अर्घाखाँची जाँदै गरेको बस चितनवको फिस्लिङमा दुर्घटना : ६ को मृत्यु, १० घाईते

मंसिर १३, चितवन । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् ।
लु. २ ख. २९१ नम्बरको बस पृथ्बी राजमार्ग स्थित चुम्लिङटार नजिक फिस्लिङमा दुर्घटना भई त्रिशुली नदीमा खसेको छ । विहान साढे नौ बजेको समयमा भएको दुर्घटनामा परि घाईते भएकाका उद्दार गरि नजिकको स्वास्थ्य केन्द्र लगिएको छ । बस त्रिशुली नदीमा डुबेको कारण थप उद्दारामा कठिनाई भएको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थियो भन्ने बारेमा खुल्न बाँकी छ ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आजदेखि सोह्रश्राद्ध, पक्षभरि पितृको सम्झना गरिँदै

छोराको मायाले जन्माएको हिरायान