भारतीय प्रहरीको दादागीरी, नेपाली ट्यांकर चालकलाई बेस्सरी कुटे
कैलाली । कैलालीको भारतीय सीमानाका गौरीफन्टा–पलिया सडकखन्डमा ‘साइड’ नदिएको भन्दै भारतीय प्रहरीले नेपाली ट्यांकर चालकमाथि निर्घात् कुटपिट गरेका छन् ।
कुटपिटबाट नेपाली ट्यांकर चालक राजकुमार चौधरी गम्भीर घाइते भएका छन ।
पेट्रोलियम पदार्थ लिनका लागि धनगढीबाट भारतको बन्थरा डिपो गइरहेको ना४ख ४१३६ नम्बरको नेपाली ट्यांकरले साइड नदिएको भन्दै आइतबार साँझ चालक चौधरीलाई भारतीय प्रहरीले निर्घात् कुटपिट गरेका जनाइएको छ ।
कुटपिटबाट घाइते भएका चौधरीको अहिले धनगढीस्थित सीपी अस्पतालमा उपचार भइरहेको छ
Comments
Post a Comment