मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक जना गम्भीर घाइते

पुस १०,बुटवल- रुपन्देहीको सिद्धार्थ नगरपालिका २ मेउडिहवा चोकमा लु २६ प ५०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति पौने १ बजेको घटनामा एक जना गम्भीर घाइते भएको छन्।

मृत्यु हुनेमा चालक रुपन्देही देवदह नगरपालिका ६ खैरेनी बस्ने २२ वर्षीय अमृत पौडेल रहेका छन्। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलपछाडि सवार कास्कीको पोखरा लेखनाथ महानगरपालिका १७ का २२ वर्षीय मनोज पौडेल गम्भीर घाइते भएका हुन्। उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने