गणतन्त्र दिवसको दिन प्रतिबद्धता गरौ ,हामी सबै मिलि भाइचाराको सम्बन्धमा बसौ

-यात्रि रमेश
गणतन्त्र स्थापना को लागि त्याग गर्नुहुने वीर सहिदहरु घाइते योद्धाहरु आम नागरिकहरु र आस्रित परिवारजनहरुमा गणतन्त्र दिवसको अवसरमा म गणतन्त्रको लागि लडेको हिरासत र जेल जीवन व्यतीत गरेको र आफ्नो शरिरको अंग गुमाएको योद्धा को तर्फबाट लाखौंलाख शुभकामना व्यक्त गर्न चाहान्छु।

बिगत बिगत हो बर्तमान मा बिगतलाइ सम्झिएर रुमलिनु भन्दा हामी सबै मिलेर आजसम्म प्राप्त उपलब्धिलाई कसरी संस्थागत गर्ने देश र आम नागरिक लाई कसरी सफल र सम्बृद्ध बनाउने भन्ने तिर लाग्नु अहिलेको अपरिहार्यता हो।

आउनुहोस् गणतन्त्र दिवसको दिन प्रतिबद्धता गरौ कि हामी सदा मिलेर र एकआपसमा भाइचारा को सम्बन्ध कायम गरेर बस्नेछौ र जिवनको अन्तिम क्षण सम्पन्न पनि देश र जनतालाई केही सकारात्मक कुरा दिने प्रयास गर्नेछौ।

हामी जिम्मेवार नभय को जिम्मेवार हुने?
हामीले प्रयास नगरे कस्ते प्रयास गर्ने ?
यदि हामिले देश र जनतालाई केही दिन खोज्दैछौ भने पहिला आफू र आफुभित्रको मन मस्तिष्कलाई सहि बाटोमा ल्याउने प्रयास गरौ। जयदेश जयनेपाल ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै