Posts

Showing posts from January, 2022

पुनर्वासका डोके बजार बाहेक सबै नाका बन्द

Image
कञ्चनपुर , माघ १ । कोभिड १९ को संक्रमण बढेसंगै पुनर्वासमा डोके बजार नाका बाहेक भारत आउजाउ गर्ने सम्पूर्ण सिमानाकाहरु आजदेखी बन्द गरिएको छ । शुक्रबार पुनर्वास नगरपालिकाको नगरस्तरीय विपत व्यवस्थापन समितिको बैठक पश्चात् जारी गरिएको सूचनामा सो कुरा जनाइएको छ । यसका साथै बैठकले नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन केन्द्रले र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्ने गराउने, डोके बजारमा नियमित हेल्थ डेस्क राख्ने तथा त्यहाँ भेटिएका पुनर्वासका संक्रमितलाई आईसोलेस र होम आईसोलेसन सम्म पुरयाउन एउटा एम्बुलेन्स राख्ने, डोके बजारमा आवतजावत ज्यादा भएकाले त्यहाँ सुरक्षाकर्मिको संख्या बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सुदुरपश्चिम सरकार समक्ष अनुरोध गर्ने, माघ २ गतेको भूकम्प सुरक्षा दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि मनाउन प्रचारप्रसार गर्ने, स्वास्थ्य सुरक्षाका सामाग्रीहरु खरीद गरि तयारी अवस्थामा राख्न नगरपालिकालाई अनुरोध गर्ने तथा सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरि जुलुस,धर्ना, भेला, महोत्सव तथा सामाजिक तथा धार्मिक कार्य

कञ्चनपुरमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ

Image
  कञ्चनपुर /२७ पुस   बेलडाँडीमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा बेलडाँडी २ का राजन दमाई रहेका छ्न । दमाईले बेलडाँडी ५ का रत्नलाल सार्किलाई धारीलो हतियार दाउ प्रहार गरी गम्भीर घाईते तुल्याएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । घटना लगत्तै दाउ प्रहार गर्ने दमाईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताएका छ्न  । घाईते रत्नलाल सार्कीलाई  प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्‍याईएको भएपनी त्यहाँ उपचार सम्भव नभएपछि धनगढी स्थित माया मेट्रो अस्पतालमा लगिएको  छ। घाइते सार्कीको टाउको, अनुहार, हात सहित शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको बताइएको छ ।

कञ्चनपुरमा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ

Image
  कञ्चनपुर /२७ पुस   बेलडाँडी गाउँपालिकामा धारीलो हतियार प्रहार गरी गम्भीर घाईते बनाउने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा बेलडाँडी २ का राजन दमाई रहेका छ्न । दमाईले बेलडाँडी ५ का रत्नलाल सार्किलाई धारीलो हतियार दाउ प्रहार गरी गम्भीर घाईते तुल्याएको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । घटना लगत्तै दाउ प्रहार गर्ने दमाईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताएका छ्न  । घाईते रत्नलाल सार्कीलाई  प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्‍याईएको भएपनी त्यहाँ उपचार सम्भव नभएपछि धनगढी स्थित माया मेट्रो अस्पतालमा लगिएको  छ। घाइते सार्कीको टाउको, अनुहार, हात सहित शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको बताइएको छ ।

पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै

Image
  काठमाडौं /आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सयऔँ जन्मजयन्ती हो । शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेकोलगायत योगदानको स्मरण गर्ने गरिन्छ । आज नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा काठमाण्डौको कमलादीबाट सांस्कृतिक झाँकी एवम् बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकामा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । दिउँसो राष्ट्रिय नाचघर जमलमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गर्ने तयारी छ । नेपाली सेनाले एकीकरण पदयात्रा गरी गोरखाबाट टर्च काठमाण्डौ ल्याएको