही थाहा दिइएन । बुझ्ने उमेर भएको पनि थिएन ।‘कहिले काही ममीहरुले बाबा, आमा भएको ठाउँमालानुहुन्थ्यो’ स्मिता सम्झन्छन्, ‘त्यसबेला उहाँहरु इन्डियाकै कुनै घरमा भेटिन्थ्यो ।’ भेटमा प्रचण्डले नातिनीलाई काखमा लिन्थे र खेलाउथे । स्मितालाई त्यसबेला हेक्का थिएन, देश-दुनियाँले तिव्रताका साथ चासो राख्ने ‘प्रचण्ड’ उनै हुन् ।उनलाई न माओवादी युद्ध थाहा थियो, न प्रचन्ड। उनलाई केवल आफ्ना हजुरबा थाहा थियो । हजुरआमा थाहा थियो । र, आफ्नै वालापन थाहा थियो ।दार्जिलिङबाट आफुलाई कहिले काठमाडौं ल्याइयो भन्ने पनि उनलाई ठ्याक्कै याद छैन । तर, त्यसबेलासम्म उनमा गीतप्रति एक किसिमको लगाव थियो । गुनगुनाउँथिन् । गीत सुन्थिन् । ममी गंगा दाहालले उनलाई बढी उत्प्रेरणा दिइन् । स्मिताको पहिलो स्रोता पनि उनै गंगा । स्मिताको आवाज सुनेर यो राम्रो, त्यो नराम्रो भन्ने पनि उनै गंगा । स्मितालाई लाग्छ, आमाले जन्म मात्र दिदैनन्, सन्तानका रहर, इच्छा, आंकक्षामा आफ्नो खुसी खोज्छन् ।स्मिता आफ्नै चिनारीजरुर, ‘प्रचन्डकी नातिनी’ भन्दा गर्व लाग्छ उनलाई । तर, उनी आफ्नै ‘नेम र फेम’ बनाउन चाहन्छिन् ।

यस्तो नाम, जहाँ कुनै फुर्को जोड्न नपरोस् ।कतिलाई लाग्दो हो, फलानोकी नातिनी भएकाले उनले गीत गाइन् । फलानोकी नातिनी भएकाले म्युजिक भिडियो बनाइन् । फलानोकी नातिनी भएकाले चर्चा पाइन् ।यस्तो भनाईले स्मिताको भावनामा ठेस पुग्दैन ?‘खासमा नि’ स्मिता भन्छिन्, ‘हजुरबासँग जोडिएर चिनिन पाउँदा गर्व हुन्छ नै । तर त्यसको साइड इफेक्ट के छ भने मेरो चिनारी हराएको छ ।’‘फलानोका नातिनी’ भनिरहँदा उनले गरेको साधना, श्रम, लगाव र उनको खुवी, दक्षता त्यसै-त्यसै ओझेल पर्छ । स्मितालाई यही कुराको डर छ । जबकी आज उनी यस्तो ‘नेम र फेम’ खोजिरहेकी छिन्, जसमा अरु विशेषण झुन्डाउन नपरोस् ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै