Posts

हाम्रै साझा पत्रिका

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

Image
काठमाडौं/५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन् । विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए । मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोही बैठकले महासंघले उठाएका मागहरुको यथ...

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

Image
कञ्चनपुर , ३ फागुन ।  पुनर्वास नगरपालिकाका मेयर  तोय प्रसाद शर्मालाई अभद्र व्यवहार गर्ने व्यक्ति माथी कानूनी कार्वाही गरीने नगरपालिकाले विज्ञप्ति मार्फत  जनाएको  छ ।  विज्ञप्तिमा  शुक्रबार राती करिब ८ बजेको समयमा घर जादै गरेको अवस्थामा पुनर्वास नगरपालिका-९,ख-गाउँमा स्थानीय हरि बहादुर बोहराले नगर प्रमुख शर्मा सवार गाडी रोकेर अभद्र व्यवहार गरेको जनाएको छ । सोही विषयमा शनिबार कार्यपालिकाको आकस्मिक बैठक बसी नगरपालिकाले विज्ञप्ति जारी गरेको हो । नगर प्रवक्ता तुलसी अर्यालद्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेखित विवरण जस्ताको त्यस्तै तल उल्लेख गरिएको छ । "मिति २०८१ फागुन २ गतेका दिन अन्दाजी ८:०० को समयमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यू नगरपालिकावाट घर फर्कने क्रममा पुनर्वास नगरपालिका वडा नं. ९ वस्ने हरि वहादुर वोहराले नगर प्रमुख सवार गाडी रोकि गरेको अभद्र व्यवहार प्रति यस नगरपालिका घोर भर्त्सना गर्दछ । निजले नगर प्रमुख सवार गाडीलाई रोकि नगर प्रमुख तथा चालक प्रति गरेको अभद्र व्यवहारले कानूनी राज्यको खिल्ली उडाएको प्रतित भएको छ । निज...

जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण

Image
धनगढी २१ माघ । जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यलाई आत्मसात गर्दै धनगढीका नरेश कुँवरले आफ्नो जन्मदिनको अवसरमा नगद तथा खाद्यान्न बितरण गरेका छन् । लाइन्स क्लब धनगढी, नैनादेवीका सदस्य, समाजसेवी तथा व्यापारी कुँवरको ३९ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम र दृष्टि फाउण्डेशन नेपाललाई नगद तथा खाद्यान्न बितरण गरेका हुन् ।  लाइन्स क्लब धनगढी, नैनादेवीको आयोजना तथा लायन नरेश कुँवरको प्रायोजनामा मानवसेवा आश्रम र दृष्टि फाउण्डेशन नेपाललाई नगद ७६ हजार तथा १ लाख ३५ हजार बराबरको खाद्यान्न बितरण गरिएको क्लबका अध्यक्ष अमीत भुजनियाले बताए ।  माघ २३ देखि ३० गतेसम्म भवन निर्माण सहयोगार्थ सञ्चालन हुने महायज्ञमा जन्मदिनको अवसर पारेर लायन्सको तर्फबाट नगद ५१ हजारसमेत सहयोग गरिएको भुजनियाले जिकिर गरे । सामाजिक कार्य गर्दा आफुलाई खुशी लाग्ने बताउदै समाजसेवी कुँवरले घरपरिवार र साथीहरु माझ सीमित रहेर जन्मोत्सव मनाउनु भन्दा सानै र थोरै भएपनि अरुलाई सहयोग गरेर आफ्नो जन्मोत्सव मनाउन पाउँदा निकै खुशी लागेको बताए । उनले भने ‘खान पुगोस्, दिन पुग...

पुनर्वास ६५ बिगाह मा आयल निगम डिपो नै किन?

Image
  हामिले १ दशक देखि सुन्दै आएको कंचनपुर पुनर्वास मा ५   ६५ बिगाह मा कृषि क्याम्पस बन्ने हो भनेर तर कृषि क्याम्पस बनाउन भनि लागाइएको महायज्ञ बाट उठेको करोडौं रकम कहा छ? त्यो समिति मा आवद्ध व्यक्ति हरुले यसको जबाफ दिएको खै। केहि वर्ष अगाडि चिनिमिल आउनु हुदैन भन्दै चिनिमिल पुनर्वास मै ल्याइयो । त्यस बाट उत्पन्न हुने रसायन युक्त पेय पदार्थ बाट किसान का बालिननि नस्ट र स्वास्थ मा देखा परेको असर सहित वातावरणीय असर हाम्रो अगाडि यथावत नै छ। पछिल्लो सम्म सम्पूर्ण निकाय मिलेर डिपो ल्याउन खोजिएको देखिन्छ। स्थानीय तनावग्रस्त छन। काहीं कति त्यहि करोडौं रकम को चलखेल दवाउन डिपो ल्याउन लागिएको त होईन ? कहिले कति सम्पूर्ण निकाय का जनप्रतिनिधि ले आफ्नो केहि सिमित फाइदा को लागि डिपो ल्याउन लागेको त होइनन्? यि सम्पूर्ण को जबाफ कसले दिने । आखिर डम्पिङ्ग साइड मात्र पुनर्वास मा निर्माण गरेर बिकास भएको देखाउन खोजिएको होईन ।  अन्यथा डिपो निर्माण गर्न अनुमति दिने निकाय किन नगरको स्वास्थय र वातावरण  माथि खिलवाड गर्दै छ? यसका असर हरु निम्न बुदा म  समेटेको छु। वातावरण ,पशु र...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Image
काठमाडौँ /साउन ३१ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ । निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ रहेकामा रु एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ६९ रहेकामा रु एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ७० रहेकामा रु एक सय ६५ कायम गरिएको छ ।    साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु एक सय ५५ रहेकामा रु एक सय ५२ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि रु एक सय ५७ रहेकामा रु एक सय ५४ र तेस्रो वर्गका लागि रु एक सय ५८ रहेकामा रु एक सय ५५ कायम गरिएको निगमले जनाएको छ ।   पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा

Image
काठमाडौं /१८ साउन । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।  बाेर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक  गरेकाे बाेर्डले जनाएकाे छ । गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए । कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।  बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट  www.neb.gov.np  र नेपाल टेलिकमको वेबसाइट  https://www.neb.ntc.net.np/  मा गएर पनि हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

सौर्य विमान दुर्घटना: १३ जनाको शव निकालियो

Image
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ । आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।