जनतालाई कर तिर्न सक्ने हैसियतको बनाउनु पर्छ: सांसद तामाङ
हाम्रै साझा पत्रिका
हेर्नुहोस् तामाङसँगको कुराकानी
https://youtu.be/gIZQaDrR3eY
कञ्चनपुरको दक्षिणीक्षेत्र निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सभा सदस्य तथा नेकपा प्रदेश प्रमुख सचेतक समेत रहेका तारा लामा तामाङले जनतालाई कर तिर्न सक्ने क्षामताको बनाउनुपर्ने बताउनु भयो । उहाँले जनताको आर्थिकस्थिति सुधार गर्न राज्यले महत्त्वपूर्ण भुमिका समेत खेल्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टी अध्यक्षद्वय केपी ओलि तथा प्रचण्ड कमरेड र शेरबहादुर देउवालाई गाली गरेर मात्र देश विकास नहुने बताए । माउण्टेन टेलिभिजनको कार्यक्रम माउण्टेन संवादमा कुराकानी गर्दै लामाले जनताहरु पनि देश र समाजप्रति उत्तरदायी हुनुपर्ने बताए। विकसित देशका जनताहरु आफ्नो कर्तव्यप्रति सचेत र सजग भएकाले नै ति देशहरु विकास भएको लामाले बताए। ‘प्रदेश नम्बर ७ प्राकृतिक स्रोत-साधनले सम्पन्न प्रदेश हो।यदि त्यहाँका भिन्न दलका नेता-कार्यकर्ता सबै मिलेर प्रदेशलाई बनाउनतिर लाग्ने हो भने अहिले सबैभन्दा पछाडि परेको प्रदेश नेपालकै सबैभन्दा राम्रो प्रदेश बनाउन सकिन्छ’,लामाले भने। लोकेन्द्र बहादुर चन्द र शेरबहादुर देउवा सात नम्बर प्रदेशबाट देशका प्रधानमन्त्री भईसकेका छन्। त्यस्तै राष्ट्रिय स्तरका थुप्रै नेताहरु सात नम्बर प्रदेशबाट छन्। यस्ता नेताहरुले गरेका राम्रा काम सिक्दै जाने र उनीहरुको गल्तीबाट पाठ सिकेर अहिलेका पुस्ताका नेताहरुले पाठ सिक्दै राम्रो काम गर्ने लामाले प्रतिवद्धता जनाए।
प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका कमिकमजोरी औल्याईदिएर सकारात्मक सरसल्लाह दिनु पर्नेमा तिललाई पहाड बनाएर सरकारमाथि प्रहार गर्नमा लागेको आरोप लामाले लगाए। लामा अगाडी भन्छन्-‘राज्यलाई कर तिरेपछि जनताले राज्यप्रति गर्व गर्ने हुनुपर्छ र राज्यले पनि जनतालाई कर तिर्नसक्ने बनाउनुपर्छ।’
Comments
Post a Comment