पोष्टर च्यात्ने देखि अफिसमै ढुङगा हान्ने सम्म

             -हेमन्त रेग्मी-
विद्यार्थी नेता तथा युवा व्यावसायि
________________________
    कलिलो उमेर, आकर्षक जिउडाल, मिठो बोली अनि फुर्तिलो अनुहारका भएका एक युवा जो आत्मविश्वासका धनगढीको dream education consultancy मा भेटिन्छन ।  उनी हुन dream education consultancy का प्रबन्ध निर्देशक हेमन्त रेग्मी । हामीले उनको क्षामता, लगनशीलता, प्रेरणा अनि उनका अनुभवको सेरोफेरोमा रहेर उनीसंग एक अन्तर्वार्ता प्रस्तुत गरेका छौं ।


_________________________
हेमन्त जि! स्वागत छ यहाँलाई हाम्रै साझा पत्रिकाको अन्तर्वार्तामा । आफ्नो बारेमा केहि बताईदिनुस न ।
➡️ धन्यवाद पत्रकार मित्र ! सर्वप्रथम त तपाईले यस मिडियामा अन्तर्वार्ताका लागि योग्य ठानी अन्तर्वार्ता दिने मौका दिनुभएकोमा धन्यवाद दिन चाहान्छु । म हेमन्त रेग्मी कञ्चनपुरको पुनर्वास नगरपालिका निवासी व्याक्ती हुँ ।
काठमाडौ देखि धनगढी हुँदै पुनर्वास सम्म एक उदाहरणीय उर्जावान व्यावसायी तथा राजनीतिकर्मी नव युवाका रुपले चिनिनु हुन्छ । के हो खास ?
➡️ मेरा शुभचिन्तक, शुभेच्छुक तथा अग्रजहरुको माया र सपोर्टले म अहिले यो स्थानमा छु । क्षमता उमेरले हैन कामले बढने हो र काम गर्नका लागि युवा उमेर नै सबैभन्दा योग्य उमेर हो । म अहिले शैक्षिक परामर्शकर्ताका रुपमा काम गर्दै आइरहेको छु । मेरो अफिसको मुख्य कार्यलय काठमाडौंमा छ भने अहिले शाखा बिस्तारको क्रममा शाखा धनगढी ल्याएको छु । आफ्नै ठाँउमा पनि काम गर्न मन थियो काम त्यसैले शाखा बिस्तार गरे काठमाडौमा आफुले अफिस खोल्दा धनगढी लगायत प्रदेश नम्बर सातका थुप्रै विद्यार्थीका लागि जापान, अष्ट्रेलिया तथा युरोप  जस्ता देशमा विद्यार्थी भिजामा जान चाहानेहरुका लागि काठमाडौंको मेरो अफिसमा आउने गर्दथे । अनि सोचे मैले यो काम मेरो शहरमै गरेर किन सुबिधा नदिने त अनि हामी तीन जना मिलेर सुरु गरेको यो ब्यवसाय मैले साथीहरुसंग सल्लाह गरेर धनगढीमा अफिस ल्यायौ ।
तपाईंले आफुले सुरु गरेको व्यावसायको चर्चा गर्नुभयो  । अहिलेका युवा कुनै पनि व्यावसायमा झ्वाट्ट हात हाल्न नसकिरहेको अवस्थामा तपाईंको व्यावसाय कस्तो चलिरहेको छ ?  तपाईंले के कस्ता चुनौतीहरु झेल्नुपर्यो ?
➡️ व्यवसाय सुरु गर्नु नै आफैमा एउटा चुनौती हो । चर्चा गर्ने हो भने यहाँ चुनौतीहरु धेरै छन । कहिले के, त कहिले के! भने जस्तो योग्य जापानीज भाषा पढाउने शिक्षक नपाएर चितवनबाट ल्याएका छौ । ielts पढाउनेलाई काठमाडौंमा शिक्षक ल्याएका छौ । त्यही अनुसार उहाहरुलाई सेवा सुबिधा दिनुपर्छ । राम्रो तालिम प्राप्त counselor धनगढीमा पाउन गारो छ । नपाएर म आफै counselling गरिरहेको छु भने documentation पनि म आफैले हेर्छु couseling र documentation मा मेरो लामो समय देखिको काम गरेको अनुभव भएका कारण मलाई चाहिँ समस्या छैन ।
अन्य समस्या हेर्ने होभने, काठमाडौ भन्दा आफ्नो ठाउँमा काम गर्न गारो हुँदो रहेछ ।  कहिले बाटोमा भित्र पटि टासेका अफिसका पोस्टर च्यात्न मान्छे लगाइन्छ । कहिले अफिसमै ढुंगा प्रहार गरिन्छ । आजभोलि त मैले के गरेको छु भने त्यसरी हानिएका ढुंगा संगालेर राख्न थालेको छु । ताकी मलाई पुल बनाउन काम लाग्छन । यसलाई मलाई थप अनुभव गराएको छ ।
व्यावसायमा मात्र नभएर तपाईं समाजसेवा तथा राजनितिमा सक्रिय हुनुहुन्छ नि ? उता कसरी समय दिनुहुन्छ ?
➡️ व्यस्तताका वाबजुद पनि समय निकाल्छु । समाजसेवा गर्दा छुट्टै जाँगर आउँछ । राजनीतिमा समेत सक्रिय छु ।
अन्तमा हाम्रा पाठकहरुलाई के भन्न चाहानु हुन्छ?
➡️ फेरि पनि धन्यवाद तपाईं तपाईंको मिडिया अनि मेरो यो अन्तर्वार्ता पढ्नुहुने सम्पुर्णमा । मैले व्यावसायिकरुपमा Dream education लाई प्रदेश नम्बर सातकै उत्कृष्ट शैक्षिक पर्मशक्रता बनाउने लक्ष्य राखेको छु । सिंगो सात नम्बर प्रदेशवासीको सेवासुविधालाई मध्यनजर गर्दै अधि बढेको छु । यहाँका बिद्यार्थीलाई यहिबाट सेवा दिने जमर्को गर्दै छु । इच्छुक तथा विदेश अध्ययनको सपना सजाएका सम्पुर्ण विद्यार्थीहरुले मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

Comments

Popular posts from this blog

पुुनर्वासमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुल्यो

कञ्चनपुरमा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु

पुनर्वासका कुल ब्वाय फिल्म खेल्दै