कञ्चनपुरमा अवैध काठसहित २ जना सःमिल सञ्चालक पक्राउ

कञ्चनपुर कञ्चनपुरको  बेलौरी नगरपालिका– १० भुडामा शुक्रवार साँझ ठूलो परिणाम अवैध काठसहित सःमिल सञ्चालक पक्राउ परेका छन्। ६१ थान अवैध सिसौका गोलियासहित सःमिल सञ्चालक भूपेन्द्र पन्त र देवराज पन्तलाई प्रहरीको क्षेत्रीय विशेष अनुसन्धान आरआईटी टोली र इलाका प्रहरी कार्यालय बेल्डाँडीको संयुक्त टोलीले काठ सहित पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई इलाका वन कार्यालय सिंहपुरको हिरासतमा राखिएको छ। सःमिल सञ्चालन गर्दै आएका देवराजको सःमिल बाट ३६ गोलिया र भूपेन्द्रको सःमिल बाट २५ गोलिया सिसौको काठ बरामद भएको वन कार्यालयका कर्मचारी मोविद अन्सारीले बताए।

जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिव प्रसाद शर्माले अवैध काठ तस्करीमा संलग्न पक्राउ परेका सःमिल सञ्चालकमाथि वन ऐन अन्तर्गत कारबाही गरिने बताए।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

आन्दोलनरत शिक्षक र प्रधानमन्त्री बिच छलफल, के भयो छ्लफलमा?

छोराको मायाले जन्माएको हिरायान