Posts

Showing posts from May, 2024

अर्थमन्त्री पुनद्वारा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत

Image
काठमाडौँ /१५ जेठ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। मंगलवार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्। उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१‍.३१ प्रतिशत, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड अर्थात् कूल विनियोजनको १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड अर्थात् १९ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ। यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो। यो संशोधित बजेटभन्दा २१.५६ प्रतिशत धेरै हो। यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो।   

पुनर्वासमा विस्फोट, बाल्टिन बम भएको आशंका

Image
कञ्चनपुर , ०३ जेठ ।  पुनर्वास १ ढक्कामा आज दिउँसो विस्फोट भएको वस्तु बाल्टिन बम भएको आशंका गरिएको छ । धनगढी-बेलौरी  हुलाकी सडकको ढक्का चौराह नजिकै  विस्फोटक पदार्थ पडकिएको थियोे । सो विस्फोटका कारण  कालोपत्रे सडकमा  झण्डै दुई मिटर जति गोलाईको खाल्डो बन्न पुगेको छ ।  अज्ञात वस्तु पड्किएर पक्की सडकमा ठूलो खाल्डो परेको र धुवाँको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर खोज अनुसन्धान गरेको थियो । बिहीबार साँझसम्म गरिएको खोज अनुसन्धानका क्रममा पुरानो बाल्टिनको तल्लो भाग र बेरिएको पोलिथिनको टुक्रा फेला परेको नेपाली सेनाले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ बाल्टिन बम जस्तो देखिएको बताउँदै फेला परेका वस्तुलाई थप अनुसन्धानका लागि प्रयोगशालामा पठाइने नेपाली सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ । 

बेलौरीका पूर्व शिक्षक चन्दको हत्या गर्ने भण्डारी पक्राउ

Image
कञ्चनपुर /३ जेठ ।  बेलौरीमा एक शिक्षकलाई ढुङ्गाले हानेर हत्या गर्ने युवक पक्राउ परेका छन् । बुधबार साँझ बेलौरी नगरपालिका–६ विद्यानगर बस्ने सेवा निवृत्त शिक्षक लक्षी चन्दलाई ढुङ्गाले हानि हत्या गर्ने सोहि ठाउँका ३५ बर्षिया महेश भण्डारी पक्राउ परेका हुन । बेलौरी ईलाका प्रहरी कार्यालय बेलौरीका ईन्चार्ज प्रहरी निरिक्षक गौरी प्रसाद जैशीका अनुसार प्रहरीको टोली र कैलालीबाट आएको कुकुरले पनि समात्नमा सहयोग गरेको बताए ।  बिहिवार बिहान आफनो टोली करिब ४ बजेको समयमा फरार रहेका युवकलाई खोजिगर्दा बेलौरी–६ दुम्लीमा खोजतलासीको क्रममा ती युवक भण्डारी ट्याक्टरको पछाडीको ट्रलीमा भुसा भित्र सुतेको अवस्थामा पक्राउ गरिएकोे बेलौरी ईलाका प्रहरी कार्यालय बेलौरीमा ईन्चार्ज प्रहरी निरिक्षक जैशीले बताए । भण्डारीले मादकपदार्थ पनि सेवन गरेको पाइएको उनले बताए । शिक्षक चन्दलाई घर नजिकै बुधबार (हिजो) राती करिब ८ बजेको समयमा आपसी विवादपछि भण्डारीले मुख,टाउकोमा निर्घात रूपमा ढुगाँले हानेर हत्या गरिएको आरोपमा बेलौरी प्रहरीले पक्राउ गरेको हो । घाईते अवस्थामा रहेका शिक्षक चन्दलाई बेलौरी प्रााथमिक स्वास्थ्य चौकीम

पेट्रोलियम पदार्थको भाउ घट्यो

Image
काठमाडौ / जेठ २ सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।  बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।  निगमले पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टीतेल पाँच रूपैयाँ घटाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ७५ पैसा र डिजेलमा ५ रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत छ।

पुनर्वासमा अटोरिक्सा र मोटरसाइकल आपसमा ठोक्किँदा महिलाको मृत्यु

Image
  कञ्चनपुर /२७ बैशाख । पुनर्वासमा गत मंगलबार अटो रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुनर्वास नगरपालिका-२ माईलीबजारकी नयाँ कुमारी तामाङ रहेको प्रहरीले जनाएको छ  ।     पुनर्वास नगरपालिका-२ मोती बस्ती स्थित ललित चन्दको घर नजिकै सुदूरपश्चिम प्रदेश ०१-००१ ह ४९१३ नम्बरको अटो रिक्सा र से ४ प २९६७ नम्बरको मोटरसाइकल  ठोकिँदा गम्भिर घाइते भएकी मोटरसाइकलमा सवार तामाङको धनगढीस्थित माया मेट्रो अस्पतालमा हिजो बुधबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।    मोटरसाइकका चालक आइतेबहादुर तामाङ घाइते छन् । उनको उपचार जारी रहेको प्रहरीले बताएको छ । अटो रिक्साका चालक जयराम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।

छोराको मायाले जन्माएको हिरायान

Image
धनगढी , २१ बैशाख । कैलाली टिकापुरका हिरालाल चौधरी एघार वर्ष  वैदेशिक रोजगारीको  सिलसिलामा दक्षिण कोरिया बसे । कोरिया बसाईको क्रममा आफ्नो छोरालाई निकै सम्झिरहन्थे । विदेश बस्दा आफ्नो छोराछोरीको याद आउनु स्वभाविकै थियोे । अझै कोरियाका सानासाना बालबालिका विद्यालय गएको दृश्यले नेपालमा रहेको छोराको याद झन बढाईदिथ्यो । तर बिस्तारै उनको ध्यान कोरियाली बालबालिकाको सिकाई पद्धतितर्फ जान थाल्यो ।  कोरियाको सिकाई पद्धति देखेर उनी निकै प्रभावित भए ।  त्यहाँका ससाना बालबालिका काठ र प्लास्टिकका विभिन्न प्रकारका खेलौना खेलेर अक्षर चिन्ने, गणित सिक्ने लगायत जीवनोपयोगी सीप सिकिरहेको उनले पाए । यो पद्धतिबाट लोभिएर उनले आफ्ना छोराछोरीलाई विभिन्न प्रकारका खेलौना नेपालमा पठाउँथे । उनले पठाएका कतिपय सामान नेपालमा आईपुग्थे भने कतिपय सामान विविध कारणले फिर्ता जान्थे । त्यो खेलौनाबाट उनका छोराछोरीको सिकाईमा निकै सुधार आयो । मोबाइलको कुलतबाट छुटाउन उनी सफल भए । आफ्नो छोराछोरीमा आएको सकारात्मक परिवर्तनले उत्साहित बनेका हिरालालले कमजोर आर्थिक अवस्था हुने  नेपाली बालबालिकाले  पनी यस्ता खेलौ

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै

Image
कञ्चनपुर /२१ बैशाख । पुनर्वासका कुल ब्वाय फिल्म खेल्ने भएका छ्न । टिकटक र सामाजिक सञ्जालबाट नाम र दाम कमाउन सफल  कुल ब्वायले ‘होस्टेल ३’ बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएका हुन् । निर्माताले शुक्रबार सामाजिक सञ्जालका यी सेलिब्रेटीलाई लिएर फिल्म बनाउने जनाएका छन् ।   यसअघि यो फिल्मको अघिल्ला भागबाट अनमोल केसी, नाजिर हुसेन, स्वस्तिमा खड्का, सलोन बस्नेत, सुशील सिटौला, सुशील श्रेष्ठ लगायतले फिल्ममा डेब्यु गरिसकेका छन् । यो सूचीमा कुल ब्वाय पनि जोडिएका हुन् ।  वास्तविक नाम पारस बम भएका उनलाई फिल्मको शीर्ष कलाकारको रुपमा चिनाइएको छ । उनी टिकटक, युट्युब र फेसबुक-इन्स्टाग्राम रिल्स लगायतका सामाजिक सञ्जाल प्लाटफर्ममा चर्चित छन् । विशेषगरी टिकटकले उनलाई नेपाली नेटिजन्समाझ चर्चा दिलाएको छ ।   निर्देशक सशान कँडेलले टिकटकर हुँदै इन्टरनेटमा कन्टेन्ट क्रिएटरको रुपमा चर्चित कुल ब्वायले फिल्ममा प्रमुख पात्रको भूमिका निर्वाह गर्ने बताए । होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर र उनीहरूको भविष्यका घटनामा आधारित फिल्म निर्माण हुन लागेको हो । कुल ब्याय गायक समेत हुन् । उनका ‘कान्छी कता