धनगढी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा चार जना घाइते

बैतडी — दार्चुलाबाट धनगढी जाँदै गरेकाे एम्बुलेन्स बैतडीमा दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बिरामी रहेका दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ वर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ।

दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म१झ १०३ नम्बरकाे एम्बुलेन्सअाइतबार बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका–३ धरमघर नजिकै दुर्घटनामा परेको हो। घाइते सबैको प्रहरीले उद्धार गरेको थियो।

घाइतेहरु चारै जनाकोे उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै