बिना मगरले भावुक हुँदै भनिन्, ‘मेरो बाँकी जीवन तपाईहरूकै सेवामा समर्पित गर्छु’

साझा पत्रिका संवाददाता
पुनर्वास,१३ मंसिर
    वाम गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार बिना मगर कञ्चनपुर फर्के लगत्तै निर्वाचन अभियानमा जुटेकी छ्नि । पति शोकमा परेकी बिना शोकलाई शक्तिमा परिणत गर्दै निर्वाचनमा जुटेकी हुन् । निर्वाचन क्षेत्र नम्बर १ का लालझाँडी, पुर्नवास, बेलौरी र बेल्डाँडीका गाउँबस्तीमा बस्ती भेटघाट, भेला, घरदैलो चुनावी अभियानमा खटिएकी छिन् ।

बुधबार बेल्डाँडीमा आयोजित चुनावी सभा सम्बोधन गर्दै बिना मगरले आफ्नो अन्तिम ‘आशा र भरोसा’ अब जनता भएको अपेक्षा प्रकट गरिन् । ‘मेरो बाँकी जीवन अब तपाईकै सेवामा सर्मपित गर्छु, ‘उनले भनिन्, ‘एक पटक मलाई हजुरहरुले साथ दिनुहोस् ।’विपक्षीले आफु शोकमा परेका बेला नानाथरीका अफवाह फैलाउदै बिना कमजोर भएकोप्रपोगाण्डा फैलाएको बताउँनै जनताले आफुलाई कमजोर बनाउन नदिने बताईन् ।

‘म कञ्चनपुरकी छोरी हुँ, यस जिल्लाबाट कुनै पनि महिलाले चुनाव जितेको इतिहास छैन्, महिला उम्मेदवार नै उठाइदैन्, ‘उनले भनिन्, ‘म पहिले पनि तपाईकै सामु उम्मेदवार भएर आए त्यतिबेला पनि हजुरले मलाई साथ दिनुभयो, अब यसपाली बलियो तरिकाले साथ दिने मैले विश्वास गरेकी छु ।’आफुसँग अब केही विकल्प नभएको बताउँदै बिनाले जनता बाहेक मेरो कुनै विकल्प नभएको स्पष्ट पारिन् । कञ्चनपुरको दक्षिणी क्षेत्रको विकास, सम्बद्धि र रोजगारीका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको औल्याइन् ।

वाम गठबन्धनका उम्मेदवारले यस क्षेत्रको बेरोजगारी र गरिबी अन्त्यका लागि औद्योगिक क्षेत्र बिस्तार गर्ने योजना अघि सारेको समेत बताए ।बषौंदेखि आरक्ष पीडित, किसानले लालपुर्जानपाएको समस्या, यस क्षेत्रका सडकलाई हिलो र धुलोमुक्त गर्ने आफ्नो योजना रहेको समेत बिनाले बताईन् । ‘यस क्षेत्रका ठूला सडक ५ वर्षभित्रै हिलो र धुलोमुक्त गर्छु,‘उनले भनिन्, ‘ठूलो सडक कालोपत्रे साना सडकको स्तरोन्नती गर्छु ।’ यस क्षेत्रमा अभावै अभाव रहेको बताउँनै यस पटक जनताले आफुलाई जिताएपछि दक्षिणी क्षेत्रको दीगो विकास गर्ने घोषणा समेत गरिन् ।जितेर गएमात्रै यहाँको विकासका लागि सिहदरबारसँग लड्न सकिने उनले बताइन् । दक्षिणी क्षेत्रका महिलाको क्षमता अभिबृद्धि गरी आत्मनिर्भर बनाउने हरेक कार्यक्रमसमेत ल्याउने उनले बाचा गरिन् ।

सीमा क्षेत्रको सुरक्षाका लागि समेत पहल गरेर आफ्नो मातृभूमि रक्षा गर्नुपर्ने उनले अर्को योजना अघि सारिन् ।कृषिमा आधुनिकीकरण ल्याई यहाँका किसानले उत्पादन गरेका बस्तुलाई बजारीकण गरे मात्रै दक्षिणी क्षेत्रको अर्थतन्त्र बलियो हुने उनको भनाई थियो । बिनाले दक्षिणी क्षेत्रको स्वास्थ्य, शैक्षिक, आर्थिक, सीमाका समस्या, लगायतका विषय ५ वर्ष भित्रै हल गर्ने प्रण गरेकी छिन् ।बिना शोकमा परेका कारण एकै कार्यक्रममा धेरै बोल्न सकेकी छैनन् ।

उनले दक्षिणी क्षेत्रका मतदातासँग हात जोड्दै आफ्ना आशाका केन्द्र तपाई नै हो बिनालाई साथ दिनुहोस, भन्दै भोट मागिरहेकी छिन् । बिनापति शोकमा परेपछि दक्षिणी क्षेत्रका महिलाले साथ दिने यस अघि नै घोषणा गरेका थिए ।अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ क्रान्तिकारीको पुर्नवासमा गत साता सम्पन्न भएको भेलाले कञ्चनपुरकी छोरी बिनालाई जिताएर सम्पूर्ण महिलाको अधिकार र जिल्लाबाट महिलालाई जिताएर कञ्चनपुरको इतिहास राख्न समेत उद्घोष गरेका थिए ।बिना जिताउँने अभियानमा दुवै संगठनका महिला निर्वाचन क्षेत्रभरी अभियान चलाएका छन् । छोरीको सम्मान मुख र कागजका पानामा भनेर–लेखेर हुँदैन्, व्यवहारिक रुपमै महिलालाई नेतृत्वमा पु¥याउन बिनालाई संसदमा पु¥याउनु पर्ने उनीहरुकोनिष्कर्ष थियो ।निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिका संयोजक एव माओवादी केन्द्र कञ्चनपुरका संयोजक वीर बहादुर थापा (पातल) ले वामको पक्षमा जनलहर बढ्दै गएकाले वाम गठबन्धन झन झन बलियो बन्दै गएको बताए ।वाम गठबन्धनका उम्मेदवार जिताउँन कांग्रेस, राप्रपा जनमोर्चालगायतका पार्टीबाट नेता कार्यकर्ता दैनिक सयौंले वाम गठबन्धनमा प्रवेश गरेको बताए ।

उनका अनुसार, हरेक कोण सभा र कार्यक्रममा विभिन्न पार्टी परित्याग र स्वतन्त्र युवाहरु वाममा प्रवेस गर्नेहरुको ओईरो लागेको बताए ।दोस्रो संविधान सभा निर्वाचनमा पराजित भएकी बिनाले चुनाव हार्दा पनि कञ्चनपुर दक्षिणी क्षेत्रको विकासमा भूमिका निर्वाह गरेको भन्दै जनताले बिना र वाम गठबन्धनका उम्मेदवारलाई राम्रो साथ दिएको थापाको भनाई छ । बिना सहभागी हुने हरेक कार्यक्रममा दक्षिणी क्षेत्रका महिलाले राम्रो साथ दिएका छन् ।

नयाँ पत्रिकाबाट साभार

Comments