काङ्ग्रेस नेता बिमलेन्द्र निधिद्बारा बिश्व रामसारमा सुचिकृत घोडाघोडी तालको अवलोकन

विशाल पाण्डेय
फागुन १४/सुखड,कैलाली ।

नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री बिमलेन्द्र निधिले कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको बिश्व रामसार सुचिमा सुचिकृत घोडाघोडी तालको अवलोकन तथा मन्दिरको दर्शन गर्नु भएको छ ।

आज दिउँसो  करिब १२ बजेतिर स-परिवार सहित घोडाघोडी ताल क्षेत्रमा पुग्नु भएको नेता निधिलाई मन्दिर तथा ताल समितिका पधाधिकारिहरु , पार्टीका नेता तथा कार्यकर्ताहरु लगाएत स्थानीयहरुले स्वागत गरेका थिए ।

काङ्ग्रेस नेता निधिले यस धार्मिक , ऐतिहासिक
तथा पर्यटकिय थलोको संरक्षण र सम्बर्द्धनमा सबै मिलि सहयोग गर्दिनु हुन आग्रह गर्नु भएको छ । नेता निधिले भ्यु टावरमा गइ घोडाघोडी तालको विभिन्न दृश्य तथा मठ मन्दिरहरुको अवलोकन गरि गुरुकुल शिक्षाको लागि ब्यक्तिगत तर्फबाट आर्थिक सहयोग गर्नुभएको थियो र अन्य समस्याहरुको पनि समाधान गर्ने बताउनु भयो ।

जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बैतडी पुग्नु भएको नेता निधि आइतबार डडेलधुरा हुँदै  धनगढी पुग्नु भएको थियो । अति ब्यस्तताका बाबजुद  पनि यस घोडाघोडी तालमा स-परिवार आउन पाउँदा खुशी ब्यक्त गर्नु भयो । नेता निधिले आजै काठमाडौं फर्कने कार्यक्रम रहेको बताउनु भयो ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै