३ बर्षदेखी एउटा पनि उजुरीमाथी सुनुवाई हुन सकेन

धनगढी १२,फागुन गठन भएको तिन वर्षसम्म पनि सशस्त्र दन्द्धको क्रममा भएका घटनाको छानविन गर्न गठित समितिहरुले सात नम्बर प्रदेशका एक उजुरीको पनि छानविन गर्न नसकेको भन्दै द्धन्द्ध पिडित साझा चौतारीले आपत्ति जनाएको छ ।
सशस्त्र द्धन्द्धको क्रममा भएका मानव अधिकार उल्लङघन तथा मानवता विरुद्धका अपराधका घटनाको छानविन गर्न गठित वेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयागले हालसम्ममा एक उजुरीको पनि छानविन गर्न नसकेको भन्दै द्धन्द्ध पिडित साझा चौतारीले तत्काल छानविन तथा अनुसन्धान प्रक्रिया बढाउन माग गरेको छ ।
सरकारले सशस्त्र द्धन्द्धको क्रममा भएका मानव अधिकार उल्लङघन तथा मानवता विरुद्धका अपराधका घटनाको छानविन गर्न २०७३ साल माघ २७ गते वेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गरेको थियो । त्यसपछिबाट जिल्ला स्थित शान्ति समिति मार्फत उजुरी गर्न आग्रह गरिएको थियो ।
यस प्रदेशमा १ हजार उजुरी पठाईएको थियो । तर, द्धन्द्ध पिडितहरुले उजुरी दिएको लामो समयसम्म पनि सात नम्बर प्रदेशबाट दिईएका कुनै पनि उजुरीको छानविन हुन नसकेको द्धन्द्ध पिडित साझा चौतारी सात नम्बर प्रदेशका सयोजक गणेश मल्लले बतायनुभयो  ।
हाल फेरि ति दुई आयोगको म्याद एक वर्ष थप गरिएको छ । तर, द्धन्द्ध पिडित साझा चौतारीले भने आयोगले निभाएको भुमिका र जिम्मेवारीको मुल्याङक नगरि तथा ऐन सशोधन नगरि म्याद थपिएको भन्दै आपत्ति जनाएको छ ।
आयोगमा दर्ता भएका हजारौ उजुरीको अनुसन्धान प्रक्रिया छिटो छरितो बनाउनका लागि सात वटै प्रदेशमा उच्च अदालत रहेको स्थानमा मुकाम स्थापना गरिएको भएपनि उजुरीमाथिको छानविन प्रक्रिया अगाढी बढन सकेको छैन । सशस्त्र द्धन्द्धका भएको लामो समयपछि वेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरिएको छ । तर, ति दुई समितिहरु गठन भएको तिन वर्षवितिसक्दा समेत दर्ता गरिएका उजुरीमाथि छानविन हुन नसक्दा द्धन्द्ध पिडितहरु निराश भएका छन ।
१० बर्षे शसस्त्र द्धन्दका पीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले सिन्को नभाँचेको समेत आरोप लगाएका छन । द्धन्द्ध पिडित साझा चौतारीका केन्द्रिय अध्यक्ष सुमन अधिकारीले यथाशिघ्र छानविन प्रक्रिया अगाढी बढन समेत माग गरेका छन  ।
तथ्यांक अनुसार बेपत्ता आयोगमा ३ हजार ९३ उजुरी परेका छन् भने सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६१ हजार ६ सय १५ उजुरी म्याद भित्र परेका र १२ सय ६३ म्याद सकिएपछि पनि उजुरी परेका छन् । आयोगले अझै फागुन १ गते देखि पागुन मसान्त सम्म उजुरी दर्ता गर्न म्याद थप गरेको छ ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने