प्रदेश ७ को स्थायी राजधानीका लागि अत्तरियामा जग्गा खोजी सुरु

 १२ बैशाख ,धनगढी – प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा रहेपनि स्थायी राजधानी भने कैलालीकै अत्तरियामा राख्ने तयारी भईरहेको छ । अत्तरियामा स्थायी राजधानीका लागि जग्गाको खोजी भईरहेको हो । अत्तरियामा प्रदेश ७ का सबै जिल्लाहरुको पायक पर्ने भएकोले तेघरी व्यारेक नजिकको क्षेत्र र नेपाल विद्युत प्राधिकरणको शव स्टेशनको दक्षिण क्षेत्रमा राजधानीका लागि जग्गाको छनौट गर्न अध्ययन भईरहेको श्रोतले जनाएको छ ।

यस क्षेत्रका प्रभावशाली नेताहरुले अत्तरियालाई राजधानीका लागि समर्थन गरेपछि त्यहाँ जग्गाको खोजी सुरु गरिएको हो । तर प्रदेश ७ को व्यवस्थापिका संसदमा भने अहिले सम्म पनि प्रदेशको राजधानी र नामाङकनको बिषयले प्रवेश पाएको छैन ।

धनगढीमा अस्थायी राजधानी तोकिए पनि स्थायी राजधानी वनाउनका लागि जग्गा खोजेर मन्त्रालयहरु स्थापना गर्ने गरी अत्तरियामा राजधानी स्थापना गर्ने तयारी भईरहेको हो । मुख्य राजनितिक दलका ठुला नेताहरुले अत्तरियालाई नै प्रदेशको राजधानी बनाउने भित्रभित्रै सहमती गरेसंगै त्यहाँ जग्गाको खोजी सुरु भएकोसहरी विकास तथा भवन निमार्ण बिभाग डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले वताए ।

स्थायी राजधानीका लागि राजनितिक दलका नेताहरु सहित उच्च तहका कर्मचारीहरुले अत्तरियाको दुई ओटा स्थानको जग्गा स्थलगत अवलोकन गरी सकेर छनौटका लागि थप अध्ययन गरिरहेको पनि श्रोतले जनाएको छ । हुन त प्रदेश सभाको पहिलो बैठकले नै प्रदेशको नामाङकन र राजधानीको निर्णय गर्ने कुरा चर्चामा थियो । तर प्रदेश सभाको १७ औ बैठक बसिसक्दा समेत राजधानी र नामाङकनको विषयले संसदमा प्रवेश पाएको छैन ।

राजधानी र नामाङकनको बिषयमा अनौपचारीक छलफल चलिरहेको र अधिकतम सहमति प्राप्त हुने लक्षण देखिना साथ संसदमा निर्णयार्थ प्रस्तुत गर्ने सभामुख अर्जुन बहादूर थापाले जानकारी दिए ।

मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादूर थापा लगायत यस क्षेत्रका प्रभावसाली नेताहरु अत्तरियामा राजधानी बनाउने बिषयमा अधिकतम सहमति जुटाउने प्रयासमा रहेको श्रोतले जनाएको छ ।

धनगढी र अत्तरियालाई जोडेर महानगर बनाउने र अत्तरियामा मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका मन्त्रालयहरु स्थापना गर्ने बुझीएको छ । अहिले अस्थाई रुपमा धनगढीमा स्थापना भएका मन्त्रालयहरु बढिमा तिन बर्षका लागि रहने भएकाले स्थायी प्रकृतिका मन्त्रालयका संरचनाहरु निमार्ण गर्न अत्तरियामा राजधानी रहने टुङगो छिट्टै लाग्ने बताईएको छ । साभार : सुदुरखबर.कम

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै