Posts

Showing posts from November, 2017

म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छः प्रम देउवा

Image
मंसिर १४ ,काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको हात समाउँदै विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल रोएपछि सँगै रहेका सबै भावुक बने । प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भन्नुभयो,‘‘म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छ ।’’ प्रधानमन्त्री देउवा बुधबार उदयपुरमा बम विस्फोटमा परेर घाइते भई काठमाडौँ ल्याइएका बिरामीलाई भेट्न आज त्रिवि शिक्षण अस्पताल पुग्नुभएको थियो । प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेदवार नारायण कार्कीलगायत अन्य घाइतेलाई भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिनुभयो । बुधबार उदयपुरगढी गाउँपालिका–६ मा चुनाव प्रचारप्रसारका क्रममा कार्कीलाई लक्ष्य गरी भएको एम्बुस विस्फोटमा परी घाइते भएका कार्कीसहित सात जनाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी नराख्न निर्देशन दिनुभयो । विस्फोट हुँदा उम्मेदवार कार्की, काँग्रेस कार्यकर्ता कटुवाल र पत्रकार नवराज पौडेल, जीप चालक राजन कार्की, धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालीदास श्रेष्ठ पनि घाइते हुनुभएको थियो । घाइते कटुवालको एउटा खुट्टा घुँडामुनिबाट क

युुवतीको शंकास्पद मृत्युु, जलाउँदा–जलाउँदैको शव प्रहरीले उठायो

Image
रौतहट, मंसिर १४ । रौतहटको देवाही–गोनाही नगरपालिकामा एक युुवतीको शंकास्पद मृत्युु भएको छ । देवाही–गोनाही नगरपालिका– ७ गोनाहीटोलका सुुखाडी पासवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो । शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर बुधबार राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट पुुगेको टोलीले नियन्त्रणमा लिएको थियो । शरीरको आधाभन्दा बढी भाग जलिसकेको युुवतीको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलााका प्रहरी गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए । शव प्रहरीले नियन्त्रणमा लिएपछि घर–परिवारका सबै सदस्य घर छाडेर फरार छन् । युुवतीको मृत्युुको कारण हालसम्म खुुल्न नसकेको र शवको परीक्षण प्रतिवेदन आएपछिमात्र मृत्युुको कारण खुुल्ने प्रहरीले जनाएको छ । रासस

मृतक चौधरीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

Image
मंसिर १४, काठमाडौं ।  सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते भएका र उपचारका क्रममा उनको निधन भएको हो । बैठकले निर्वाचन र शान्ति सुरक्षामा असर पार्न भएका बम विस्फोटन तथा आपराधिक गतिविधिलाई निस्तेज गर्न कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरेको छ । साथै बैठकले त्यस्ता घटनामा परी घाइते भएका व्यक्तिको उपचार र सुरक्षाको समुचित व्यवस्था गर्ने निर्णय गरेको गृहसचिव सापकोटाले बताए । सरकारले निर्वाचनको सुरक्षा बिथोल्न खोज्ने समूहको तीव्रताका साथ अनुसन्धान गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने भएको छ । शान्ति सुरक्षा सरकारको प्राथमिक दायित्व भएको र त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले सबै कानुनी उपाय अवलम्बन गरिरहेको उनले बताए । प्रधानमन्त्री एवं

केन्याका डान्सबारमा नेपाली युवती : एकैदिनमा चारदेखि पाँच जनासँग जबर्जस्ती शारीरिक सम्बन्ध

Image
काठमाडौं ,१४ मंसिर। अफ्रिकी मुलुक केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ । प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरूले कात्तिक २३ मा न्युरोडबाट ललित सिंह सुवाललाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो । प्रहरी स्रोतका अनुसार युवतीको खोजीमा कात्तिक दोस्रो साता कविता नाम गरेकी भारतीय मुलकी केन्याली महिला काठमाडौं आएकी थिइन् । केन्याका डान्सबारमा युवती पठाउने एजेन्टका रूपमा सक्रिय सुवालले दुई युवती खोजिदिएका थिए । तर आफूले भनेजस्तो उचाइ, वर्ण र ढाँचा नमिलेको भन्दै कविताले ती दुई युवती लैजान अस्वीकार गरिन् । प्रहरी स्रोतका अनुसार सुवालले यसअघि नै दुई युवतीलाई केन्याका डान्सबारमा काम गर्ने गरी पठाइसकेका छन् । सुवालले नेपाली युवतीको फोटोसुट गरिएको तस्बिर ह्वाटसएपमार्फत केन्याली एजेन्टकहाँ पठाउने गर्थे । प्रहरीले केन्याका डान्सबारमा नेपाली युवती पठाउने गिरोह नै सक्रिय भएको सूचनाका आधारमा सुवाललाई पक्राउ गरेको थियो । युवतीको छनोट गर्न केन्याबाटै एक महिला आएको सूचना पाए पनि प्रहरीले तिनलाई भने पक्

शोकलाई शक्तिमा बदल्दै आफ्नो काँधमा आएको राष्ट्र निर्माणको अभियानमा दृढतापुर्वक होमिएकी छु: विना मगर

Image
यहि मंसिर ३ गते पतिशोकमा परेकी नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा बाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नम्बर १ मा पर्ने बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाका ३२ वटा वडा गरी कुल ८८ हजार मतदाता रहेको क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दहाल प्रचण्डका पुत्र स्व. साकार दहाल (प्रकाश)की पत्नी विना मगर संगको एक अन्तर्वार्ता प्रस्तुत गरेका छौं ।  २०४० सालमा पुनर्वास मै जन्मिएकी उनको राजनैतिक यात्रा ११ बर्षको उमेरमा कक्षा ५ मा पढ्दै देखि २०५१ सालमा माओवादी जनयुद्ध तयारी चरणको अभियान चालिरहँदा कञ्चनपुरमा भएको माओवादी साँस्कृतिक कार्यक्रममा जन बाल कलाकारको रुपमा कार्यक्रममा सहभागी भए देखि माओवादीसंग आवद्ध भएकी विना मगर  विद्यार्थी संघठन, अखिल क्रान्तिकारी हुँदै अखिल नेपाल महिला संघ क्रान्तिकारीको स्थापन जिल्ला अध्यक्ष सम्म भइन । २०६० सालमा २० बर्षको कलिलो उमेरमा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा २७ महिनाको बन्दी जीवनबाट बिताउनु पर्यो । अति कष्टकर यातना सहितको २७ महिनाको बन्दी जीवनमा पार्टी र परिवारले उनी ज्युँदो भएको आशा सम

बिना मगरले भावुक हुँदै भनिन्, ‘मेरो बाँकी जीवन तपाईहरूकै सेवामा समर्पित गर्छु’

Image
साझा पत्रिका संवाददाता पुनर्वास,१३ मंसिर     वाम गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार बिना मगर कञ्चनपुर फर्के लगत्तै निर्वाचन अभियानमा जुटेकी छ्नि । पति शोकमा परेकी बिना शोकलाई शक्तिमा परिणत गर्दै निर्वाचनमा जुटेकी हुन् । निर्वाचन क्षेत्र नम्बर १ का लालझाँडी, पुर्नवास, बेलौरी र बेल्डाँडीका गाउँबस्तीमा बस्ती भेटघाट, भेला, घरदैलो चुनावी अभियानमा खटिएकी छिन् । बुधबार बेल्डाँडीमा आयोजित चुनावी सभा सम्बोधन गर्दै बिना मगरले आफ्नो अन्तिम ‘आशा र भरोसा’ अब जनता भएको अपेक्षा प्रकट गरिन् । ‘मेरो बाँकी जीवन अब तपाईकै सेवामा सर्मपित गर्छु, ‘उनले भनिन्, ‘एक पटक मलाई हजुरहरुले साथ दिनुहोस् ।’विपक्षीले आफु शोकमा परेका बेला नानाथरीका अफवाह फैलाउदै बिना कमजोर भएकोप्रपोगाण्डा फैलाएको बताउँनै जनताले आफुलाई कमजोर बनाउन नदिने बताईन् । ‘म कञ्चनपुरकी छोरी हुँ, यस जिल्लाबाट कुनै पनि महिलाले चुनाव जितेको इतिहास छैन्, महिला उम्मेदवार नै उठाइदैन्, ‘उनले भनिन्, ‘म पहिले पनि तपाईकै सामु उम्मेदवार भएर आए त्यतिबेला पनि हजुरले मलाई साथ दिनुभयो, अब यसपाली बलियो तरिकाले साथ दिने मैले विश्वास गरेक

चुनावी प्रचारप्रसारका लागि पूर्वमन्त्री लेखक कञ्चनपुरमा

Image
मंसिर १३, कञ्चनपुर ।।   नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री रमेश लेखकले दोधारा चाँदनीमा दोस्रो चरणको चुनावी प्रचार कार्यक्रम शुरु गरेका छन् । भीमदत्त नगरपालिकामा पहिलो चरणको घरदैलो पूरा गरी नेता लेखक मंगलबार प्रचारमा निस्किएका हुन् । लेखकले दुई दिनसम्म दोधारा चाँदनी क्षेत्रमा प्रचार गर्ने काँग्रेसका क्षेत्रीय प्रवक्ता अफिलाल जोशीले बताए । लेखकले साविक चाँदनीमा वडा र टोलस्तरीय चुनावी सभालाई सम्बोधन गर्नुभएको छ । उहाँले लोकतन्त्रको रक्षा र विकासका लागि आफूलाई जिताउन आग्रह गरेका छन् । महाकालीमा पक्की पुल र सुख्खा बन्दरगाहलाई चुनावी एजेण्डा बनाउनु भएका लेखकले पुल निर्माण, दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताललगायतका एजेण्डा अघि सारेका छन् । प्रदेशसभा सदस्य उम्मेदवार बेलबहादुर रानासहित लेखकले मतदातासँग भोट मागेका छन् । यसअघि लेखकले महाकाली नगरपालिका सबै वडामा घरदैलो गर्नुभएको थियो । कञ्चनपुर क्षेत्र नं ३ को जितमा दोधारा चाँदनीको मत निर्णायक हुने भएकाले लेखक यहाँका मत तान्न लागि पारेका छन् । स्थानीय तह निर्वाचन परिणामअनुसार काँग्रेस चाँदनी र एमाले दोधारामा

अर्घाखाँची जाँदै गरेको बस चितनवको फिस्लिङमा दुर्घटना : ६ को मृत्यु, १० घाईते

Image
मंसिर १३, चितवन । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । लु. २ ख. २९१ नम्बरको बस पृथ्बी राजमार्ग स्थित चुम्लिङटार नजिक फिस्लिङमा दुर्घटना भई त्रिशुली नदीमा खसेको छ । विहान साढे नौ बजेको समयमा भएको दुर्घटनामा परि घाईते भएकाका उद्दार गरि नजिकको स्वास्थ्य केन्द्र लगिएको छ । बस त्रिशुली नदीमा डुबेको कारण थप उद्दारामा कठिनाई भएको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थियो भन्ने बारेमा खुल्न बाँकी छ ।

कैलालीमा बाम गठबन्धनको लाल किल्ला बन्ने पुर्ब कृषि मन्त्री चौधरीको दाबि

Image
हाम्रै साझा पत्रीका  मंसिर १३ ,सुखड , कैलाली ।। चुनाब नजिकिए सङ्गै बाम गठबन्धनले कैलाली क्षेत्र नम्बर ३ मा आफ्ना गतिबिधी बढाउन थालेको छ । अहिले निर्बाचन क्षेत्र नम्बर ३ मा बाम गठबन्धनले धमाधम सम्पर्क कार्यलय खोल्नुका साथै कार्यकर्ता प्रशिक्षणका कार्यक्रमलाई पनि तिब्रता दिएको छ । चुनाबी प्रचारकै क्रममा भेटिएका बाम गठबन्धनका तर्फबाट कैलाली क्षेत्र नंं ३ मा प्रतिनिसभाका उम्मेदवार  पुर्ब कृषि मन्त्री गौरीशंकर चौधरीले कैैैलाली लालकिल्ला बन्ने दाबी गरे । उनले भने ,"जनताले बामशक्तिलाइ दुई तिहाइ मत दिएर बिजयी बनाउने छ्न जनताको यो निर्णयले देश बिकासको पथमा अघि बढ्ने छ । यो बिकासको लडाइ हो"। कैलाली क्षेत्र नम्बर ३ मा कस्ले बाजि मार्छ भन्ने प्रश्नमा उनले भने त्यस्मा कुनै दुबिधा छैन चुनाब हामी जित्छौ बाम गठबन्धनले अत्यन्तै सम्मानित मतका साथ बिजयी प्राप्त गर्नेछ । उता बाम गठबन्धनका तर्फबाट कैलाली प्रदेस सभा ३ ख बाट उम्मेदवार बनेका एमालेका अ्मर साउद पनि आफू जित्नेमा ढुक्क रहेको बताउछ्न । आफू निर्बाचनमा प्रतिस्पर्धा गरिरहेको क्षेत्र बामपंथीहरुको गढ भएको र जितमा कुनै शंका नरहेको उनले