विना मगरसंगै ओलि सरकारमा को-को हुँदैछन मन्त्री ? माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगायो

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

माओवादीबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, मातृका यादव, बिना मगर र अमनलाल मोदी मन्त्री हुने भएका छन् ।
मन्त्रीहरुको नामसँगै उनिहरुले सम्हाल्ने मन्त्रालय पनि लगभग टुंगो लगाएको भएपनि माओवादी केन्द्रले सार्वजनिक गरेको छैन । यी मध्ये मगर र मोदी पहिलो पटक मन्त्री हुँदैछन् भने अन्य चार जना पहिला मन्त्री भइसकेका छन् ।

यसअघि जनार्दन शर्मा, अग्निप्रसाद सापकोटा पनि मन्त्री हुनेमा चर्चा थियो । उनीहरूलाई प्रचण्डले आफु प्रधानमन्त्री हुँदा मन्त्री बनाउने आश्वासन दिएका छन् ।

Comments

Popular posts from this blog

दुर्गा प्रसाईं पक्राउ

कडा मुलुकी ऐन लागू हुँदै

वृद्धभत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने