कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

धनगढी, चैत ९ । कैलालीको लम्कीचुहा नगरपालिका २ गणेशपुर नजिक बिहिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुरका नेत्र रावल र शिवराज बोगटी रहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

दुर्घटना लगतै उद्दार गरी शिवराज बोगटीलाई टीकापुर अस्पताल र नेत्र रावललाई नेपालगञ्ज रेफर गरिएको थियो। दुर्घटनामा घाइते भएका आसाराम चौधरी र दिपक चौधरीको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक नैनसिंह साँउदले जानकारी दिए।

असिमित गतिका कारण पर्वबाट पश्चिम तर्फ जादै गरेको से ५ प ४८०३ नम्बरको मोटरसाइकल र पश्चिमबाट पर्व तर्फ आउदै गरेको से २ प ७९८१ नम्बरकाे मोटरसाइकल बिहिबार साँझ एक आपसमा ठोक्कीदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने