Posts

Showing posts from May, 2018

गणतन्त्र दिवसको दिन प्रतिबद्धता गरौ ,हामी सबै मिलि भाइचाराको सम्बन्धमा बसौ

Image
-यात्रि रमेश गणतन्त्र स्थापना को लागि त्याग गर्नुहुने वीर सहिदहरु घाइते योद्धाहरु आम नागरिकहरु र आस्रित परिवारजनहरुमा गणतन्त्र दिवसको अवसरमा म गणतन्त्रको लागि लडेको हिरासत र जेल जीवन व्यतीत गरेको र आफ्नो शरिरको अंग गुमाएको योद्धा को तर्फबाट लाखौंलाख शुभकामना व्यक्त गर्न चाहान्छु। बिगत बिगत हो बर्तमान मा बिगतलाइ सम्झिएर रुमलिनु भन्दा हामी सबै मिलेर आजसम्म प्राप्त उपलब्धिलाई कसरी संस्थागत गर्ने देश र आम नागरिक लाई कसरी सफल र सम्बृद्ध बनाउने भन्ने तिर लाग्नु अहिलेको अपरिहार्यता हो। आउनुहोस् गणतन्त्र दिवसको दिन प्रतिबद्धता गरौ कि हामी सदा मिलेर र एकआपसमा भाइचारा को सम्बन्ध कायम गरेर बस्नेछौ र जिवनको अन्तिम क्षण सम्पन्न पनि देश र जनतालाई केही सकारात्मक कुरा दिने प्रयास गर्नेछौ। हामी जिम्मेवार नभय को जिम्मेवार हुने? हामीले प्रयास नगरे कस्ते प्रयास गर्ने ? यदि हामिले देश र जनतालाई केही दिन खोज्दैछौ भने पहिला आफू र आफुभित्रको मन मस्तिष्कलाई सहि बाटोमा ल्याउने प्रयास गरौ। जयदेश जयनेपाल ।

डडेल्धुरामा जीप दुर्घटना, ३ जनाको मृत्यु

Image
 डडेल्धुरा – के आई सिंह राजमार्गमा पर्ने डडेल्धुराको गजरौलामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ मा पर्ने गजरौलामा से १ ज ३३० नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन्। शैलेश्वरी यातायातको दिपायलबाट धनगढीतर्फ जाँदै गरेको बलेरो पिकअप जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परी अन्य ४ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ। जीप सडक बाट करिब दुई सय मिटर तल खोलामा खसेको बताइएको छ। दुर्घटनामा परी मृत्यु हुने आर्दश गाउँपालिका डोटीका वडा नं. २ का अध्यक्ष प्रेम बोहरा र सोही स्थानका गाडी मालिक बिनोद रावलको  सनाखत भएको छ। जीपमा १३ जना सवार रहेको ट्राफिक प्रहरी कार्यालय सकायलका इन्चार्ज राम रैसालले बताए। घाइतेहरुलाई उपचारका लागी उप- क्षेत्रीय अस्पताल डडेल्धुरा ल्याइदै छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

महिलालाई बेचेको आरोपमा थुनामा

Image
हेटौडा — महिलालाई विदेशमा लगेर बेचेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक युवकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको सोमबार बसेको इजलाशले ताप्लेजुङ मेदिङ गाउपालिका ५ घर भई काठमाडौं महानगरपालिका-९ वस्ने ३५ वर्षीय पेम्बा शेर्पालाई हेटौडा उपमहानगरापालिका-८ की एक महिलालाई विदेशमा लगेर विक्री गरेको आरोपमा थुनामा राख्ने आदेश दिएको हो। ओमानमा राम्रो जागिर मिल्छ भनेर फकाईफुलाई गरेर शेर्पाले ४० वर्षीया महिलालाई २०७४ कार्तिक २६ गते भारतको दिल्ली हुँदै ओमानमा पुर्याएर विक्री गरेका थिए। १६ सय रियाल अर्थात् चार लाख ३२ हजारमा शेर्पाले उनलाई विक्री गरेका थिए। विक्री गरेको स्थानबाट स्थानीयहरुको सहयोगमा ५ महिनापछि उनी घर फर्कन सफल भएकी थिइन्। घर फर्केपछि उनले चैत २० गते जिल्ला प्रहरी कार्यालय हेटौडामा उजुरी दिएकी थिइन्। उजुरीको आधारमा प्रहरीले २०७५ वैशाख ३ गते शेर्पालाई काठमाडौंबाट पक्राउ गरेको थियो। कान्तिपुर दैनिक बाट

अनुमती बिनै ‘सिसिटिभी क्यामेरा’ जडान

Image
पुष्कर भट्ट कञ्चनपुर, जेठ १४ । कञ्चनपुरको एक सामुदायिक विद्यालयले अनुमती बिनै ‘सिसिटिभी क्यामेरा’ जडान गरेको छ । भीमदत्त नगरपालिका–१३ बडैपुरको सिद्धनाथ माध्यामिक विद्यालयले अनुमती नलिएरै विद्यालयमा ‘सिसिटिभी क्यामेरा’ जडान गरेको हो ।  सिद्धनाथ माध्यामिक विद्यालयका प्रअ खडक सिह ऐडीले विद्यालयमा सुरक्षाका लागि क्यामेरा जडान गरिएको बताए । उनका अनुसार कार्यालय, कम्प्युटर ल्याब, स्टाप कक्ष, कक्षा ९ र १० मा क्यामेरा जडान गरिएको छ । ‘विद्यालयमा विद्यार्थी र बाहिरका विद्यार्थीविच झै–झगडा हुन्छ, ‘उनले भने, ‘बाहिरबाट आएका केटाहरुलाई नियन्त्रण गर्नका लागि क्यामेरा जडान गरेको हौँ ।’ विद्यालय व्यवस्थापन समितिको निर्णय नगरेरै प्रअ ऐडीले क्यामेरा जडान गरेपछि विद्यालयमा विवाद उत्पन्न भएको छ । प्रअले एकलौटी ढङले विद्यालयमा क्यामेरा जडान गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी रुष्ट भएका छन् ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवती थापाले प्रअ ऐडीले विद्यालय व्यवस्थापन समितिको निर्णयबिनै विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको बताए । सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि २०७२ ले तीन

शिशु हत्या अभियोगमा आमा पक्राउ

Image
कञ्चनपुर ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ की गंगा ओखेडा शिशु हत्या आरोपमा पक्राउ परेकी छिन् । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका वेला उनले अवैध सम्बन्धबाट बिहीबार बच्चा जन्माएकी थिइन् । तर, जन्मिएको केही समयमै बच्चाको मृत्यु भएपछि गंगालाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान् विदेशमा रहेका वेला गर्भवती बन्नु र जन्मिएको एक घन्टामै शिशुको मृत्यु भएपछि गाउँभर हल्ला मच्चियो । हल्ला फैलिएपछि झोलुंगे पुलको चौकीबाट प्रहरी गंगाको घर पुग्दासम्म शिशु कम्मलले बेरिएको अवस्थामा मृत फेला परे । शिशुको मुत्यु र घटनाको प्रकृति अनुसन्धानपछि प्रहरीले गंगा ओखेडा र सन्तोष ओखेडालाई पक्राउ गरेको हो । पोस्टमास्र्टमका लागि शिशुलाई महाकाली अञ्चल अस्पताल पु-याइयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले गंगा र सन्तोषले बच्चा मारेको हुन सक्ने आशंकामा पक्राउ गरी अनुसन्धान थालेको बताए । पक्राउ परेकी गंगाले शिशु जन्मिएपछि कम्मलले बेर्दा श्वास फेर्न नपाएर मरेको बयान दिएको प्रहरी नायब उपरीक्षक सेठीले बताए । ‘गंगाका श्रीमान् केही दिनमा घर आइपुग्दैछन्,’ सेठीले भने, ‘

धनगढी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा चार जना घाइते

Image
बैतडी — दार्चुलाबाट धनगढी जाँदै गरेकाे एम्बुलेन्स बैतडीमा दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा बिरामी रहेका दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ वर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ। दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म१झ १०३ नम्बरकाे एम्बुलेन्सअाइतबार बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका–३ धरमघर नजिकै दुर्घटनामा परेको हो। घाइते सबैको प्रहरीले उद्धार गरेको थियो। घाइतेहरु चारै जनाकोे उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।