Posts

Showing posts from March, 2018

भारतीय प्रहरीको दादागीरी, नेपाली ट्यांकर चालकलाई बेस्सरी कुटे

Image
कैलाली । कैलालीको भारतीय सीमानाका गौरीफन्टा–पलिया सडकखन्डमा ‘साइड’ नदिएको भन्दै भारतीय प्रहरीले नेपाली ट्यांकर चालकमाथि निर्घात् कुटपिट गरेका छन् । कुटपिटबाट नेपाली ट्यांकर चालक राजकुमार चौधरी गम्भीर घाइते भएका छन । पेट्रोलियम पदार्थ लिनका लागि धनगढीबाट भारतको बन्थरा डिपो गइरहेको ना४ख ४१३६ नम्बरको नेपाली ट्यांकरले साइड नदिएको भन्दै आइतबार साँझ चालक चौधरीलाई भारतीय प्रहरीले निर्घात् कुटपिट गरेका जनाइएको छ । कुटपिटबाट घाइते भएका चौधरीको अहिले धनगढीस्थित सीपी अस्पतालमा उपचार भइरहेको छ 

कञ्चनपुर : भारतीयबाट सीमामा फेरि कुटिए एक नेपाली

Image
कञ्चनपुर, चैत १२ । सीमावर्ती क्षेत्रमा भारतीयले नेपालीमाथि ज्यादती कायमै राखेका छन्। गर्भवती महिलासहित दुई जनालाई कुटपिट गरेको एक साता नबित्दै आइतबार अपराह्न महाकाली नगरपालिका– ७ कञ्चनभोज निवासी २६ वर्षीय उत्तम सुनारलाई सीमावर्ती बजार मेलाघाटमा भारतीयहरूको एक समूहले निर्घात कुटपिट गरेको छ। खटिमाको बैंकबाट पैसा झिकेर फर्किने क्रममा उनलाई कञ्चनभोजको सीमावर्ती भारतीय बजार मेलाघाटमा भारतीयहरुले लखेटीलखेटी कुटेको उत्तम सुनारले बताए। कुटपिटका कारणउनको दायाँ हात, खुट्टा र टाउकोमा समेत गम्भीर चोट लागेको छ। उत्तम सुनार र भाइ जनक सुनार खटिमाबाट पैसा झिकेर फर्किँदै गर्दा मेलाघाट बजारमा अचानक पछाडिबाट आएको एक समूहले लठ्ठी र मुड्की प्रहार गरेर उत्तम र जनकलाई कुटपिट गरेका हुन्। कुटपिटपछि उत्तम बेहोश भएका थिए। होशमा आएपछि उत्तम सुनार र उनका भाइ जनकले भागेर ज्यान जोगाएका थिए। भारतीयहरुले उत्तम सुनारसँग रहेको माबाइल र १४ हजार ८ सय रुपैयाँ लुटेर लगेको पीडित उत्तमले बताए।

भाडाका ३२५ सवारी साधन गुड्न प्रतिबन्ध

Image
भीमदत्तनगर , १२ चैत  । चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले पनि पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ । यातायातमा दर्ता भएका ३२५ सवारी साधन प्रतिबन्ध लगाएको यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले जानकारी दिनुभयो । उहाँले २० वर्ष नाघेका सवारी साधन चलाउन रोक लगाएसँगै कार्यालयमा दर्ता भएका सो संख्याका सवारी गुडाउन बन्देज लगाइएको बताउनुभयो । प्रतिबन्धित सवारी साधनमाथि निगरानी बढाउन अनुगमन टोलीसमेत गठन गरिएको छ । गत फागुन मसान्तसम्ममा २० वर्ष पुराना सार्वजनिक सवारी साधनको इन्जिन नम्बर कार्यालयमा बुझाउन सवारीधनीलाई निर्देशनसमेत दिइएको थियो । “ट्राफिक प्रहरीसित प्रतिबन्ध लगाउन समन्वय गरेका छौँ,” भट्टले भन्नुभयो, “अनुगमन समितिले पनि जाँच गर्दैछ ।” पुराना सवारी साधनले वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि यातायात व्यवस्था विभागले गत चैत १ गतेदेखि हटाउने निर्णय गरेको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी देशभरबाट २० वर्ष पु

धनगढी विमानस्थलमा शनिबारदेखि रात्रीकालिन उडान शुरु

Image
धनगढी,कैलाली । धनगढी विमानस्थलमा कम भिजिविलिटी र रात्रीकालीन उपकरण जडानका लागि जग्गा अधिग्रहणको काम अगाडी वढिरहेका वेला धनगढी– काठमाण्डौ रात्रीकालीन उडान सुरु भएको छ। वुद्ध एयरले नेपाल नागरिक उडड्यन प्राधिकरणसँग अनुमतिका लागि सात महिनादेखि परीक्षण गर्दै आएकोमा अनुमति पाएपछि उडान भर्न सुरु गरेको हो।  रात्रीकालीन उडान र कम भिजिविलीटीमा पनि हवाई यात्रा गर्नका लागि वुद्ध एयरले स्याटालाईटसँग कनेक्सन गरेर रात्रीकालीन सेवा थपेको हो । धनगढी विमानस्थलमा उपकरणको अभाव रहेकोले स्याटालाईटको माध्यमले उडान थालिएको वुद्ध एयर धनगढीका स्टेशन म्यानेजर वुद्धराम माझीले जानकारी दिए।   हाल धनगढी विमानस्थलमा ५ हजार मिटरभन्दा कम भिजिविलिटीमा जहाड उड्न र अवतरण गर्न नसकिने अवस्थामा वुद्ध एयरका जहाज अव १७ सय मिटर भिजिविलिटीमा पनि उडान भर्न सक्नेछन । मौसममा कुनै खरावी नआएमा रातिको समयमा र कम भिजिविलीटीमा उडान भर्न कुनै समस्या नहुने धनगढीका स्टेशन म्यानेजर माझीले जानकारी दिए।  धनगढी विमानस्थलवाट शनिबारदेखि उडान सुरु भएको धनगढी विमानस्थलले जनाएको छ। विमानस्थल प्रमुख छवि ठकुल्लाले उपकरणको वाटो अनुसार उडान थालेको

डिपिएल तयारी अन्तिम चरणमा

Image
धनगढी, १० चैत – आगामी चैत १७ देखि धनगढीमा हुन लागेको धनगढी प्रिमियर लिग डिपिएल दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढी स्थित एसएसपी कार्यकालको मैदानमा  पिच निर्माण भइसकेको छ भने  मैदानमा अन्तिम फिनिसिङ गर्ने काम भइरहेको छ । प्रतियोगितामा सहभागीता जनाउने खेलाडी र अफिसियलका लागी होटेल लगायतको व्यवस्थापन कार्य पुरा भएको आयोजकले जनाएका छन । धनगढी प्रिमियर लिग डिपिएल आएसंगै सेती अञ्चल प्रहरी कार्यालयको मैदानले स्वरुप नै फेरेको छ । करीव दुई महिना अगाडी देखि केन्द्रबाट क्युरेटर झिकाएर पिच पनि तयार पारिएको छ भने झण्डै सात हजार वढी दर्शक अटाउने अस्थाइ प्याराफिट वनाउने काम सुरु भएको छ । यतिमात्र होइन अरु ब्यवस्थापकीय काम पनि अन्तिम चरणमा पुगेको धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष सुवास शाहीले वताउनुभयो ।  प्रतियोगिताका आवास तथा अतिथि वयवस्थापक हर्क वाहोराले प्रतियोगीतामा सहभागी हुने अतिथि, अफिसियल र संचारकमृिका लागी धनगढीका सवै स्तरीय होटेलमा आवास तथा खानपानको व्यवस्था गरीएकोे जानकारी दिनुभयो । आईसीसीको मान्यता पाएपछि डिपिएलको मान्यता पनि पाइसकेको छ । यसका साथै यसपटकको प्रतियोगिता अ

कैलालीको चुरे क्षेत्रमा भेटिए थप ७३ प्रजातिका चरा

Image
धनगढी, १० चैत - कैलाली जिल्लाको घोडाघोडी सिमसार र त्यो संग जोडिएको चुरे क्षेत्रमा थप ७३ प्रजातिका चरा भेटिएका छन् । नेपाल पक्षी संरक्षण संघले हालै गरेको सर्वेक्षण अनुसार थप ७३ प्रजातिका चरा भेटिएका हुन् । उक्त क्षेत्रमा नयाँ र पुराना गरी २९९ प्रजातिका चरा पुगेको संघका परियोजना अधिकृत हिरुलाल डंगौराले जनाए । संघको चरा विज्ञ टोलीले उक्त क्षेत्रमा चैत १ देखि ६ सम्म सर्वेक्षण गरेको थियो । परियोजना अधिकृत डंगौराका अनुसार उक्त क्षेत्रमा सन  २०१२ मा २२६ प्रजातिका चरा फेला परेका थिए । सन २०१३ देखि २०१८ सम्मको अवधीमा ४६ प्रजातिको चरा चुरे क्षेत्र र बाँकी २७ प्रजाति घोडाघोडी सिमसार क्षेत्र गरी थप ७३ प्रजाति पुगेका हुन् । नयाँ भेटिएका प्रजातिमा राजलाचे, घेघरी घाँसे खिस्टे, राजधनेश, हिमाली गिद्ध, न्याउली चरीलगायत रहेका छन् । भने विश्मै अति दुर्लभ मानिने प्रजातिमा कैले टाउको हाँस, डंगर गिद्ध, सानो खैरो गिद्ध, गोब्रे गिद्ध, लघु महाचील, लोभीपापी गरुड, राजलाचे, घेघरी घाँसे खिस्ट रहेको छ । परियोजना अधिकृत डंगौराका अनुसार उक्त क्षेत्रमा संकटको नजिक रहेको मलाख हाँस, ठूलो धनेश, हिमाली गिद्ध, माछा कुल

कञ्चनपुरमा अवैध काठसहित २ जना सःमिल सञ्चालक पक्राउ

Image
कञ्चनपुर ।  कञ्चनपुरको  बेलौरी नगरपालिका– १० भुडामा शुक्रवार साँझ ठूलो परिणाम अवैध काठसहित सःमिल सञ्चालक पक्राउ परेका छन्। ६१ थान अवैध सिसौका गोलियासहित सःमिल सञ्चालक भूपेन्द्र पन्त र देवराज पन्तलाई प्रहरीको क्षेत्रीय विशेष अनुसन्धान आरआईटी टोली र इलाका प्रहरी कार्यालय बेल्डाँडीको संयुक्त टोलीले काठ सहित पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई इलाका वन कार्यालय सिंहपुरको हिरासतमा राखिएको छ। सःमिल सञ्चालन गर्दै आएका देवराजको सःमिल बाट ३६ गोलिया र भूपेन्द्रको सःमिल बाट २५ गोलिया सिसौको काठ बरामद भएको वन कार्यालयका कर्मचारी मोविद अन्सारीले बताए। जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिव प्रसाद शर्माले अवैध काठ तस्करीमा संलग्न पक्राउ परेका सःमिल सञ्चालकमाथि वन ऐन अन्तर्गत कारबाही गरिने बताए।

किन लुकायो हेडक्वार्टरले ६ हजार प्रहरीको रेकर्ड ?

Image
काठमाडौं, १० चैत । नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । सरकारी तलब खाने बाँकी ५ हजार ७ सय ३३ प्रहरी कहाँ कार्यरत छन् गृहलाई पनि थाहा छैन । स्वीकृत दरबन्दी र नेपाल प्रहरीले बुझाएको रेकर्डमा ठूलो अन्तर परेपछि गृहले ती प्रहरी कर्मचारीको खोजी प्रक्रिया सुरु गरेको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरीमा पाँच हजारभन्दा धेरै प्रहरी कर्मचारीको भौतिक रेकर्ड नदेखिएको बताए ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । ‘नेपाल प्रहरीमा करिब ७२ हजार प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तलब सुविधा पनि सोहीअनुसार जान्छ । तर, निर्वाचनका वेला प्रहरीले आफूसँग ६७ हजार प्रहरी मात्रै रहेको रेकर्ड बुझायो । रेकर्ड र दरबन्दी विश्लेषण गर्दा पाँच हजारभन्दा धेरैको फरक देखिन्छ । तलब सुविधा खाने, तर भौतिक रेकर्ड नदेखिने ती प्रहरी कर्मचारी कहाँ छन्, हामीले खोजिरहेका छौँ,’ उनले भने । गृहले भौतिक रेकर्डमा नदेखिने तर सेवा–सुविधा लिने प्रहरी कर्मचारीको सम्पूर्ण विवरण सात दिनभित्र पेस गर्न भ

धनगढीस्थित यातायात कार्यालयमा अनियमितता : ६ हजार दिनुस्, लाइसेन्स लानुस्

Image
कान्तिपुर : कैलाली ।  खुलमखुल्ला रकमको खेलोमेलोगर्दै सवारी चालक अनुमतिपत्र प्रदान गर्दै आएको धनगढीस्थित यातायात ब्यवस्था कार्यालयको चर्तिकला त्यतिबेला छताछुल्ल बाहिर आयो जतिबेला कार्यालय प्रमुखले संकलित घुस रकममा कार्यालयका अन्य मुख्य कर्मचारीलाई हिस्साबाट बञ्चित गर्न खोजे । गत साउनयता सञ्चालन गरिएका विभिन्न सवारी चालक अनुमतिपत्र वितरणका बेला उठाइएको घुस करिव तीन करोड रुपैयाँ कार्यालयका प्रमुख कृष्णप्रसाद भुषालपछिका हर्ताकर्ता शाखा अधिकृत केशव जोशीलाई प्रमुख भुषालले ५० हजार मात्रै थमाए। त्यत्ति रकमले १२ वर्षदेखि लगातार कमाउ कार्यालय भनेर परिचित यातायातमा बसेर कमाईको सबै मेसो बुझेका जोशीको चित्त बुझ्ने कुरै थिएन्। उनको पारो तात्यो। जोशीले अर्का अधिकृत पुष्पराज पौडेलको पनि साथ पाए। भुषालका बिरुद्ध एक्सन गर्दै लाइसेन्स वितरण गर्ने बेला भेरिफिकेशन फारममा उनीहरुले हस्ताक्षर गरेनन्। दुबैजना अधिकृतले हस्ताक्षर गर्न नमान्दा सबै प्रकृया पुरा भएर पनि लाइसेन्स वितरण कार्य अघि बढ्न सकेन्। एक महिना त्यत्तिकै रोकियो। केही उपाय नचलेपछि भुषालले मेकानिकल इन्जिनियर विजय अधिकारीलाई भेरिफिकेशनको जिम्म