Posts

Showing posts from September, 2018

पिपल्स एसोसियसन अफ पुनर्वास (PAP) द्वारा मृगौला पीडितका लागि आर्थिक सहयोग संकलन

हाम्रै साझा पत्रिका पुनर्वास, भदौ ०४     राजधानी काठमाडौँमा रहि पुनर्वास र पुनर्वासीहरुको प्रतिनिधि मुलक संस्था पिपल्स एसोसियसन अफ पुनर्वासले एकपुनर्वासी मृगौला पीडितका लागि सहयोग रकम संकलन गरेको छ । संस्थाले पुनर्वास नगरपालिका वडा नम्बर ४ (घ) गाउँ निवासी रामकृष्ण ढकालको मृगौला रोगको उपचारार्थ सहयोग रकम जम्मा गरेको हो । पिपल्स एसोसियसन अफ पुनर्वास(काठमाडौ पुनर्वास समाज) पुर्णतया समाजिक संस्था हो । जसले आफ्नो स्थापना देखि नै निरन्तर रुपमा पुनर्वास र पुनर्वासीहरुको निमित्त काठमाडौंमा रहि साथ र सहयोग गर्दै सक्रियरुपमा अगाडी बढिरहेको छ । संस्थाका अध्यक्ष शौरभ शर्माले ‘एक लाख १५ हजारको चेक ढकालका परिवारलाई हस्तान्तरण गरेको बताउनुभयो । उहाँले पुनर्वास र पुनर्वासीको हक, हित र सहयोगका लागि संस्था सक्रिय रहेको जिकिर गर्नुभयो ।’ ‘संस्थाले सदैव आर्थिक स्थिति कमजोर भएका विरामी तथा पीडितहरुका लागि सहयोग गर्दै पुनर्वास र पुनर्वासीको कल्याणका लागि काम गर्ने उद्देश्य लिएको छ ।’  संस्थाका सचीव पंकज पन्थीले बताउनुभयो । ‘आर्थिक स्थिति कमजोर रहेको उहाँको उपचारका लागि असार ३० गते शनिबारका दिन पीडि

हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

Image
काठमाडौ/२८ भाद्र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै संसद बैठक अवरुद्ध गरेको छ । तीन वटा बिषयगत समितिले मौलिक हकसँग सम्बन्धित महत्वपूर्ण ५ वटा विधेयक प्रतिवेदन सहित पेश गर्ने कार्यसूची सहित बोलाईएको बैठकको सुरुमै कांग्रेस सांसदले बैठक अवरुद्ध पारेका थिए । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले निर्मला हत्याबारे सरकारको जवाफ नआएसम्म सदन चल्न नदिने बताउनुभयो । प्रहरी प्रशासन आफै अपराधी संरक्षणमा लागेको आभास मिलेको भन्दै उहाँले सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभयो । यस्तै कांग्रेसले खोजतलाश साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतको पक्राउ र तरुण दलका रोल्पा नगरपालिका अध्यक्ष रोहित पुनको हत्याबारे सरकारको जवाफ मागेको छ । लगत्तै सभामुख कृष्णबहादुर महराले निर्मला हत्याबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभयो । कांग्रेस सांसदको अवरोधपछि १० मिनेटका लागि स्थगित बैठक केहीबेरअघि सुरु भएको छ । बैठकमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कांग्रेसले उठाएका तीनै

सम्पादकीय / विश्वास जगाउन जरुरी

Image
दिनानुदिन बलात्कार र हत्याका घटनामा भएको वृद्धिले जनमानसमा डर ,अविश्वास र आक्रोश एकसाथ जन्माएको छ । करिब डेढ महिना अघि महेन्द्रनगरमा तेह्र बर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीहरुलाई गिरफ्तार गर्न नसक्नुमा प्रहरीको कमजोरी देखिन्छ । अपराधीलाई गिरफ्तार गर्न नसकिए पनि अनुसन्धान कार्य प्रती सर्वसाधारणलाई विश्वास दिलाउन नसक्नु अर्को ठूलो कमजोरी थियो । जुन घरमा पीडित गएको थियो,त्यही घरको मान्छे र आउने जाने मान्छेहरुलाइ सुरुमै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको भए प्रहरी प्रती विश्वास कायम रहन्थ्यो । तर त्यसो नगरी निर्दोष मान्छेलाई पक्राउ गर्ने देखि प्रमाण मेटने कार्य गरेको देखिन्छ । यसबाट जनमानसमा सिंगो प्रहरी प्रशासन प्रती अविश्वास जन्मायो । हालपनि निर्मला हत्याका दोषी भनेर प्रहरीले भनिरहेको व्यक्ति दिलिपसिंहलाई हत्यारा हैनन,उनी मानसिक अवस्था ठिक नभएका डरपोक व्यक्ति हुन भनेर उनकै छिमेकीहरुले भनिरहेको अवस्थामा उनलाई कुटपिट गरि जवर्जस्ती कबुल गराउने कार्य हुनु अत्यन्त निन्दनीय छ । उनलाइ अँध्यारो कोठामा थुनेर निर्घात कुटपिट गरिएको उनको पारिवारिक सुत्रले भनिरहेका छन