‘अमेरिकामा गोरा प्रहरी अधिकारीहरू अश्वेतहरूलाई मान्छे नै ठान्दैनन्’


बीबीसी/इरम अब्बासी अमेरिकामा अश्वेत जातिलाई दास राख्ने चलन अन्त्य भएको पनि १५३ वर्ष भइसक्यो । तर अहिले पनि त्यहाँ विभिन्न रूपमा अश्वेत जातिप्रति भेदभाव तथा हिंसा हुने गर्छ ।

केही पहिले ३५ वर्षीय अफ्रिकी–अमेरिकी हेरिथ अगस्टलाई सिकागो प्रहरीले गोली हानी हत्या गरिदियो ।यस पङ्क्तिकार विमानस्थलतर्फ अघि बढिरहँदा स्पष्ट रूपमा सिकागोका सडकहरूमा, रिस र छटपटीहरू देखिन्थे । सडकमा सयौं प्रदर्शनकारीहरू विरोध प्रदर्शन गर्दै थिए ।सिकागो प्रहरी विभागले यो प्रदर्शनलाई बल प्रयोग गरेर समाप्त गर्न खोजिरहेको थियो ।

यसमा अश्वेत समुदाय विशेष रूपमा निशानामा थिए ।सन् २०१४ मा लेक्वन म्याकडोनाल्डको हत्यापछि यो सहरमा असन्तुष्टि छ ।उक्त घटनामा प्रहरीले १७ वर्षेनिहत्था किशोरलाई १६ गोली हानेका थिए । प्रहरीको यो क्रूरता भिडियोमा रेकर्ड भएको थियो । पछि त्यसको विरोध भयो ।घटनाको अनुसन्धानपछि न्याय विभागले पुलिसको रवैया गलत भएको बतायो । यसपछि एसपी ग्यारी मेकार्थीलाई पदबाट हटाइयो ।अहिले हेरिथको हत्यापछि पुनः अफ्रिकी–अमेरिकीमाथि हुने हिंसा ताजा भएको छ । सिकागोको जनसङ्ख्यालाई पुनः एक पटक झस्काएको छ ।सन् २०१४ मा म्याकडोनाल्डमाथि भएको गोली प्रहारको घटनामा पुलिस अधिकारीहरूको संलग्नता ठम्याउन सिकागोको अदालतमा चलेको मुद्दा अझै सकिएको छैन । यस कारण हरिथको हत्याअघि नै सहरमा नश्लीय मुद्दामा वातावरण तनावपूर्ण थियो ।‘हामीले जति चिच्याए पनि हाम्रो कुरा कसैले सुन्दैन ।’मलाई एयरपोर्ट छोड्न हिँडेका मेरो चालक जेम्स निराशाले भरिएका थिए । उनमा प्रदर्शनको कारण भएको ट्राफिक जामको चिन्ता थियो ।

त्यसपछि उनले मलाई एयरपोर्ट पु¥याएपछि आफू यस प्रदर्शनमा सहभागी हुने बताए । उनले भने, “हामीले जति चिच्याए पनि यसले केही फरक पर्दैन ।” ठूलो निराशाका साथ अफ्रिकी–अमेरिकी जेम्सले भने, “हरेक समय प्रहरी ज्यादतीको शिकार हामी नै किन हुन्छौँ ? म कोहीविरुद्ध हिंसाको समर्थन गर्दिनँ तर केही गोरा प्रहरीहरू हामीलाई मान्छे नै ठान्दैनन् ।”४२ वर्षे जेम्सले मलाई आफ्ना तीन बच्चाहरूको तस्बिर देखाए ।केन्याबाट आफ्ना अभिभावकको साथमा यो देश आउँदा उनको उमेर जम्मा दुई वर्ष थियो । आफै पिताबनेपछि उनलाई आफ्नो आवाज उठाउनुपर्ने लाग्यो । त्यसपछि उनले हरेक मञ्चमा आफ्नो असन्तोष उठाएका छन् । म्याक्डोनाल्डसको हत्याको घटनाको उल्लेख गर्दै उनले भने, “त्यो बेला त्यो बच्चालाई प्रहरीले विनाकारण गोली हाने ।”उनी भन्छन्, “चार वर्षदेखि त्यो मुद्दा चलिरहेको छ । अश्वेतहरूको मुद्दामा न्याय पाउन निक्कै ढिलो हुने गर्छ । यहाँसम्म कि अश्वेत राष्ट्रपति ओबामाले समेत बन्दुक हिंसाविरुद्ध चाल्न सकिने सुरक्षा उपाय लागू गर्न सकेनन् । अब ट्रम्पबाट आशा गर्नु त व्यर्थ छ ।”तर यही बन्दुक मन पराउने मानिस पनि भेटिए विमान अवतरण गर्ने समयमा जेम्सको कुरा दिमागमा घुमिरहेको थियो । यही दौरान एक गोरा जर्जियाली मुलका ५५ वर्षेटेलर मेरो छेउको सिटमा आएर बसे ।

उनी ट्रम्पका कट्टर समर्थक थिए । जब मैले बन्दुक नियन्त्रणको केही सम्भावनाको बारेमा कुरा गरेँ, टेलरको तर्क यस्तो थियो ।टेलरले भने, “हाम्रो गाउँमा सुटिङ खेल निक्कै चर्चित रहेकोएक सानो समुदायका मानिसहरूको बसोबास छ ।”“यदि तपाईंले हाम्रो बन्दुक पनि खोसिदिनुभयो भने हामीसँग के नै बाँकी रहन्छ र ? यदि कोही चोर हाम्रो घरमा पस्यो भने हामीले के गर्ने ? बन्दुक भयो भने कमसे कम हामीसँग एउटा मौका त बाँकी रहन्छ ।”टेलरले जेम्सप्रति सहानुभूति देखाए तर यो मुद्दामा प्रहरीकोसमर्थन गर्न कुनै हिचकिचाहट देखाएनन् ।टेलर आफ्नो साथीको छोरीको विवाहमा सामेल हुन आएका थिए ।

दुई घण्टाको हवाई यात्रा भएकाले उनीसँग लामो कुरा भएन । छुट्ने बेला टेलरलाई मैले उनकोसाथीकी छोरीको विवाहका लागि शुभकामना व्यक्त गरे । उनीसँग छुटेपछि अमेरिकामा नश्लभेदको खाडल कति गहिरो छ र यसमा कसैले केही गर्ने स्थिति नभएको अवस्था देखेँ । तर आउँदै गरेको मध्यावधि चुनावमा यसको असर के हुनेछ त्यो हेर्न लायकको हुनेछ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै