Posts

सुस्त मनस्थिति भएकी एक ४७ वर्षीय महिलामाथि बलात्कार,बलात्कारपछि हत्याको प्रयास

Image
पुस ११,रामेछाप ।।  रामेछापमा सुस्त मनस्थिति भएकी एक महिलामाथि बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन  । रामेछाप  जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८  कि ४७ वर्षीय सुस्त  मनस्थिति भएकी ठाँइली श्रेष्ठमाथि बलात्कार गरेकोे आरोपमा रामेछाप नगरपालिका वडा नम्बर ८ कै २२ वर्षीय मनोज तामाङ पक्राउ  परेका छन  । राम्रोसँग बोल्न नसक्ने र मानसिक सन्तुलन पनि ठिक नभएकी एकल  महिलामाथि  शनिबार राति करिब १० बजेतिर बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कृत महिलाको शरीरभरी चोटपटक र निलडाम भएकाले बलात्कारसँगै हत्याको प्रयास पनि भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीका अनुसार बलात्कार अभियोगमा पक्राउ परेका तामाङ लागु पदार्थ सेवन गर्ने र धेरै चोटि चौकीमा  रिपोट परिसकेको आरोपमा यस अघि  पनि बारम्बार पक्राउ परेका थिए  । पक्राउ परेका तामाङलाई देख्ने वित्तिकै पिडित महिला डराउने र रुने गरेपछि  स्थानियले सोधपुछ गरि प्रहरीलाई खबर गरेपछि यो घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यलय रामेछापका इन्सपेक्टर राजकुमार थापा...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक जना गम्भीर घाइते

Image
पुस १०,बुटवल- रुपन्देहीको सिद्धार्थ नगरपालिका २ मेउडिहवा चोकमा लु २६ प ५०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति पौने १ बजेको घटनामा एक जना गम्भीर घाइते भएको छन्। मृत्यु हुनेमा चालक रुपन्देही देवदह नगरपालिका ६ खैरेनी बस्ने २२ वर्षीय अमृत पौडेल रहेका छन्। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलपछाडि सवार कास्कीको पोखरा लेखनाथ महानगरपालिका १७ का २२ वर्षीय मनोज पौडेल गम्भीर घाइते भएका हुन्। उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ।

सेवासुविधा वापत कति पाए म्यादी प्रहरीले  ?

Image
काठमाडौं, १० पुस । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइका क्रममा दोलखा र कालिकोटमा झडप भयो । दुवै घटनामा म्यादी प्रहरीको असन्तुष्टि थियो– दिने भनिएको सेवासुविधा प्रहरीले कटौती गरेर दियो । दोस्रो दिन पनि जारी कफ्र्युले सुनसान कालिकोट सदरमुकाम मान्म बजार । प्रहरीको गोलीले म्यादीको मृत्यु भएपछि शुक्रबारदेखि सदरमुकाम तनावग्रस्त छ । यही विवादमा ३ पुसमा दोलखामा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा ७ जना घाइते भए । त्यस्तै, ७ पुसमा कालिकोटमा यस्तै प्रकृतिको झडप हुँदा प्रहरीको गोली लागी म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भयो । ८ पुसमा गृह मन्त्रालयले कालिकोटमा मृत्यु भएका म्यादी प्रहरीको घटनामा छानबिन गर्न मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको समितिले आइतबार काम थालेको छ । नेपाल प्रहरीका डीआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डीआईजी प्रवीण श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ रहेको समिति आइतबारै सुर्खेत पुगेको छ । टोली सोमबार कालिकोट पुग्...

भोलि सार्वजनिक बिदा

Image
पुस ९,काठमाडौँ ।  सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले इसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमसको अवसरमा विदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले मंसिर १४ गते नै विज्ञप्ति जारी गरी क्रिसमसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो। यसअघि राजपत्रमा प्रकाशित सूचनामा सरकारले क्रिसमसको दिन इसाइ धर्मावलम्बी कर्मचारीहरुलाई मात्र विदा दिने गरेको थियो।

नायिका रेखा थापा बालविवाह रोक्ने अभियानमा लाग्ने

Image
पौष ९,नेपालगन्ज ।  नायिका रेखा थापा बालविवाह रोक्ने अभियानमा लाग्ने बताएकी छन् । आफूले पनि बालविवाहकै कारण विभिन्न पीडा सामना गर्नु परेको भन्दै आगामी दिनमा बालविवाह हुन नदिने संकल्प गरेका हुन् । आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ । बाँकेमा एक कार्यक्रमा ‘छोरीको निम्ति स्वर्णिम महाअभियान’ भन्ने नारासहित गत वर्षदेखि सुर्खेतबाट सुरु गरेको बताइन् । शुक्रबार भएको सोही कार्यक्रममा नायिका थापाले बालविवाह हुन नदिने संकल्प गरिन् ।

कैलालीको बर्दगोरियामा ट्रक पल्टिँदा चालकको मृत्यु, एक घाइते

Image
पुस ८,कैलाली ।।   कैलालीको बर्दगोरिया गाँउपालिकामा शनिबार बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा ट्रक चालक दाङ निवासी ४० वर्षिय हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको हो। सिमेण्ट बोकेर दाङबाट धनगढी गइरहेकोे ना ६ ख १९९० नम्बरकोे ट्रक बिहान करिब सवा ४ बजे तिर बर्दगोरिया– ४ निमुवाबोझी चोकनजिकै पल्टिएको प्रहरीले जनाएको छ। घाइते अनिल चौधरीलाई बर्दगोरिया अस्पतालमा सामान्य उपचार पछि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालयका बौनियाका प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले जानकारी दिए। चौधरीकोे खुट्टा भाँचिएको छ। सडक किनारामा रहेको पोलमा ठोक्किएर ट्रक पल्टिएको प्रहीले जनाएको छ। अध्यारो र बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कोइराला परिवारको कमब्याकः कति सम्भव ?यस्तो छ वंश परम्परा धान्ने कोइराला परिवारको नालीबेली

Image
काठमाडौं । सात दशकभन्दा लामो राजनीतिक इतिहास रहेको नेपाली कांग्रेसमा नेतृत्वको संकट चुलिएको छ । पार्टीभित्र एकातिर सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने आव...

नेपालमा ११ सय विदेशी कैदीबन्दी मध्ये ९० प्रतिशत भारतीय

Image
पुस ७,काठमाडौं ।  हाल नेपालमा मुलुकभरका ७४ कारागारमा ३५ देशका ११ सय विदेशी कैदीबन्दी छन् । त्यसमध्ये ९० प्रतिशत भारतीय कैदीबन्दी छन् । उनीहरूमध्ये अधिकांश लागुऔषध मुद्दा र विदेशी मुद्रा अपचलनमा सजाय भोगेकाहरू छन् ।त्यसपछि बंगलादेश र पाकिस्तानका कैदीबन्दी धेरै छन् ।

रुपन्देहीमा पेट्रोल पम्प सञ्चालकको हत्या

Image
पौष ७,रुपन्देही:   रुपन्देहीको मायादेवी गाउँपालिका १ मा धारिलो हतियार प्रयोग गरी पेट्रोल पम्प सञ्चालकको हत्या भएको छ। राति पम्पमा बसिरहेको अवस्थामा मायादेवी गाउँपालिका वडा नम्बर १ औरोलीका ३५ वर्षीय अब्दुल अयुव खानको हत्या भएको इलाका प्रहरी कार्यालय लुम्विनीका इन्सपेक्टर पुरुषोत्तम राउतले बताए। खानको राति नै हत्या भएको भए पनि बिहान स्थानीयले देखेपछि  प्रहरीलाई खबर गरेका थिए। उनले हसन आयल फिडिङ पेट्रोल पम्प सञ्चालन गर्दे आएका थिए। टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको भनाई छ। घटना कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय भैरहवासहितको टोली घटनास्थलमा पुगेको थियो। शवलाई जिल्ला अस्पताल भैरहवामा राखिएको छ। 

पत्रकार प्रकाश मिश्र माथी आक्रमण गर्ने अस्पतालले माग्यो माफी

Image
साझा पत्रीका  पौष ७ ,सुखड ।। पत्रकार प्रकास मिश्रमाथि दुव्यवहार गरेको भिजन अस्पताल प्रसासनले माफि मागेको छ । बिहिवार एक प्रेस बिज्ञत्ति निकाल्दै प्रसासनले माफी मागेको हो ।  पौष ४ गते राति छोरोको उपचारको लागी अस्पताल पुगेका  नेपाल पत्रकार महासघका पार्सद प्रकाश मिश्र माथी भिजन अस्पताल अध्यक्ष बक्त बहादुर शाही र अस्पताल कै जगं शाहीले हात पात तथा दुव्र्यहार गरेका थिए । घटना प्रति दुख व्यक्त गदै अस्पताल प्रसासनले माफी माग्नुका साथै आगामी दिनमा यस्ता घटना नघटाउने समेत बिज्ञत्तिमा उल्लेख गरीएको छ । अस्पतालका संचालक गजेन्द्र अर्यालले जारी गरेको प्रेश बिज्ञाप्तिमा अस्पतालम यस्तो घटना घट्नु दुखद भएको भन्दै अब आइन्दा यस्ता घटना नघट्ने प्रतिबद्धता गरिएको छ। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बमको पहलमा बिहिबार इलाका प्रहरी कार्यलयमा भएको सर्बपक्षिय छलफलमा पत्रकार माथी आक्रमण गर्नु गलत भएकोले यस्ता कार्यमा संलग्न जो कोहिलाइ पनि कानुनी कारबाही हुनुपर्ने केन्द्रिय सदस्य मीन बमले बताए  । तर कसैलाइ थुनामा राख्नु मात्रपनी सबैथोक नभएको बिचार गर्दै पत्रकारहरुले यसपट...

एसइई परीक्षा आगामी चैत ८ गतेदेखि

Image
पुस ५,भक्तपुर ।।  परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा सञ्चालन हुनेछ । यस्तै चैत ९ गते शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । चैत १० गते शनिबार र ११ गते आइतबार भने चैते दशैं परेकाले परीक्षा सञ्चालन नहुने र बिदा दिइएको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । त्यसैगरी अन्तिम दिन चैत २० गते प्राविधिकतर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, इण्ड्रष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेन्टेड प्रोग्रामिङ, इष्टिमेटिङ कस्टिङ एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । गतवर्ष भने चैत ३ गतेबाट एस...