Posts

Showing posts from April, 2018

प्रदेश ७ को स्थायी राजधानीका लागि अत्तरियामा जग्गा खोजी सुरु

Image
  १२ बैशाख ,धनगढी – प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा रहेपनि स्थायी राजधानी भने कैलालीकै अत्तरियामा राख्ने तयारी भईरहेको छ । अत्तरियामा स्थायी राजधानीका लागि जग्गाको खोजी भईरहेको हो । अत्तरियामा प्रदेश ७ का सबै जिल्लाहरुको पायक पर्ने भएकोले तेघरी व्यारेक नजिकको क्षेत्र र नेपाल विद्युत प्राधिकरणको शव स्टेशनको दक्षिण क्षेत्रमा राजधानीका लागि जग्गाको छनौट गर्न अध्ययन भईरहेको श्रोतले जनाएको छ । यस क्षेत्रका प्रभावशाली नेताहरुले अत्तरियालाई राजधानीका लागि समर्थन गरेपछि त्यहाँ जग्गाको खोजी सुरु गरिएको हो । तर प्रदेश ७ को व्यवस्थापिका संसदमा भने अहिले सम्म पनि प्रदेशको राजधानी र नामाङकनको बिषयले प्रवेश पाएको छैन । धनगढीमा अस्थायी राजधानी तोकिए पनि स्थायी राजधानी वनाउनका लागि जग्गा खोजेर मन्त्रालयहरु स्थापना गर्ने गरी अत्तरियामा राजधानी स्थापना गर्ने तयारी भईरहेको हो । मुख्य राजनितिक दलका ठुला नेताहरुले अत्तरियालाई नै प्रदेशको राजधानी बनाउने भित्रभित्रै सहमती गरेसंगै त्यहाँ जग्गाको खोजी सुरु भएकोसहरी विकास तथा भवन निमार्ण बिभाग डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले वताए

लुकाईछिपाइ ल्याउदै गरेको अबैध चार गोलिया सहित ट्याक्टर नियन्त्रणमा

Image
गोविन्द बीसी बैशाख ११ ,बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका-३ रानीकुण्डाबाट  लुकाईछिपाइ ल्याउदै गरेको अवस्थामा अबैध सालको ४  गोलिया  सहित एक ट्याक्टर पक्राउ परेको छ । मंगलबार साझ करिव साढे ६ बजेतिर रानीकुण्डाबाट नम्बर नखुलेको ट्याक्टरबाट लुकाएर ल्याउदै गरेको अवस्थामा अबैध काठ प्रहरीले बरामत गरिएको हो । ढुङ्गामुनि लुकाएर ल्याउदै गरेको स्थानीयले थाहा पाएपछि ट्याक्टर छोडेर चालक फरार भएको स्थानीय सुरज नेपालीले बताएका छन । रानीकुण्डाबाट नदि छेउमा काठ लुकाई राखेको स्थानीयले देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । स्वराज कम्पनीको निलो रंगको ट्याक्टरको अगाडिको नम्बर प्लेट झिकेको र पछाडिको नम्बर मेटिएको स्थानीय अमन साउदले बताएका छन । उनका अनुसार ट्याक्टर चालकले स्पिडमा भगाउन खोज्दा ट्याक्टर पल्टिएको थियो । स्थानीयको सूचनाका आधारमा गएको ईलाका  वन कार्यालय रामपुर र ईलाका प्रहरी कार्यालय बौनियाको संयुक्त टोलीले उक्त काठ बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी नायव निरीक्षक रामचन्द्र पन्तका अनुसार ट्याक्टर र काठ ईलाका वन कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ । का