पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने


कञ्चनपुर, ३ फागुन ।
 पुनर्वास नगरपालिकाका मेयर  तोय प्रसाद शर्मालाई अभद्र व्यवहार गर्ने व्यक्ति माथी कानूनी कार्वाही गरीने नगरपालिकाले विज्ञप्ति मार्फत  जनाएको  छ ।
 विज्ञप्तिमा  शुक्रबार राती करिब ८ बजेको समयमा घर जादै गरेको अवस्थामा पुनर्वास नगरपालिका-९,ख-गाउँमा स्थानीय हरि बहादुर बोहराले नगर प्रमुख शर्मा सवार गाडी रोकेर अभद्र व्यवहार गरेको जनाएको छ । सोही विषयमा शनिबार कार्यपालिकाको आकस्मिक बैठक बसी नगरपालिकाले विज्ञप्ति जारी गरेको हो ।

नगर प्रवक्ता तुलसी अर्यालद्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेखित विवरण जस्ताको त्यस्तै तल उल्लेख गरिएको छ । "मिति २०८१ फागुन २ गतेका दिन अन्दाजी ८:०० को समयमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यू नगरपालिकावाट घर फर्कने क्रममा पुनर्वास नगरपालिका वडा नं. ९ वस्ने हरि वहादुर वोहराले नगर प्रमुख सवार गाडी रोकि गरेको अभद्र व्यवहार प्रति यस नगरपालिका घोर भर्त्सना गर्दछ ।
निजले नगर प्रमुख सवार गाडीलाई रोकि नगर प्रमुख तथा चालक प्रति गरेको अभद्र व्यवहारले कानूनी राज्यको खिल्ली उडाएको प्रतित भएको छ । निजले विगत देखि नै सामाजिक सञ्जालमा पुनर्वास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको पुर्वाग्रही किसिमले व्यक्तिगत चरित्र हत्या गर्ने गरी श्रव्यदृश्य तथा लिखित सामाग्रीहरु प्रेषित गर्ने गरेको समेत थियो । यस किसिमको क्रियाकलापले जनप्रतिनिधि र कर्मचारीको व्यक्तिगत र सामाजिक प्रतिष्ठामा आँच पुर्याउने हुँदा यस्ता कार्यप्रति घोर आपत्ति प्रकट गर्दै यस किसिमका गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी कारवाहिका लागि कानूनी वाटो खोजिने जानकारी समेत दिन चाहान्छौं ।
हिजो अवेर सम्म नगरपालिकाको कार्यक्रममा सहभागि भई नगर प्रमुख आफ्नो घर फर्किने क्रममा अनावश्यक रुपमा योजनावद्ध ढंगले निजले वाटो छेकि गरेको अमानवीय व्यवहारको घोर भर्त्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कडा कारवाहिका लागि सम्वन्धित निकाय समक्ष जोडदार माग गर्दछौं"  भनिएको छ ।




Comments

Popular posts from this blog

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा