कञ्चनपुरमा ६५ वर्षिया बृद्धको रहस्यमय मृत्यु , एक बर्षमा ४ जनाको मृत्यु

फागुन ११, पुर्नवास ।। कञ्चनपुरको पुनर्वासमा बिहिवार बेलुका ६५ वर्षिया पानमती धामीको हत्यासँगै संगै पुनर्वास क्षेत्रमा एक वर्ष भित्र अज्ञात हत्याराद्वारा ४ जनाको हत्या भैसकेको छ ।
बिहिवार गोठाला गएकी पुनर्वास नगरपालिका ११ भिमबस्ती कि ६५ वर्षिया पानमतीको शुक्रबार बिहान क्षतबिक्षत अबस्थामा शव भेटिएको हो। भिमबस्तीको सिद्ध देबि मन्दिर भन्दा २ किमि पर जंगलमा बिहान शव फेला परेको हो । मृतकको टाउको र अनुहारमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो । गहना लुट्ने मनसायले हत्या गरिए जस्तो देखिए पनि हत्याको कारण खुल्न सकेको छैन ।

यो घटना लगायत भिमबस्तीमा सिद्ध देवि मन्दिरमा बस्दै आएकी एक माता, गएको मंसिर १९ गते लालसिह धामीको सहित ३ हत्याकाण्ड भइ सक्दा पनि हत्याराको पत्ता लाग्न नसक्दा गाउँ नै त्रसित बनेको छ ।शुक्रबार शव भेट्टिएको स्थानमा घटनाको थप अनुसन्धानका लागि अनुसन्धान टोलि घटना स्थलमा खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

श्रृङखलाबद्व हत्याका घटना बढी रहेका कारण यति बेला सिंगो पुनरवासनै त्रसित बनेको छ । एक पछि अर्को हत्याका घटना दोहरिदै गइरहेको भए पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसक्दा स्थानियको शान्ति सुरक्षा कमजोर बन्न पुगेको छ । बढ्दै गएका हत्याका घटनाका कारण शान्ति सुरक्षा बलियो बनाउन नसकेको भन्दै स्थानियले प्रहरीको आलोचना गर्न थालेका छन ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने