Posts

Showing posts from July, 2024

सौर्य विमान दुर्घटना: १३ जनाको शव निकालियो

Image
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ । आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।

प्रधानमन्त्री नियुक्ति र शपथ विरुद्ध सर्वोच्चमा रिट दायर

Image
काठमाडौँ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।  रिट निवेदकले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् ।  राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए ।  राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।   

ओली नेतृत्व सरकारमा दुई जना उपप्रधानमन्त्री, विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का

Image
काठमाडौँ ,असार ३०  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम लगभग टुंगो लागेको छ । संसदमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम लगभग टुङ्ग्याएका हुन् । शिर्षतहमा भएको सहमति अनुसार नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री हुनेछन् । काँग्रेसबाट एक र एमालेबाट एक जना उपप्रधानमन्त्री रहने सहमति भएको छ । जसअनुसार एमालेबाट उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधानमन्त्री बन्ने पक्का जस्तै छ । काँग्रेसबाट कसलाई उपप्रधानमन्त्री बनाउने भन्ने विषयमा टुंगो लागि नसकेको नेताहरूले बताएका छन् । ‘सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा दुवै दलबाट लगभग टुंगो लागेको छ, ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री बन्ने सम्भावना छ,’ एक एमाले नेताले भने, ‘एमालेबाट विष्णु पौडेल अर्थसहित उपप्रधानमन्त्री बन्नुहुन्छ । काँग्रेसबाट टुङ्गिन बाँकी छ ।’ एमालेबाट पौडेलसहित उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, विद्या भट्टराई, दीपा शर्मा,तारा लामा तामाङ, जुली महतो लगायत मन्त्री बन्ने चर्चा छ । यद्

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने

Image
काठमाडौं / २८ असार  सरकारले वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नचाहिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने व्यवस्था लागू नगर्न गृह मन्त्रालयलाई सहजीकरण गर्न निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताइन्।

आज राति देशभर भीषण वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

Image
अहिले (शनिबार साँझ) कोसी, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार राति पनि कोसी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।  यस क्रममा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान, कोसी,  बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार साँझ ६ बजे जनाएको छ।  हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ। महाशाखाका अनुसार विगत २४ घण्टामा विशेष गरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। त्यस्तै  गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत आसपास तथा लुम्बि

एमालेले आजै समर्थन फिर्ता लिने तयारी

Image
काठमाडौ ,१९ असार ।  नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ । ‘संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो । किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन’ एमाले प्रमुख सचेतक महेश बर्तौला भन्छन्, ‘तर प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौं । हाम्रा मन्त्रीहरु फर्कनु हुन्छ ।’ दिउँसो ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय हुने उनले बताए । गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । सहमति अनुसार, पहिलोपटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन् ।