पुनर्वास ६५ बिगाह मा आयल निगम डिपो नै किन?


 हामिले १ दशक देखि सुन्दै आएको कंचनपुर पुनर्वास मा ५   ६५ बिगाह मा कृषि क्याम्पस बन्ने हो भनेर तर कृषि क्याम्पस बनाउन भनि लागाइएको महायज्ञ बाट उठेको करोडौं रकम कहा छ?
त्यो समिति मा आवद्ध व्यक्ति हरुले यसको जबाफ दिएको खै।
केहि वर्ष अगाडि चिनिमिल आउनु हुदैन भन्दै चिनिमिल पुनर्वास मै ल्याइयो । त्यस बाट उत्पन्न हुने रसायन युक्त पेय पदार्थ बाट किसान का बालिननि नस्ट र स्वास्थ मा देखा परेको असर सहित वातावरणीय असर हाम्रो अगाडि यथावत नै छ।
पछिल्लो सम्म सम्पूर्ण निकाय मिलेर डिपो ल्याउन खोजिएको देखिन्छ।
स्थानीय तनावग्रस्त छन। काहीं कति त्यहि करोडौं रकम को चलखेल दवाउन डिपो ल्याउन लागिएको त होईन ? कहिले कति सम्पूर्ण निकाय का जनप्रतिनिधि ले आफ्नो केहि सिमित फाइदा को लागि डिपो ल्याउन लागेको त होइनन्?
यि सम्पूर्ण को जबाफ कसले दिने ।
आखिर डम्पिङ्ग साइड मात्र पुनर्वास मा निर्माण गरेर बिकास भएको देखाउन खोजिएको होईन ।
 अन्यथा डिपो निर्माण गर्न अनुमति दिने निकाय किन नगरको स्वास्थय र वातावरण  माथि खिलवाड गर्दै छ?
यसका असर हरु निम्न बुदा म  समेटेको छु।

वातावरण ,पशु र जनस्वास्थ्य मा धेरै समस्या हुने हुनाले  कृषि र आवासीय क्षेत्रहरू नजिक इन्धन भण्डारण गर्न दिनु हुदैन भन्ने चेतना धनगढी उप- महानगरपलिका र त्यहाँका वासिन्दा लाई राम्ररी थाहा छ र त्यो सम्स्या बाट गुज्रिरहेका छन् । सरकारी जमिनको  कमिले धनगढि बाट  करिब २० कि.मि  पछाडि आउछ कोहि ? त्यो पनि सुदुरपश्चिम को हुनेवाला राजधानी छोडेर !! 

 कृषिमा हुने  प्रभाव: 
    - माटो प्रदुषण: इन्धन भण्डारणबाट निस्कने वा चुहावटले माटोलाई दूषित गर्छ, बालीको वृद्धिलाई असर गर्छ र कृषि उत्पादकतालाई हानि पुर्‍याउँछ।
    - जल प्रदूषण: ईन्धन चुहावटले भूमिगत पानीमा पनि रसाउनेहुनाले पानी प्रदुषण हुन्छ जसले बाली र मानिसहरू दुवैको लागि सिँचाइ र पिउने पानीका स्रोतहरूमा असर गर्छ। 

  स्वास्थ्य चिन्ताहरू:
    - हावाको गुणस्तर: पेट्रोल वा डिजेलको भण्डारणले हावामा हानिकारक उत्सर्जनहरू छोड्ने हुनाले नजिकै बस्ने मानिसहरूको श्वासप्रश्वास र साधन हरुको आवत जावत ले दुर्घटना हुनसक्ने सम्भावना यस्तै स्वास्थ्यलाई धेरै असर गर्छ।
    - विषाक्त एक्सपोजर: इन्धनको धुवाँ वा दूषित माटो वा पानीसँग प्रत्यक्ष सम्पर्कले व्यक्तिहरूलाई स्वास्थ्य जोखिम निम्त्याउन सक्छ, जसले सम्भावित दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।

   नोट- कृषि क्षेत्र वा नजिकैको आवासीय डिपो ले गर्दा कृषि र जनताको स्वास्थ्य दुवै लाई  हानि हुन्छ । 
हाम्रो पुनर्वास मा डिपो निर्माण गर्नु कदापि उचित छैन। यसको हामि सम्पूर्ण नगरबासिले घोर विरोध गर्नुपर्छ।

Comments

Popular posts from this blog

पुनर्वास मेयर माथि अभद्र व्यवहार गर्ने दोषीलाई कानूनी कार्वाही गरिने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस नतिजा